संघीय सत्ता गठबन्धन दलको बैठकमा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)को महत्वपूर्ण भूमिका देखिएको छ ।
मधेश प्रदेशमा सत्ता गठबन्धनको नेतृत्व गरिरहेको जनमत पार्टीलाई संघीय सरकारमा सहभागी गराइएको छैन । तर जनमत पार्टी नेतृत्वको मधेश प्रदेशमा नेकपा एमाले, नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपाल सहभागी रहेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ बसेकोa बैठकमा सरकार सञ्चालन र सरकारको न्यूनतम साझा कार्यक्रम निर्माणलगायत विषयमा साझा धारणा बनाउन गठबन्धन दलको बैठक बसेको थियो ।
बैठकमा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई, लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर , नागरिक उन्मुक्ति पार्टीका (नाउपा)अध्यक्ष रञ्जिता श्रेष्ठ र सो दलका प्रमुख सचेतक, सचेतकलगायतका नेताहरूको सहभागिता रहेको थियो ।
बैठकले संविधान संशोधनका लागि बृहत छलफल गर्ने समझदारी गरेको छ । कांग्रेस–एमालेबीच असार तेस्रो साता भएको सात बुँदे सहमति अनुसार संविधान संशोधन गर्न प्रमुख राजनीतिक दल र असन्तुष्ट पक्षसँग छलफल गरेर मात्रै अघि बढाउने दलहरूबीच समझदारी भएको नाउपाकी अध्यक्ष श्रेष्ठले बताएकी छन् । ‘संविधान संशाधेन गर्न सबै दलसँग बृहत छलफल गर्ने कुरा भएको छ’ उनले भनिन् – सबै दलको विचार विमर्श बुझेर संविधान संशोधनको विषयलाई निष्कर्षमा पु¥याउन बैठक केन्द्रित थियो ।
संविधान जारी हुँदा धेरै पक्ष असन्तुष्ट रहेकाले ती असन्तुष्टिलाई सम्बोधन गरी अझै राम्रो संविधान बनाउनुपर्छ भन्नेमा सत्ता गठबन्धनका नेताहरुले जोड दिएको उनले बताइन् । राजनीतिक दल र असन्तुष्ट पक्षसँग छलफल गरी अघि बढ्ने निष्कर्षमा सत्तारुढ दल पुगेको अध्यक्ष श्रेष्ठले बताइन् । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र सहितका दलहरुले सरकारको आलोचना गरिरहेको बेला प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाले सरकारलाई बलियो र कामकारबाहीलाई प्रभावकारी बनाउनमा जोड दिएका थिए ।
संविधान संशोधनका लागि माओवादी, जसपा नेपाल, नेकपा एसको अनिवार्य समर्थन चाहिन्छ । नाउपा सत्ता गठबन्धनमा रहे पनि सरकारमा हालसम्म सहभागी भएको छैन । तर जसपा र लोसपा सरकारमा छन् । जसपाबाट दुई जना मन्त्री र एक जना राज्यमन्त्री छन् भने लोसपाबाट एक जना मन्त्री छन् । सत्ता गठबन्धनमा रहेका दलहरु मध्ये नाउपालाई मधेश प्रदेश सरकारमा समेटिएको छैन । सरकारलाई समर्थन गर्ने एमाले र कांग्रेसको मधेश प्रदेश सरकारमा दबदबा छ।
मधेश प्रदेशमा जसपाको संगठन क्रमिक रुपमा बलियो भइरहे पनि प्रदेश संसदमा एकजना पनि सांसद छैन । सर्वोच्च अदालतले निर्वाचन आयोगको दल रोज्ने सम्बन्धी निर्णयलगायतका विषयमा रोक लगाएसँगै मधेश प्रदेशका सभासदहरु जनता समाजवादी पार्टी(जसपा)नेपालमा नै रोकिएका छन् । प्रधानमन्त्री ओलीले जसपाका अध्यक्ष राइलाई विशेष महत्व दिएसँगै जसपा नेपालबाट भारी संख्यामा नेता, कार्यकर्ताहरु आकर्षित भएका छन् ।
Copyright © 2020 / 2024 - Seema Sandesh Daily.com All rights reserved