भारतको एक धार्मिक सभामा भागदौड : मृतकको संख्या १२२ पुग्यो

  • असार १९, २०८१ | ३२७ पटक पढिएको | सीमा संदेश
alt

भारतको उत्तर प्रदेशमा मंगलबार एउटा धार्मिक सभामा भएको भागदौडमा मृत्यु हुनेको संख्या १२२ पुगेको छ । त्यस्तै अन्य धेरै व्यक्ति घाइते भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

मृतकमध्ये हालसम्म ७२ जनाको पहिचान खुलेको टाइम्स अफ इन्डियाले जनाएको छ । मृत्यु हुनेमा अधिकांश महिला छन् । मंगलबार युपीको हाथरस शहर नजिकै एक धार्मिक प्रचारकको प्रवचन कार्यक्रम थियो । प्रवचन सुन्न आएका सयौं मानिस कार्यक्रम सकेर बाहिर निस्किँदै गर्दा भागदौड हुँदा धेरै व्यक्तिले ज्यान गुमाएका हुन् ।

भागदौडका कारण धेरै मान्छेको किचिएर मृत्यु भएको र शवहरू एकमाथि अर्को लडेको अवस्थामा फेला परेको स्थानीय प्रहरी अधिकारीहरूले जनाएका छन्।

घटनामा घाइते भएका सयौं व्यक्तिलाई अस्पताल पुर्‍याइएको छ । उनीहरूमध्ये केहीको अवस्था गम्भीर भएकाले मृतकको संख्या बढ्ने अनुमान छ ।

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घट्यो

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको ...

सुक्खाग्रस्त क्षेत्र मधेशमा मनसुन सक्रिय : पानी पर

सुक्खाग्रस्त क्षेत्र मधेश प्रदेशमा मनसुन सक्रिय भएको छ ...

त्रिशूलीमा खस्यो मिनी ट्रक

नारायणगढ मुग्लिन सडकको सिमलतालबाट भारतीय मिनि ट्रक त्रि ...

चोरीको सुन खरिद गर्ने पसलेसहित दुईजना पक्राउ

नवलपुर प्रहरीले चोरीको सुन खरिद गर्ने सुन पसलेसहित दुईज ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब