गोलबजारमा आज दिनभरका लागि कर्फ्यु खुकुलो बनाइयो

  • साउन १७, २०८३ | ४८ पटक पढिएको | सीमा संदेश
alt

जिल्ला प्रशासन कार्याल सिराहाले आज (आइतवार)  बिहान १० बजेदेखि गोलबजार क्षेत्रमा लगाएको कर्फ्यु केही खुकुलो बनाइएको जनाएको छ। सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सूचना जारी गर्दै सुरक्षा अवस्थाको विश्लेषण र आमसर्वसाधारणले दैनिक उपभोग्य सामग्री व्यवस्थापन गर्न आइतबार बिहान १० बजेदेखि साँझ ७  बजेसम्म कर्फ्यु खुकुलो गरिएको जनाएका हुन् ।

उक्त अवधिमा गोलबजार क्षेत्र हुँदै सञ्चालन हुने लामो दूरीका सवारीसाधन सञ्चालनमा आवश्यक सहजीकरण गर्न सुरक्षा निकायलाई सूचनामामार्फत अनुरोध गरिएको छ।

कर्फ्यु खुकुलो पारिएको अवधिमा पाँचजना भन्दा बढी समूह भेला जम्मा नहुन समेत सूचित गरिएको छ।  स्थानीय परिस्थितिको थप विश्लेषण गरी कफ्र्यु थप खुकुलो पार्ने वा फिर्ता लिने सम्बन्धमा पुनः सूचित गरिने जनाएको छ । जिल्लाको सुरक्षा स्थितिको विश्लेषणका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९क० बमोजिम जिल्लाको गोलबजार  क्षेत्रभित्र कर्फ्यु लगाएको थियो ।

बिहीबार दिउँसो गोलबजार ४ क्याम्पस चोकमा गोली लागेर औरही २ तुलसीपुर गाउँका करिब १७ वर्षका गणेश यादवको मृत्युु भएपछि प्रदर्शनकारीले स्थानीय एबी मलसहित एक दर्जन निजी घर पसल, २० थान मोटरसाइल, एउटा टेम्पोमा आगजनी गरेका थिए। प्रदर्शनकारीले हानेको ढुंगा लागेर २२ सुरक्षाकर्मी र एक सर्वसाधारण घाइते भएपछि व्यापक सुरक्षाकर्मी परिचालन गरी सुरक्षा व्यवस्था कडा बनाइएको छ।

762937260_1807695363914936_3437055263831345603_n

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब