जसपा नेपाल गम्भीर संकटमा : पार्टी पदाधिकारी मनोनयनविरुद्ध निर्वाचन आयोगमा उजुरी

  • भदौ २६, २०८१ | ८४ पटक पढिएको | सीमा संदेश
alt

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पदाधिकारी र कार्यकारिणी सदस्य चयनमा मनपरी गरेपछि पार्टी भित्र चुलिएको विवाद निर्वाचन आयोगसम्म पुगेको छ ।

पार्टीको विधानमा २० प्रतिशत केन्द्रीय सदस्य बाहेक मनोनयन गर्ने प्रावधान छैन । पार्टीको महाधिवेशनबाट ८० प्रतिशत केन्द्रीय सदस्यको चुनाव गरिनु पर्ने, केन्द्रीय समितिले ११ जना कार्यकारिणी समिति सदस्य चयन गर्ने र पदाधिकारीको चुनाव हुनुपर्ने विधान विपरीत अध्यक्ष यादवले आफू खुशी मनोनयन गरेपछि विवाद फेरि निर्वाचन आयोगसम्म पुगेको छ ।

लुम्बिनी प्रदेशका अध्यक्षसमेत रहेका जसपा नेपालका नेता अशोक यादवले पदाधिकारी, कार्यकारिणी समिति र केन्द्रीय समिति सदस्य समेत विधान विपरीत चयन गरिएको विरुद्ध मंगलबार निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन् । गत जेठ महिनाको अन्तिम हप्तामा सम्पन्न जसपा नेपालको महाधिवेशनमा यादव महासचिवका उम्मेदवार थिए । तर उनलाई कुनै पदमा मनोनित गरिएको छैन । ‘उम्मेदवारी दिएको भन्दा फरक पदमा अध्यक्ष यादवले पदाधिकारी मनोनयन गरेका छन्’ उजुरी पत्रमा यादवले भनेका छन्’ पार्टीको विधानमा भूगोललगायतका विभिन्न क्लस्टरलाई सन्तुलन मिलाएर पदाधिकारी र कार्यकारिणी समिति सदस्य चयन गर्नुपर्ने प्रावधान विपरीत काम भएको छ ।

नेता यादवले केन्द्रीय समिति, पदाधिकारी चयनलगायतका विषय विधान तथा निर्देशिका विपरीत भएको र त्यसको छानबिन गरी गैरकानुनी रूपमा भएका कामकारबाहीहरू बदर गर्न माग गरेका छन् । जसपा नेपालले महाधिवेशन सम्पन्न गरी मनोनयन गरिएको पदाधिकारी सहितको विवरण निर्वाचन आयोगमा पठाएको छ । तर निर्वाचन आयोगले जसपा नेपालको सम्बन्धमा कुनै निर्णय गरिसकेको छैन । प्रदेश अध्यक्ष यादवले नै छानबिनको मागसहित निर्वाचन आयोगमा उजुरी दिएपछि आयोगले शुक्रबार भित्रै केही निर्णय लिने सम्भावना रहेको बताइएको छ ।

यादवले दिएको उजुरीमा महासचिव नियुक्त गरिएको रामकुमार शर्मालाई पार्टीमा प्रवेश गरेको ६ महिनसमेत नभएको र कोषाध्यक्ष मनोनित भएकी सुरिता साह पार्टीको सधारण सदस्य बाहेक केही नरहेको आरोप लगाइएको छ । महासचिव र कोषाध्यक्षका लागि कम्तीमा पार्टीको केन्द्रीय सदस्य भइ १० वर्ष काम गरेको र महिलाको हकमा ७ वर्ष काम गरेको हुनुपर्ने प्रावधान विधानमा छ । तर अध्यक्ष यादवले त्यस विपरीत शर्मा र साहलाई मनोनीत गरिएको उल्लेख गर्दै अन्य पदाधिकारीहरुको समेत विधान अनुसार निर्वाचन नगराइएको उजुरीमा उनले उल्लेख गरेका छन् ।

महाधिवेशनमा केन्द्रीय सदस्य र पदाधिकारी समेतका लागि २ सय ९७ जनाले उम्मेदवारी दिएका थिए । उम्मेदवारी दर्ताका लागि निर्वाचन समितिले लिएको शुल्क पनि हालसम्म फिर्ता गरिएको छैन । तर अध्यक्षमा उपेन्द्र यादव निर्विरोध भएका थिए । जसपा नेपालमा पदाधिकारी र कार्यकारिणी समिति सदस्य चयन भएपछि चरम असन्तुष्टि देखिएको छ ।

अध्यक्ष यादवले कार्यकारिणी समितिबाट विधान संशोधन गरी पदाधिकारी थप्ने र त्यसमा मनोनयन गर्ने आश्वासन केही नेतालाई दिए पनि उनीहरु विश्वस्त हुनसकेका छैनन् । कार्यकारिणी समितिको बैठक असोज २, ३ र ४ गते काठमाण्डुमा बोलाइएको छ । तर महाधिवेशनबाट पारित भएको विधानलाई कार्यकारिणी समितिले संशोधन गर्नसक्ने अधिकार नभएको एकजना पदाधिकारीले जनाए ।

पार्टी उच्चस्रोतका अनुसार महाधिवेशनदेखि नै पार्टी विधान र प्रचलित कानुनको अध्यक्ष यादवले चरम उल्लंघन गरेकाले निर्वाचन आयोग महाधिवेशन नै बदर गर्न सक्छ । अध्यक्ष यादवले एक्लौटी गर्न खोजेपछि जसपा नेपाल फेरि संकटमा परेको छ ।

पूर्वप्रेमी मध्यरातमा घर छिरेपछि देवरसित मिलेर हत्

विराटनगर । चार महिनाअघिदेखि हराइरहेका झापाको बाह्रदशी ग ...

बाढीबाट मधेसमा ८० करोडभन्दा बढीको क्षति

हालैको बाढीबाट मधेस प्रदेशमा  रु ८० करोड ४५ लाख भन ...

‘म एमाले अध्यक्ष बन्ने सम्भावना टरिसकेको छैन’

सात वर्षसम्म शीतलनिवासमा रहेर डेढ वर्षअघि निवृत्त पूर्व ...

यसवर्ष रसायनशास्त्रको नोबेल पुरस्कार तीन जनालाई

यसवर्ष रसायनशास्त्र तर्फको नोबेल पुरस्कार डेभिड बेकर, ड ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब