मधेशी नेताहरुको कारण मधेश मुद्दा कमजोर ! ठूला दलका मधेशी नेताहरु गुलामीबाट मुक्त हुन सकेनन्ः अध्यक्ष यादव

  • वैशाख ९, २०८२ | ८७ पटक पढिएको | सीमा संदेश
alt

मधेश र मधेशीको अधिकार हरण गरेको आरोप लाग्दै आएको बेला जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशकै केही नेताहरुको दास प्रवृत्तिको कारण मधेशीहरु पछाडि परेको बताएका छन्।

‘मधेशका केही नेताहरू नै मधेश मुक्तिको बाधक रहेका छन्’ उनले भने, दास मानसिकताका नेताहरु मधेश र मधेशीको अधिकार खोस्नेका सहयोगी बनेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रमा रहेका मधेशी नेताहरुप्रति कटाक्ष गर्दै अध्यक्ष यादवले भने, मधेशी विरोधी गतिविधिमा लागेका मधेशीहरुकै कारण मधेश मुक्तिको आन्दोलनलाई धक्का लागेको छ ।

दोस्रो संविधान सभाबाट संविधान जारी भइरहेको बेला मधेशी दलका सांसदहरुले बहिष्कार गर्दा ठूला दलका मधेशी नेताहरुले विभेदकारी संविधानको पक्षमा रहेका थिए । ठूला दलका मधेशी सांसदहरुले संविधानमा संशोधनको पक्षमा उभिएको भए धेरै समस्या समाधान हुने अवस्था रहेको थियो । मधेशी दलका नेताहरुले विरोधमा संसद बहिष्कार गरेका बेला मधेशमा आन्दोलन उत्कर्षमा रहेको थियो ।

तर कांग्रेस, एमाले र माओवादी दलका मधेशी सांसदहरुले मधेशी, आदिवासी, जनजाती विरोधी संविधानलाई समर्थन गर्दै दिपावली गरेका थिए । पार्टीको सिराहा जिल्लाको गोलबजारमा सोमबार उद्घाटन गर्दै अध्यक्ष यादवले ठूला दलका मधेशी नेताहरुप्रति आक्रोश पोखेका छन् । मधेशलाई नश्लीय राज्यसत्ताले सधैंभरि आन्तरिक उपनिवेशमा राखेको भए पनि मधेशकै नेताहरूका कारण यसबाट मुक्ति मिल्न नसकेको उनले बताएका छन् ।

‘ मधेशमा आन्तरिक उपनिवेश छ,’ अध्यक्ष यादवले भने, तर, जसले मधेशलाई उत्पीडनमा राखेका छन्, यहाँका कतिपय नेता उनीहरूकै गुलामी गर्दैछन् । मधेश र मधेशीको अस्तित्व समाप्त पार्ने षड्यन्त्र तहत नै भूमि अध्यादेश ल्याएको तर यसमा एमाले कांग्रेसमा भएका मधेशी नेताहरूले दास बनेर टुलुटुलु हेर्ने काम गरेको उनले आरोप लगाए । ‘कांग्रेस, एमालेमा भएका मधेशी नेताहरू पनि बोल्छन् भन्ने लागेको थियो,’ उनले भने, ‘तर, उनीहरू त्यहाँ दास बनेर बसेका छन् ।’

मधेशमा राज्यले ज्यादती गर्दै आएको र यहाँका सबै नेताहरू मिलेर त्यसविरुद्ध लड्नुपर्ने भएपनि ती नेताहरू आफ्नो व्यक्तिगत लाभ र स्वार्थका निम्ति एमाले कांग्रेसमा गुलामी गर्दै बसेको अध्यक्ष यादवले बताए । नेपाली कांग्रेस, एमाले र माओवादीमा उच्च पदमा पुगेका मधेशी नेताहरु केही समयमै पाखा लाग्ने गरेका छन् ।

कांग्रेसमा विमलेन्द्र निधि, विजय गच्छदार, माओवादीमा मातृकाप्रसाद यादव लगायतको पीडा उनीहरु स्वयंले महसुस गरिरहेका छन् । नेकपा एमाले, नेकपा एस, राप्रपा, रास्वपालगायतका दलहरुमा रहेका मधेशी नेताहरुको हाल पनि कांगे्रेस र माओवादीका नेताहरुको भन्दा फरक छैन । मधेशी दलहरुको कारण ठूला दलहरुमा आलोपालो मधेशी नेताहरुले अवसर पाएपनि त्यो टिकाउ भइरहेको छैन । जसपा नेपालले गत वर्ष नै राष्ट्रिय महाधिवेशन सम्पन्न गरे पनि प्रदेश, जिल्ला, पालिका, वडाको अधिवेशन अहिले गरिरहेको छ ।

महाधिवेशन भएको ११ महिना बितिसक्दापनि निर्वाचन आयोगले जसपा नेपाललाई अध्यावधिक गरेको छैन । जसपा नेपालका अध्यक्ष यादवले सर्वोच्चमा दिएको रिटको फैसला हाल सम्म भएको छैन । त्यसबाट पार्टीका नेता, कार्यकर्ताहरुमा नैराश्यता बढिरहेको बेला जसपा नेपालले सरकारले ल्याएको भूमि सम्बन्धी अध्यादेश निष्क्रिय बनाउन खेलेको भूमिकाले पार्टीमा नयाँ जोश देखिएको छ ।

जसपा नेपालको अडानको कारण सरकारले ल्याएको मधेश विरोधी भूमि सम्बन्धी अध्यादेश निष्क्रिय बनाउन बाध्य भएका थिए । उद्घाटन समारोहमा प्रथम उपाध्यक्ष राजकिशोर यादवले मुलुकमा लोकतन्त्रको नाममा दलतन्त्र र दलतन्त्रको नाममा गिरोहतन्त्र चलिरहेको बताए । जनताले लडेर मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याए पनि केही दलहरू यसलाई कमजोर बनाउने काममा लागेको उनले आरोप लगाए।

उपाध्यक्ष यादवले सरकारको कडा आलोचना गर्दै गणतन्त्रमाथि खाएको खतरा महसुस गर्ने दलहरु नै त्यसको कारक रहेको बताए । ‘संघीय लोकतान्त्रिक गणतन्त्रमाथि देखिएको कारक नै ठूला दलहरुको ब्यवहार रहेको छ’ उनले भने, समयमै ती दलहरु नसच्चिए इतिहासको पानामा खुम्चिने निश्चित छ । सो कार्यक्रममा जसपा नेपालका पदाधिकारी, भातृ संगठनका नेताहरुले आ– आफ्नो धारणा व्यक्त गरेका थिए ।अधिवेशनले मंगलवार नयाँ नेतृत्वको चयन गर्ने बताइएको छ ।

‘ठूला माछा’माथि अख्तियारको प्रहार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स प्रविधि खरि ...

५ लाख ७० हजार घुससहित इन्जिनियर पक्राउ

सघन सहरी तथा भवन निर्माण आयोजनाका इन्जिनियर घुससहित पक् ...

जेठ २ गते शुक्रबार, यस्ताे छ तपाईँकाे राशिफल

आज विक्रम संवत २०८२ साल जेष्ठ २ गते, शुक्रबार । ईश्वी स ...

सीमावर्ती क्षेत्रमा अपरिचित समूहको संदिग्ध सक्रियत

हिन्दुस्तान– पाकिस्तानबीचको तनाव युद्धविराम भएलगत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब