असार १ गतेदेखि शैक्षिक क्रियाकलाप सुरु गर्न शिक्षा मन्त्रालयको आग्रह

  • जेठ १८, २०७७ | ३१५ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयले लामो समयदेखि जारी लकडाउनका कारण प्रभावित भएको शैक्षिक क्षतिलाई न्युनिकरण गर्न भन्दै असार १ गतेदेखि शैक्षिक क्रियाकलाप सुरु गर्न आव्हान गरेको छ ।

मन्त्रालयले निर्धारण गरेको “बैकल्पिक प्रणलीबाट बिद्यार्थीको सिकाई सहजीकरण गर्ने सम्बन्धी बनेको निर्देशिका २०७७”अनुसार शैक्षिक क्रियाकलाप सुरु गर्न आग्रह गरेको हो ।

आईतबार एक बिज्ञप्ति जारी गर्दै मन्त्रालयले संघ,प्रदेश,स्थानीय तह तथा सबै सरोकारवाला  निकायसंग सो आव्हान गरको हो । साथै कोरोना महामारीको स्थिती र अवस्था हेरी बिद्यार्थीहरुको पठनपाठनलाई सुचारु गर्ने तथा स्थगन भएका परीक्षाहरु संचालन गर्ने सम्बन्धमा आवश्यक र उपयुक्त निर्णय लिने गरी मन्त्रालय गम्भीर गृहकार्यमा लागिरहेको पनि बिज्ञप्तिमा जनाईएको छ ।

यसैवीच बजेट वक्तव्यको बुँदा नम्बर १६६ बारे मन्त्री पोखरेलले आफ्नो मन्त्रालयले प्रस्ताव नगरेको दावी गरेका छन् । उनले सो भनेका छन्, ‘बजेट वक्तव्यको बुँदा नम्बर १६६ मा उल्लेखित शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्धारा प्रस्ताव नगरिएको भएता पनि सार्वजनिक विद्यालयको सवलीकरण र सुदृढिकरण निम्ती गैरसरकारी क्षेत्र, विकास साझेदारहरुको सहयोग र योगदानलाई पुरक कार्यक्रमका रुप विद्यालयको व्यवस्थापन र स्वामित्व यथावत गरिने गरि परिचालन गरिनेछ ।’ 

मन्त्री पोखरेलले सार्वजनिक शिक्षाको सवलीकरण सबैको साझा दायित्व भएको पनि बताएका छन् ।

तर मन्त्री पोखरेलले नीजि विद्यालयहरुले यही जेठ २१ देखि भर्ना सञ्चालन गर्ने घोषणा गरेपनि मौन समर्थन जनाएका छन् । जबकी विद्यार्थी संगठनले त्यसको विरोध गरिरहेका छन् ।

1_Zg7q7lk9BA 3_Q7SwQnPeLI 2_qOFDGfNwnj 1

सुनसरी घटनाको असर : धनगढीमाई र गोलबजारमा पूर्वपश्च

सिरहा । सिरहाको धनगढीमाई र गोलबजार स्थित पूर्व पश्चिम र ...

गोलबजारमा सुनसरी घटनाको विरोधमा प्रदर्शन

सिरहा।सुनसरीको देवानगञ्ज गाउँपालिका ३, कप्तानगञ्जमा प्र ...

देवानगञ्जमा सुरक्षा व्यवस्था कडा : सद्भाव कायम राख

कोशी प्रदेशको सुनसरीमा दुई समुदायबीच भएको झडपपछ उत्पन्न ...

साउन १२ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १२ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब