महिला यात्रुको कपालमा जुम्रा भेटिएपछि विमानको आकस्मिक अवतरण

  • साउन २५, २०८१ | १७४ पटक पढिएको | सीमा संदेश
alt

यसअघि आयरल्याण्डमा लोग्नेस्वास्नीको झगडाका कारण उडिरहेको हवाईजहाज डाइभर्ट गरेर आकस्मिक अवतरण गराउनु परेको खबर सार्वजनिक भएको थियो ।

अहिले फेरि अर्को यस्तै घटना भएको छ, जहाँ एकजना महिला यात्रुको टाउकोमा भेटिएको जुम्राले विमानको आकस्मिक अवतरण गराइदिएको छ ।

सोही जहाजमा यात्रुको रुपमा रहेका एथन जुडलसन नामक एक व्यक्तिले आफ्नो टिकटकमा सो घटनाको बारेमा खुलासा गरेका छन् ।

उनका अनुसार अमेरिकाको लस एन्जल्सबाट न्युयोर्कका लागि उडेको विमान अचानक फिनिक्समा आकस्मिक अवतरण भयो ।

त्यसरी जहाज एक्कासी बीच बाटोमै अवतरण भएपछि उनी अचम्ममा परे । किनकि त्यहाँ जहाजमा वा यात्रुहरुमा कुनै समस्या परेको जस्तो आभाष हुँदैनथ्यो ।

तर जब विमान अवतरण भयो तब उनको छेउमै बसेकी एकजना महिला जहाजको ढोकातर्फ दौडिइन् । त्यो देख्दा लाग्थ्यो कि उनी विमानबाट सबैभन्दा पहिले बाहिर निस्किन चाहन्थिन् ।

पछि मात्र यात्रुहरुलाई जानकारी गराइयो कि उक्त आकस्मिक अवतरणको वास्तविक कारण जुम्रा थियो ।

एकजना महिला यात्रुको टाउकोमा जुम्रा देखिएको थियो । त्यो रिपोर्ट चालक दलसम्म पुगेपछि त्यसलाई मेडिकल इमर्जेन्सी ठानेर जहाजको आकस्मिक अवतरण गरियो ।

दुईजना युवतीहरुले एक महिलाको टाउकोमा जुम्रा हिंडिरहेको जानकारी विमानका कर्मचारीले गराएका थिए ।

करिब १२ घण्टासम्म फिनिक्समा जहाज रोकियो र त्यसपछि मात्रै गन्तव्य तर्फ उडेको थियो ।

टाउकोमा जुम्रा भेटिएकी महिला यात्रुको पहिचान भने गोप्य राखिएको छ ।

समाचार अनुसार यो घटना गत जुन महिनामा भएको हो । एजेन्सी

गृहमन्त्री लेखकले गरे भ्रष्टाचारबाट आर्जित सम्पत्त

गृहमन्त्री रमेश लेखकले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत् ...

आजको मौसम: कोशी र मधेसमा हुरीबतासको सम्भावना

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वाय ...

कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र निर्

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले&n ...

चैत्र ४ गते सोमबार, यस्ताे छ तपाईँकाे राशिफल

आज विक्रम संवत २०८१ साल चैत्र ४ गते, सोमबार । ईश्वी सन् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब