नेकपा एसमा मधेशी साफ ! पदाधिकारी चुनावमा मधेशी कोटामा साह बाहेक सबै पराजित

  • भदौ १३, २०८१ | २०६ पटक पढिएको | सीमा संदेश
alt

नेकपा एकीकृत समाजवादी (नेकपा एस)को पदाधिकारीका लागि भएको चुनावमा मधेशी उपाध्यक्षमा धर्मनाथ साह बाहेक सबै मधेशी नेता पराजित भएका छन् ।

उपाध्यक्षका लागि छुट्टयाइएको मधेशी कोटामा साह र रामचन्द्र झा प्रतिस्पर्धा गरेका थिए । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको प्यानलबाट रहेका पूर्वमन्त्री समेत रहेका नेता झा २० मतले पराजित भएका छन् । नेता साहले १ सय ६४ मत प्राप्त गरेका थिए । झाले १ सय ४४ मत प्राप्त गरे ।

नेकपा एसमा १८ केन्द्रीय पदाधिकारीका लागि मंगलवार साँझ मतदान भएको थियो । अध्यक्षमा माधवकुमार नेपाल, वरिष्ठ नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुषाल यस अघि नै सर्वसम्मत भइसकेका थिए । वरिष्ठ उपाध्यक्षमा राजेन्द्र प्रसाद पाण्डे पनि मंगलबार निर्विरोध भएका थिए । उपाध्यक्ष खुला, उपमहासचिव र सचिवमा मधेशी नेताहरुले उम्मेदवारी दिएका थिए ।तर उनीहरुले सम्मानजनक मत समेत पाउन सकेनन् ।

उपाध्यक्षमा निर्वाचित साह बाहेक अधिकांश मधेशी नेताहरुले अध्यक्ष नेपालको गुटबाट उम्मेदवारी दिएका थिए । तर सबै पराजित भएका छन् । सार्वजानिक मतपरिणाम अनुसार पार्टीको उपाध्यक्ष पद (महिला)मा जयन्ती राई, उपाध्यक्ष (मधेसी समुदाय)मा धर्मनाथ साह निर्वाचित भएका छन् । महिला उपाध्यक्षमा चर्चित युवा नेत्री रामकुमार झाँक्री पराजित भएका छन् ।

खुला उपाध्यक्षहरुमा जगन्नाथ खतिवडा, डा. गङ्गालाल तुलाधर, भानुभक्त जोशी र प्रकाश ज्वाला निर्वाचित भएका छन् । यसैगरी उपमहासचिवमा राजेन्द्रकुमार राई, मेटमणि चौधरी, रामकुमार भट्टराई र गरिमा शाह निर्वाचित भएको पार्टीको निर्वाचन आयोगले जनाएको छ । उपमहासचिवमा उम्मेदवारी दिएका रामचन्द्र यादवले ७६ मत, सत्रुधन महतोले ४२ मत र श्रीप्रसाद साहले २८ मत प्राप्त गरे ।

४ उपमहासचिव पदका लागि १९ जनाले उम्मेदवारी दिएकोमा मधेशबाट यादव, महतो र साहगरि ३ जनाले उम्मेदवारी दिएका थिए । एसको सचिव पदमा (समावेशी)मा बलदेव चौधरी र सचिव (दलित) मा गणेश विक, सचिव (खुला) मा शेरबहादुर कुँवर, चन्द्रबहादुर शाही, सोमप्रसाद पाण्डे, सावित्री भुसाल र श्रीनाथ बराल निर्वाचित भएका छन् । सचिवमा उम्मेदवारी दिएका वंशीधर मिश्रले ६५ र रत्नेश्वर गोइत यादवले १३ मत प्राप्तगरि पराजित भएका छन् ।

खुला सचिवमा २ जना मधेशी मिश्र र यादवले उम्मेदवारी दिएका थिए । गत असारमा सम्पन्न महाधिवेशनमा पदाधिकारीको चयन हुन सकेको थिएन् ।अध्यक्ष, वरिष्ठ नेता, वरिष्ठ उपाध्यक्ष र महासचिवमा सर्वसम्मत भएपनि अन्य पदाधिकारीका लागि चुनाव गराइएको थियो । नेकपा एसको संगठन मधेश प्रदेशमा तुलनात्मक रुपमा राम्रो मानिन्छ ।

एसको मधेश प्रदेशमा ७ जना सभासद रहेका छन् । चुनाव परिणामपछि मधेशी नेताहरुमा व्यापक असन्तुष्टि देखिएको छ । पदाधिकारीमा उपाध्यक्ष साह बाहेक मधेशबाट अन्य नेताहरु जान पाएका छैनन् । हुन त नेकपा एसलाई कट्टर मधेश विरोधी मानिन्छ । अध्यक्ष नेपाल पनि मधेशको मुद्दामा अत्यन्त कट्टर छन् ।

सम्बन्ध विच्छेद गर्दै जस्टिन बिबर ?

क्यानेडियन गायक जस्टिन बिबर र उनकी श्रीमती हेलीको चाँडै ...

सत्ता बार्गेनिंगमा यादव ! अध्यादेशमा जसपा नेपालको

मधेश प्रदेश सरकारको नेतृत्व चहार्दै आएका जनता समाजवादी ...

अमेरिकाका २० लाख सरकारी कर्मचारीलाई जागिर छाड्न पत

ट्रम्प  प्रशासनमा सरकारी दक्षता विभागको नेतृत्व सम ...

माघ २४ गते बिहीबार, यस्ताे छ तपाईंकाे राशिफल

आज विक्रम संवत २०८१ साल माघ २४ गते, बिहीबार । ईश्वी सन् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब