राहुल गान्धीलाई उत्तर प्रदेश प्रवेशमा रोक लगाउन भारतीय प्रहरीमा सर्कुलर पत्रमा लेखिएको छ, ‘भारतीय नागरिक सुरक्षा संहिता २०२३ को धारा १६३ अनुसार सम्भलमा २९ नोभम्बरदेखि १० डिसेम्बरसम्म कुनै पनि बाहिरी व्यक्तिलाई प्रवेशमा प्रतिबन्ध लगाइएको छ । त्यसैले राहुल गान्धीको गतिविधिमा सतर्क रहँदै निगरानी राख्नू ।’

  • मंसिर १९, २०८१ | २३३ पटक पढिएको | सीमा संदेश
alt

भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई उत्तर प्रदेश राज्य प्रवेशमा रोक लगाउने निर्णय स्थानीय प्रशासनले गरेको छ । उनलाई उत्तर प्रदेशमा प्रवेश नदिन मातहतका प्रहरी कार्यालयलाई प्रशासनले सर्कुलर गरेको छ ।

लोक सभाका प्रतिपक्ष दलका नेता राहुल गान्धी बुधबार उत्तर प्रदेशको सम्भल भन्ने जिल्लामा जाँदैछन् । शाही जामा मस्जिद सर्भेको क्रममा गत नोभेम्बर २४ मा भएको हिंसामा मृत्यु भएकाका परिवारलाई भेट्न राहुल गान्धी सम्भल जान लागेका हुन् । तर उनलाई रोक्ने प्रयास स्थानीय प्रहरी प्रशासनले गरेको छ ।

राहुललाई उत्तर प्रदेशमै प्रवेश गर्न नदिन सम्भलका जिल्ला अधिकारीले छिमेकी चार जिल्ला गाजियाबाद, गौतमबुद्ध नगर, बुलन्द शहर र अमरोहा प्रशासनलाई पत्राचार गरेको समाचार एजेन्सी एएनआईले जनाएको छ । पत्रमा लेखिएको छ, ‘भारतीय नागरिक सुरक्षा संहिता २०२३ को धारा १६३ अनुसार सम्भलमा २९ नोभम्बरदेखि १० डिसेम्बरसम्म कुनै पनि बाहिरी व्यक्तिलाई प्रवेशमा प्रतिबन्ध लगाइएको छ । त्यसैले राहुल गान्धीको गतिविधिमा सतर्क रहँदै निगरानी राख्नू र सम्भल जाने क्रममा आफ्नो सीमामै रोक्नू ।’

उत्तर प्रदेश प्रहरीका एक शीर्ष अधिकारीले राहुल गान्धीलाई उत्तर प्रदेशमै प्रवेश गर्न रोक्न हरसम्भव कोसिस गर्ने बताएका छन् ।

राहुल गान्धी आज बिहान १० बजे गाजिपुर बोर्डर एरिया हुँदै सम्भल जाने तयारीमा छन् ।

जेन जी सरकारको प्रतिवद्धता नपत्याएका स्थानीयले कमल

पूर्व–पश्चिम हुलाकी सडकखण्डको सिराहा र धनुषा जोड् ...

गोवामा नाइट क्लबमा सिलिण्डर पड्किएर आगो लाग्दा २३

भारत गोवामा नाइट क्लबमा सिलिण्डर पड्किँदा २३ जनाको मृत् ...

मंसिर २१ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८२ साल मंसिर २१ गते । आइतबार । इ ...

मधेश प्रदेश सरकारमा जसपाको सभामुख, भौतिक मन्त्रालय

सात दलीय गठबन्धनमा मुख्यमन्त्री र सभामुख पदका लागि लोकत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब