मुख्य नेताहरु सहभागी नहुँदा उपेन्द्र यादव असन्तुष्ट ! ‘कांग्रेस–कम्युनिष्टले देशलाई खोक्रो बनायो’

  • भदौ १६, २०८१ | ७६ पटक पढिएको | सीमा संदेश
alt

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस– कम्युनिष्टले देशलाई खोक्रो बनाएको आरोप लगाएका छन् ।

जनकपुरधाममा शनिबार भएको एक कार्यक्रममा बोल्दै पूर्वमन्त्रीसमेत रहेका अध्यक्ष यादवले कांग्रेस र कम्युनिष्टको भरमा अब देश चल्न नसक्ने बताए । आधार संगठन निर्माण अभियानअन्तर्गत आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष यादवले कांग्रेस र कम्युनिष्ट मिलेर देशलाई खोक्रो बनाएको दाबी गरे ।

बहुदलीय व्यवस्था आएदेखि नै ३५ वर्षसम्म कांग्रेस र कम्युनिष्ट मिलेर देश चलाएको बताउँदै अध्यक्ष यादवले विकासका हरेक सूचक ध्वस्त हुनुमा कांग्रेस र कम्युनिष्ट नै दोषी रहेको बताए । अध्यक्ष यादवले भने, ‘ कांग्रेस तथा कम्युनिष्टहरुको शासनकालमा देशमा शिक्षा बर्बाद भएको छ, किसानहरु कृषि पेशाबाट पलायन भएर वैदेशिक रोजगारमा जान बाध्य भएका छन्, लाखौं नेपाली नागरिकलाई रोजगारी दिएको उद्योग, कलकारखाना ध्वस्त भएका छन्’, उनले अघि थप्दैँ भने, ‘अहिले पनि दलित, महिला, आदिवासी, जनजाति, मुस्लिम, थारु समुदायलाई यथोचित न्याय हुन सकेको छैन । अहिले पनि यो वर्ग राज्यबाट अपहेलित र अपमानित छ ।

अहिले पनि संघीय प्रणालीमा सुशासन छैन । मधेशको भूमिमा मधेशीकै शासन र प्रशासन नितान्त आवश्यक छ ।’ उनले मुलुकले अहिले कमिसनतन्त्र, लुटतन्त्र तथा भ्रष्टतन्त्रमा ठूलै प्रगति गरेको बताए । उनले भ्रष्टतन्त्र, लुटतन्त्र तथा कमिसनतन्त्रको विकास हुनुमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको ठूलो भूमिका रहेको आरोप छ । अध्यक्ष यादवले मधेश प्रदेशले प्राप्त गरेको उपलब्धिलाई रक्षा गर्न नसकेमा देश नै संकटमा फस्ने बताए ।

सो अभिमुखीकरण कार्यक्रममा असन्तुष्ट रहेका नेता तथा कार्यकर्तालाई सहभागी गराउनका लागि अध्यक्ष यादवले निरन्तर फोन तथा केही दुतहरुसमेत खटाएका थिए । सो अभिमुखीकरण कार्यक्रममा उत्साहजनक नेता तथा कार्यकर्ताको सहभागिता नहुँदा अध्यक्ष यादव खुसी देखिएका थिएनन् । उनले धनुषाका नेता महाजन यादव, महोत्तरीका पूवर्मन्त्री हरिनारायण यादव, सर्लाहीका निवर्तमान अर्थमन्त्री सञ्जय यादव, रौतहटलगायतका विभिन्न जिल्लाका नेताहरु असन्तुष्टिका कारण शनिबार आयोजित कार्यक्रम नै बहिष्कार गरेको जनाएको छ ।

भीड जुटाउनका लागि अध्यक्ष यादवलाई निकै कसरत नै गर्नु परेको थियो । तर पनि मुख्य नेतालगायतका अगुवाहरुको उल्लेख्य सहभागिता रहेको थिएन ।

सेलेना कान्छी अर्बपति

विश्वचर्चित पप स्टार तथा अभिनेत्री सेलेना गोमेज अमेरिका ...

अपराधी श्रीमान् : आफ्नै पत्नीमाथि गराए ७२ जना परपु

हालैका दिनमा फ्रान्सको एउटा दर्दनाक समाचारले सनसनी मच्च ...

प्रधानमन्त्री ओलीलाई बलेनको जवाफ– 'उहिल्यै मरिन् स

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बा ...

राष्ट्रपति चुरे संरक्षणको नाममा जनकपुर कार्यालयद्व

राष्ट्रपति चुरे तराई मधेश संरक्षण कार्यक्रममा व्यापक अन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब