शिक्षा माफियाबाट घेरिएको "शिक्षाको दियो"

  • वैशाख ११, २०८१ | २८८ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

धार्मिक र परम्परागत रुपमा विकास भएको शिक्षा बरदानको रुपमा गुरुले आफ्ना शिष्यलाई दिन थियो । त्यस वापत गरुलाई शिष्यले सहयोग तथा माग अनुसारको दक्षिणा दिन थियो । धार्मिक परम्परागत रुपमा विकास भएको शिक्षा दिने चलन् आज २१ औँ शताव्दिमा आई पुग्दा व्यपारका रुपमा फस्ट्एको छ । 

आजको शिक्षा व्यापरका रुपमा दिने र लिन क्रम विकास भईरहेको छ । शिक्षामा हुनुपर्ने प्रस्पिर्धा शिक्षाको व्यपारमा भईरहेको छ । अहिले शिक्षामा माफियातन्त्र र दालालितन्त्रको विकास बढदैछ । आजको शिक्षाले समाजमा विकास होइन्, विकृती विसंगती सृजना गर्दैछन् । विद्यार्थीहरुमा समाज सुरक्षा तथा सहयोग भन्दा स्वार्थ र शासकको रुपमा विकास गर्दैछन् । गरु र शिष्य बिचको सम्बन्ध समाप्त हुदै गईरहेको छ ।

देशमा लोकतन्त्र आएपछि सबैलाई स्वतन्त्रताको अुनुभुती हुने राम्रो कुरो हो । तर लोकतन्त्रसँगै कर्तव्य पालनमा चुकनु मानव समाजको समप्तिको यात्रा पनि हो । धार्मिक र परम्परागत रुपमा आइृरहेका शिक्षासँग जोडिएका विषयहरु हाम्रा लागि अमृत समान छ । हामीले पनि यस विषयलाई सदैव स्वर्थबाट टाढा राखि संरक्षित साथ लैजानु पर्छ । यसले मात्र हाम्रा भोलिका भविष्य सकारात्मक रुपमा सुरक्षित गर्छ ।

सामुदायिक र नीजि विद्यालय

अहिले नेपालमा दुई प्रकृतिका विद्यालयले शिक्षा प्रदान गरिरहेको छ । हुन त धार्मिक विद्यालयहरु पनि छ । तर प्रत्यके वर्ष चर्चाको विषय नीजि र सामुदायिकको मात्र बढी हुने गरको छ । यि दुई विद्यालयको तुलनात्मक रुपमा हेर्दा धेरै फरक छ । नीजि विद्यालयले एक व्यक्तिका स्वर्थ पुरा गर्न संचालन भएको देखिन्छ  र सामुदायिक विद्यालय राष्ट्रिय गौरवलाई उच्च गर्ने गरी संचालनमा छ । यति धेरै अन्तर भएको ठाउँमा नीजि र सामुदायिकलाई एउटै रुपमा हेर्न कतिको सान्र्दभिक हुन्छ । 

धेरैले मेरो म मतमा प्रश्न उठाउला ? दुवैले त शिक्षा नै प्रदान गरिरहेको छ । अनी कसरी अन्तर भयो ? हो प्रश्न गर्न सजिलो छ । किन भने यो प्रश्न सबैको आँखा अगाडी छ । तर गहिरिएर र विचार गरियो भने जावफ आफ्ै भेटछन् । आजको दिनमा शिक्षालाई बरदानबाट व्यपारमुखि बनाउने, आफ्नो संस्कृतिलाई हराउँदै लग्निे, स्वर्थमुखि शिक्षा दिने, गुरु र शिष्य बिचको सम्बन्धलाई समाप्त पर्ने र आफ्ना बारेमा भन्दा अरुका बारे बुझनु पर्ने शंका र भ्रम थुपार्ने कार्य नीजि विद्यालयले नै गरीरहेको छ ।

तर सामुदायिक विद्यालय यि विषय वस्तुका प्रभावसँग लडदै आज पनि जिवन्त राहनका लागि संर्घष गरिरहेको छ । सामुदायिक विद्यालयला्रई दुरदासामा पुगाउने हामी नै हौँ । हामी भित्रको राजनीति स्वर्थ र बाहिरी प्रभावले हाम्रा विद्यालय पनि उही प्र्रभावबाट ग्रशित हुदै गईरहेको छ ।
आज सिरहामा सिरहा नगरपालिका र मिर्चैया नगरपालकाले मौलाउँदै गइृरहेको शिक्षा क्षेत्रका विकृती नियन्त्रण गर्ने प्रयास गििररहेको छ । तर शिक्षा क्षेत्र काब्जा गरेका माफियाहरुले यि पालिकाहरुलाई ठुला चुनौती दिईरहेको छ । नीजि र सामुदायिक बिच रहेको ठुला अन्तरलाई पुरिन् सहज छैन् । तर राज्यले गर्न चाहे असहज छैन् । लोकतन्त्रमा रहेको विकृतिमैत्री राजनीतिले यसलाई मलजाल गर्दैछ । यदि सचिकै यि अन्तरलाई समाप्त गर्न चहियो भने एकै वर्ष नहुन सक्छ । तर तयारी गदै गयो भने अर्को शिक्षिक शत्र सम्म हुन्छ ।

एउटा विद्यार्थी भर्ना कार्यक्रममा सिरहा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बलिराम यादबले राखेको विचार सुनेर मनमा धेरै कुरा उथालपुथल भईरहेको छ । शिक्षा क्षेत्र सुधारका लागि यादबले यति धेरै समस्या पहिचान गरेको हेर्दा खुशी लाग्यो । तर निर्वाचनको बेला शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्ने अश्वासन बाँडने जनप्रतिनिधिले किन यि समस्याहरु न देखिेको होला, भने विषय सोचन् बाध्य बनाउँछ । अहिले सिरहा नगरपालिकामा समस्या पहिचान गरी समाधानका लागि प्रयास गरिरहेको अधिकृत यादबलाई शिक्षा माफियाले प्रमुख निशानामा राखेको देखिन्छ । धेरै ठाउँमा माफियाले भनिरहेका छन्, अधिकृतले बोलेर केही हुदैन् । अहिले तातो पानी जस्तो उम्लेको मात्र हो, केही दिन पछि आफै सेलिन्छ । हामी संगठित रुपमा कार्य गरिहेका छौँ ।

अधिकृत यादबले भनेका कुरा, शिक्षा क्षेत्र व्यपारमुखि भयो । नीजि विद्यालयले प्रत्यके वर्ष गुणस्तरीय शिक्षाको नाममा किताब परिवर्तन गर्दै जानु, किताब उसले भनेको ठाउँमा खरिद गर्नुृपर्ने र विद्यालयमा शुल्क लिई खरिद विक्री गर्न, टाई, वेल, पोषाक विद्यालयमै खरिद गर्नुपर्ने, विद्यार्थीले प्रयोग गर्ने पेन्सील देखि खाजा नास्ता समेत विद्यालय भित्र खरिद गर्नुृपर्ने र प्रत्येक वर्ष शुल्क थपदै जानु जस्ता विषय रोक्नु पर्छ भनेको कुरा असत्य हो ! । यादबले नियन्त्रण गर्न खोजेका विषयहरु जनप्रतिनिधिहरुले बुझदैन् ! । अभिभावकले यि विषयको भारले समस्यमा परेको छैन ! ।

हो सबैले बुझेका छन । तर कोही कमिसनमा, कोही भाषणमा र कोही सुनोलो सपनामा डुबेको कारण बोल्न नसकेको हो । मफियाहरुलाई माफियातन्त्र दोडिन्छ भने चिन्ता छ । तर नेतालाई आफ्नो छोरा छोरीका भविष्य नै समाप्त भइरेहको, समाजमा विकृती र गरिवी मौलाउँदै गईरहेको कुरा प्रति नजर गाएको छैन् । शिक्षा माफियाहरुले संगठित रुपमा शिक्षाका ज्योतीलाई निभाउन प्रयास गरिहेका छन् । तर जनप्रतिनिधि मिसन ८४ को सपनामा र अभिभावक स्वर्थ छोरी छोरीले पाउने शिक्षाको सपना देखिरहेका छन् । 

आजको दिनमा मात्र चिय पसलमा, पान पसलमा कुरा गरेर हुदैन् । हाकिमले राम्रो गरेको प्रशंसा फेसबुकमा लेखि समस्या समाधान गरे देखाउनु जस्ता तर्क गरेर मात्र हुदैन । सबै नागरिक समाज, बुद्धिजिवि, नेता, अभिभावकले एक जुट भएर यस्ता विषयलाई नियन्त्रण गर्न आफ्ना ठाउँकै विद्यालयबाटै कार्यन्वयन गराउन दबाब दिन जरुरी छ । परिवर्तनका लागि कुरेर बस्ने होइन् आज बाट गरियो भने समाज विकासमा एक कदम आगाडी बढन् सम्भव छ ।

भारतका शिखर धवनले कर्णाली याक्सबाट एनपीएल खेल्ने

कर्णाली याक्सले विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनल ...

के कपाल खाइरहेका छन् चिनियाँहरू ?

चीनको छेंग्दुस्थित सडकमा हिंड्ने बटुवाहरूले खाइरहेको अन ...

जनप्रतिनिधिले अण्डकोषमा हान्दा पोखराका नगर प्रहरी

२७ कात्तिक, पोखरा । पोखरामा एमाले जनप्रतिनिधिले अण्डकोष ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब