सिरहा बजारबाट मिसावट गरी चियापत्ति बेच्ने व्यपारी पक्राउ "२०७७ वैशाख २२ गते"

  • वैशाख २२, २०७७ | ८,०८६ पटक पढिएको |
alt

विशेष सूचनाको आधारमा लकडाउनको अवस्थामा सिरहा नगरपालिका–१ मा रहेको रवि जेनरल स्टोर्स ९न्यू पवन इम्पोरियम० बाट प्रहरी टोलीले छापा मारेर विभिन्न ब्राण्डका मिसावट गरिएको चियापत्ति बरामद गरेको छ ।

मिसावट गरिएको चियापत्तिसँगै संचालक प्रमोद जैनलाई इन्सपेक्टर रोहित फुयालको कमाण्डमा गएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी विनोद घिमिरेले बताए ।

‘खुल्ला गरिएको चियापत्तिको नमूना लिई परिक्षणका लागि पठाएका छौं,’डिएसपी घिमिरेले भने,‘पक्राउ गरिएका व्यक्ति र बरामद भएको चियापत्ति उद्योग बाणिज्य संघका अध्यक्ष प्रमोद पौद्दारको जिम्मा लगाएका छौं ।’ गुनासो मात्र आएको र लिखित जाहेरी नआएको हुँदा तत्काल दैनिक उपस्थित हुने शर्तमा व्यक्तिलाई छाडिएको उनले जनाए ।

परिक्षणको परिणाम आएपछि थप कारवाही प्रक्रिया अगाडि बढाउने उनको भनाई छ । सोक्तिम कम्पनीको चियापत्तिसँगै विभिन्न ब्राण्डका चियापत्तिको प्याकेट फुटाई मिसावट गरी खुल्ला चियापत्ति भन्दै बिक्रि गर्दै आएका थिए । रवि जेनरल स्टोर्सका संचालक जैनले दैनिक रुपमा उपभोग हुने विभिन्न खाध्यबस्तुको डिलर लिई थोक बिक्रेताको रुपमा चिनिएका छन् ।

 

मिर्चैयाबाट भरुवा कन्दुक बरामद

सिरहा प्रहरीले मिर्चैयाको जङ्गलक्षेत्रबाट वेवारीसे अवस् ...

सशस्त्र प्रहरीमा खुल्यो ठूलो संख्यामा भर्ना

सशस्त्र प्रहरीले ठूलो संख्यामा नयाँ जनशक्ति भर्ना खोलेक ...

आमा सुरक्षा कार्यक्रमको धज्जी उडाइयो

प्रत्येक नागरिकको स्वास्थ्य सेवामा सामान पहुँच र निशुल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब