साउन १८ गते सोमबार, यस्तो छ तपाईं को राशिफल

  • साउन १८, २०८३ | ६० पटक पढिएको | सीमा संदेश
alt

वि.सं. २०८३ साल साउन १८ गते, सोमबार। ईश्वी सन् २०२६ अगस्ट ३ तारिख। नेपाल संवत् ११४६।

रौद्र संवत्सर। दक्षिणायन। वर्षा ऋतु। श्रीशाके १९४८। श्रावण कृष्णपक्ष। तिथि– पञ्चमी, बेलुकी ८:२३ बजे उप्रान्त षष्ठी। नक्षत्र– उत्तराभाद्रपदा, बेलुकी ८:४१ बजे उप्रान्त रेवती।

योग– सुकर्मा, बेलुकी ८:५७ बजे उप्रान्त धृति। करण– कौलव, बिहान ८:५० बजे उप्रान्त तैतिल, बेलुकी ८:२३ बजे उप्रान्त गर। आनन्दादिमा– गद योग। चन्द्रराशि– मीन।

काठमाडौँमा सूर्योदय बिहान ५:२८ बजे र सूर्यास्त बेलुकी ६:४९ बजे। दिनमान ३३ घडी २४ पला।

आजको वारबेला:

  • बिहान ५:२८ बजेदेखि बिहान ७:०८ बजेसम्म – अमृत बेला।
  • बिहान ७:०९ बजेदेखि बिहान ८:४९ बजेसम्म – काल बेला।
  • बिहान ८:५० बजेदेखि बिहान १०:२९ बजेसम्म – शुभ बेला।
  • बिहान १०:३० बजेदेखि मध्याह्न १२:०९ बजेसम्म – रोग बेला।
  • मध्याह्न १२:१० बजेदेखि दिउँसो १:४९ बजेसम्म – उद्वेग बेला।
  • दिउँसो १:५० बजेदेखि दिउँसो ३:३० बजेसम्म – चर बेला।
  • दिउँसो ३:३१ बजेदेखि बेलुकी ५:१० बजेसम्म – लाभ बेला।
  • बेलुकी ५:११ बजेदेखि बेलुकी ६:४९ (सूर्यास्त) सम्म – अमृत बेला।

(नोट: शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभ बेला र अमृत बेलाको समय पारेर गर्नुहोला।)

राहुकाल:

बिहान ७:०८ बजेदेखि बिहान ८:४८ बजेसम्म राहुकाल रहनेछ।

(नोट: राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नुहुन्न भन्ने शास्त्रीय मान्यता रहेको छ।)

ब्रह्म मुहूर्त:

बिहान ३:५२ बजेदेखि बिहान ४:४० बजेसम्म ब्रह्म मुहूर्त रहनेछ।

आजको राशिफल

  • मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ): प्रशासन तथा राज्य पक्षसँग सम्बन्धित काम गर्दा ध्यान दिनुहोला, समय मध्यम रहेको छ। समयमा काम नबन्ने तथा विभिन्न अवसरबाट वञ्चित हुने योग छ। गलत काम तथा क्रियाकलापलाई प्रश्रय दिनाले इज्जत तथा प्रतिष्ठामा दाग लाग्न सक्छ। पढाइलेखाइमा मन नजाँदा अरूभन्दा पछि परिनेछ। मायाप्रेममा धोका हुनसक्छ भने जीवनसाथीसँग अनावश्यक विवाद हुन सक्छ, ध्यान दिनुहोला।
  • वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो): साथीभाइ, बन्धुबान्धव तथा इष्टमित्रको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ। व्यापार, सेयर बजार तथा उद्योगमा लगानी गरी मनग्गे लाभ लिन सकिनेछ। शिक्षा तथा शिक्षा पेसासँग सम्बन्धित कामबाट रुपैयाँ पैसा कमाउन सकिनेछ। मायाप्रेमको डोरो कसिलो भएर जानेछ भने जीवनसाथीको सहयोगले उपलब्धिमूलक काम गर्न सकिनेछ। पैतृक धन तथा सम्पत्तिको प्रयोगमार्फत आम्दानी बढाउन सकिनेछ।
  • मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा): पैतृक सम्पत्तिको प्रयोग गरी आर्थिक रूपमा सम्पन्न हुने योग रहेको छ। नयाँ काम पाउने तथा नोकरीमा उच्च पद प्राप्तिको गतिलो सम्भावना छ। लक्ष्य प्राप्तिका लागि चालिने पाइलाहरू सकारात्मक दिशामा अगाडि बढ्नेछन्। पढाइलेखाइमा अरूभन्दा एक कदम अगाडि नतिजा ल्याउन सकिनेछ। प्रेममा नजिक हुने समय छ। व्यापार तथा सेयर बजारमा आज गरिने लगानीबाट नाफा कमाउन सकिनेछ।
  • कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो): खोज तथा अनुसन्धानको क्षेत्रमा सकारात्मक उपलब्धि हासिल हुनेछ। पढाइलेखाइकै सिलसिलामा लामो तथा छोटो दूरीको यात्रा हुनेछ। स्वास्थ्य सबल हुनाले पुरुषार्थी काम गरी आम्दानी बढाउन सकिनेछ। मायाप्रेमको डोरो कसिलो भएर जाने तथा पतिपत्नीबीच अझ विश्वास बढेर जानेछ। सेयर बजार, खाद्यान्न तथा निर्माण सामग्रीको लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ। छोटो दूरीको धार्मिक यात्राको योग रहेको छ।
  • सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे): व्यापार व्यवसायमा लगानी गर्नका लागि केही समय कुर्नु नै उत्तम हुनेछ। काम गर्दा ध्यान दिनुहोला, ऋण तथा सङ्कटको सामना गर्नुपर्ने हुनसक्छ। मन परेको मानिस टाढिने हुँदा मन खिन्न हुनेछ। आफन्त तथा दिदीबहिनीसँग मनमुटाव सिर्जना हुने योग रहेको छ। पढाइलेखाइमा कडा मेहनत गर्दा मात्र नतिजा हात पार्न सकिनेछ। भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला।
  • कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो): आफन्त तथा प्रियजनसँगको भेटघाटले दिन रमाइलोसँग बिताउन सकिनेछ। मायाप्रेममा नजिक हुन सकिने तथा जीवनसाथीको सहयोगले राम्रा कामहरू हुनेछन्। व्यापार तथा वित्तीय बजारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ। आफ्नै मेहनतले जीवनशैलीमा उल्लेख्य परिवर्तन गर्न सकिनेछ। सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरी आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ।
  • तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते): पुराना विवादहरू साम्य हुनेछन् भने न्यायिक निर्णय तपाईंकै पक्षमा फैसला हुनेछ। पढाइलेखाइमा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै उत्कृष्ट नतिजा तपाईंको हातमा पर्नेछ। मायाप्रेमका कोपिलाहरू फक्रनेछन् भने पतिपत्नीको सहयोगले उपलब्धिमूलक कामहरू गर्न सकिनेछ। ऋण, रोग तथा सङ्कटको सामना गर्ने शक्ति जुटाउन सकिनेछ। व्यापार, सेयर बजार तथा उत्पादनमुखी व्यवसायबाट लाभ लिन सकिनेछ।
  • वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू): अध्ययनमा मन जाने तथा अध्ययनकै सवालमा लामो दूरीको यात्रा तय गर्न सकिनेछ। घरायसी प्रयोजनका लागि भोगविलासका सामानहरूको खरिद गर्ने समय रहेको छ। खाद्यान्न, निर्माण सामग्री तथा औषधिजन्य सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ। उपहारका रूपमा विलासी वस्तु हातलागी हुनेछ। प्रेम सम्बन्ध सुदृढ हुने तथा छुट्टिएका सम्बन्ध पुनः सुचारु हुने योग रहेको छ।
  • धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे): मायाप्रेममा अविश्वास सिर्जना हुनेछ भने घरपरिवारमा आमासँग मनमुटाव उत्पन्न हुनेछ। समाजसेवामा नाम कमाउन अलि बढी नै सङ्घर्ष गर्नुपर्नेछ। आफन्त तथा इष्टमित्रसँग टाढिएर लामो यात्रा गर्नुपर्दा मनमा बेचैनी बढ्नेछ। तर पनि कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरूले भनेजस्तो आम्दानी गर्न सक्नेछन्। बैंक तथा वित्तीय क्षेत्रमा गरेको लगानीबाट नाफा कमाउन सकिनेछ।
  • मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी): व्यापार, सेयर बजार तथा उद्योगमा थोरै समय दिए पनि मनग्गे आम्दानी गर्न सकिनेछ। यात्रा तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ। विवादित विषयहरू हल भएर जानेछन् भने न्यायिक निर्णयहरू तपाईंकै पक्षमा आउनेछन्। अध्ययन अध्यापनमा मन जाने हुनाले अरूभन्दा उत्कृष्ट नतिजा हासिल गर्न सकिनेछ। मन परेको मानिससँग छोटो तथा रमाइलो यात्राको तय गर्न सकिने तथा स्वादिष्ट भोजनमा रमाउन सकिनेछ।
  • कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा): कुटुम्ब तथा वाणीभावमा गोचर गर्ने चन्द्रमाले कुटुम्बसँगको बिग्रेको सम्बन्ध सुधार गर्न सकिनेछ। बोलीको माध्यमबाट राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ। व्यवसाय फस्टाएर जानेछ भने आम्दानी बढ्ने तथा उठ्नुपर्ने रकम हातलागी हुनेछ। शुभ तथा माङ्गलिक कार्यमा सहभागी भई स्वादिष्ट भोजनका साथ रमाइलो वातावरणमा दिन कटाउन सकिनेछ। मायाप्रेममा नजिक हुने समय रहेको छ।
  • मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची): प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जाने तथा दाम्पत्य जीवन सुखी रहनेछ। पढाइलेखाइमा प्रतिस्पर्धीहरूलाई हराउँदै अगाडि बढ्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने चाहेको समयमा कामहरू सम्पन्न हुने हुँदा आफन्तहरू खुसी हुनेछन्। सुन्दर तथा विलासी वस्तुहरूको प्रयोगमार्फत अरूको मन आफूतिर लोभ्याउन सकिनेछ। उत्तम वस्त्र, मनपर्ने भोजन तथा विशेष उपहार प्राप्तिको योग रहेको छ।

तपाईंको दिन शुभ रहोस्!

मधेशभर खाना पकाउने ग्यासको अभाव

मधेश प्रदेशका अधिकांश जिल्लामा खाना पकाउने एलपीजी ग्यास ...

बिहारको राजनीतिमा पीकेको उदय

नयाँदिल्ली — कक्रोच जनता पार्टी (सीपीजे) नेतृत्वक ...

विद्यालयमा विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाइन

राष्ट्रिय बाल अधिकार परिषद्ले विद्यालयमा विद्यार्थीको इ ...

साउन १९ गते मंगलबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १९ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब