सातौं संविधान पनि असफल हुने नेता महतोको ठोकुवा

  • भदौ ११, २०८१ | २२८ पटक पढिएको | सीमा संदेश
alt

राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले शासक वर्गको गलत नियतको कारण सातौं पटकको संविधान पनि असफल हुने ठोकुवा गरेका छन् ।

जनकपुरधाम विमानस्थलमा सोमबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै पूर्वमन्त्रीसमेत रहेको संयोजक महतोले भने, ‘सम्पूर्ण नेपालीका लागि अहिलेसम्म संविधान नै बनेको छैन । आधा बढी नेपालीको प्रतिनिधिलाई बेवास्ता गरी जबरजस्ती संविधान जारी गरिएको थियो । यो सातौं संविधान पनि कुन दिन असफल हुन्छ, ठेगान छैन ।’ उनले व्यवस्था, संविधान र सरकार पटकपटक फेरिए पनि जनताको अवस्था नफेरिएको बताए । सरकार रहनु र नरहनुले जनतालाई कुनै फरक नपरेको भन्दै संयोजक महतोले अहिले बनेको सरकारले फरक नपरेको टिप्पणी गरे ।

उनले भने, ‘दुई ठूला दल आफ्नो स्वार्थ पूरा गर्न गठबन्धन सरकार बनाएको छ’, उनले भने, ‘यो गठबन्धनबाट कुनै उम्मिद छैन । सरकारको अनुभूति गर्न नसकेर जनता निराश छन् ।’ संघीय लोकतान्त्रिक गणतन्त्रको ब्यानर राम्रो भए पनि अन्तर विषयवस्तु बेइमानी तथा छलकपटपूर्ण रहेको उनले दाबी गरे ।

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घट्यो

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको ...

सुक्खाग्रस्त क्षेत्र मधेशमा मनसुन सक्रिय : पानी पर

सुक्खाग्रस्त क्षेत्र मधेश प्रदेशमा मनसुन सक्रिय भएको छ ...

त्रिशूलीमा खस्यो मिनी ट्रक

नारायणगढ मुग्लिन सडकको सिमलतालबाट भारतीय मिनि ट्रक त्रि ...

चोरीको सुन खरिद गर्ने पसलेसहित दुईजना पक्राउ

नवलपुर प्रहरीले चोरीको सुन खरिद गर्ने सुन पसलेसहित दुईज ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब