लोकसेवा तयारी कक्षाका लागि सरकारले खोल्यो आवेदन, छनोट हुनेले नि:शुल्क पढ्न पाउने

  • मंसिर ८, २०८३ | ५५ पटक पढिएको | सीमा संदेश
alt

सरकारले लोकसेवा तयारी कक्षा नि:शुल्क पढाउनका लागि आवेदन खोलेको छ । राष्ट्रिय युवा परिषद्ले निजामती सेवाको शाखा अधिकृतको प्रथम पत्र र नायव सुब्बा पदको पूर्ण कोर्सका लागि कक्षा सञ्चालनको तयारी गरिरहेको छ । परिषद्ले इच्छुकहरूलाई तयारी कक्षामा सहभागिताका लागि आवेदन फारम भर्न १५ दिनको सूचना जारी गरेको हो ।

सरकारले आवेदन खोलेको उक्त तयारी कक्षा पूर्ण रूपमा नि:शुल्क हुन्छ । आवेदनदेखि कक्षासम्ममा कहीँ पनि कुनै शुल्क नलाग्ने परिषद्ले जनाएको छ । तर, कार्यक्रममा छनोट भएकाहरूले मात्रै कक्षा लिन पाउँछन् । हाल निजी इन्स्टिच्युटहरूले शाखा अधिकृत तयारी कक्षाका लागि कम्तीमा १५ हजार र नासुका लागि १२ हजार रुपैयाँ शुल्क लिँदै आएका छन् । परिषद्बाट छानिएकाहरूलाई पढाउने भने निजी इन्स्टिच्युटले नै हो । परिषद्ले न्यूनतम कबोल गर्ने इन्स्टिच्युट छनोट गरेर कक्षा चलाउन दिन्छ ।

नि:शुल्क अध्ययनका लागि छुट्याइएको कोटा भने न्यून छ । यस वर्ष भौतिक रूपमा एक सयजनालाई नि:शुल्क पढाउने कोटा तोकिएको परिषद्का अधिकारीहरूले बताए । जसभित्र निजामतीसँगै शिक्षक सेवालगायतका पनि पर्छन् । यसमध्ये शाखा अधिकृत र नासुका लागि कति भन्ने सार्वजनिक गरिएको छैन । युवा, श्रम तथा रोजगार मन्त्रालयले भने अनलाइन कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ । गत वर्ष अनलाइनमाध्यमबाट कक्षा सञ्चालन गरेर एक हजार जनालाई नि:शुल्क पढाइएको थियो ।

लोकसेवामा युवाहरूको आकर्षण बढाउन सरकारले यस्तो कार्यक्रम विगत चार वर्षदेखि सञ्चालन गर्दै आएको छ । परिषद्का अनुसार ०८०/८१ देखि यो कार्यक्रम निरन्तर रूपमा चल्दै आएको छ । ‘त्यसैको निरन्तरतास्वरूप यस वर्ष पनि कार्यक्रम अघि बढाइएको हो,’ परिषद्का एक अधिकारीले भने ।

लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने कार्यक्रम परिषद्को चालू आर्थिक वर्ष ०८३/८४ को स्वीकृति वार्षिक कार्यक्रममै समावेश छ । सोही कार्यक्रमअन्तर्गत विशेष प्राथमिकता प्राप्त युवाहरूलाई लोकसेवा आयोगको शाखा अधिकृत र नासुको तयारी कक्षाका लागि परिषद्ले ४ मंसिरमा आह्वान गरेको हो । १८ मंसिरभित्र फारम भरेर परिषद्मा आवेदन पेस गर्न भनिएको छ । उक्त अवधिभित्र प्राप्त आवेदनका आधारमा छनोट गरेर तयारी कक्षामा समावेश गर्ने तयारी परिषद्को छ । आवेदन सबैका लागि खुला गरिएको छ ।

हालका लागि पहिलो चरणमा निजामती सेवाका लागि तयारी कक्षा सञ्चालनको प्रक्रिया अघि बढेको छ । लगत्तै शिक्षक सेवा आयोगको तयारी कक्षाको तयारी पनि अघि बढाउने परिषद्ले जनाएको छ ।

वार्षिक १०० विद्यार्थीलाई भौतिक कक्षा, अनलाइन कक्षा चलाउन मन्त्रालयको निर्देशन
लोकसेवा तयारी कक्षा परिषद् स्वयंले भने चलाउँदैन । तयारी कक्षा चलाउनका लागि निजी ‘इन्स्टिच्युट’हरूबाट सार्वजनिक खरिद कानुन र प्रक्रियाबमोजिम खुला आह्वान गर्ने तयारी छ । तयारी कक्षा चलाउन न्यूनतम कबोल गर्ने इन्स्टिच्युटलाई छनोट गरेर सम्झौता गरिने परिषद्को भनाइ छ । गत वर्ष पनि यही विधिबाट तयारी कक्षा चलाइएको थियो । तयारी कक्षामा सहभागिताका लागि सूचना आह्वान तथा छनोट, इन्स्टिच्युट छनोटको खरिद प्रक्रिया सबै टुंग्याएर मध्यपुस या माघदेखि कक्षाहरू चलाउने तयारीमा परिषद् छ । युवा, श्रम तथा रोजगार मन्त्रालयले भने अनलाइन कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ । गत वर्ष अनलाइनमाध्यमबाट कक्षा सञ्चालन गरेर एक हजारजनालाई निःशुल्क पढाइएको थियो ।

चालू वर्षमा लोकसेवा तयारी कक्षाका लागि १३ लाख ५० हजार रुपैयाँ बजेट छुट्याइएको छ । उक्त बजेटसीमाभित्र लोकसेवा र शिक्षक सेवा दुवैको तयारी कक्षा सञ्चालन हुन्छ । परिषद्ले तयारी कक्षा चलाउँदै आए पनि यो कति प्रभावकारी छ भन्नेबारे भने मूल्यांकन भएको छैन । सम्भवतः अर्को वर्ष यसको मूल्यांकन गर्ने सोचमा परिषद् रहेको अधिकारीहरूले बताएका छन् ।

कमलामा अद्भूत देव मेला : धर्मसंस्कृतिप्रतिको आस्थ

विज्ञान र प्रविधिको  आधुनिक युगमा भूतप्रेत, धामीझा ...

अयोध्याबाट गुडेको रेल जनकपुर आइपुग्यो

भारतको यूपीस्थित अयोध्याबाट सोमबार दिउँसो छुटेको सरयू क ...

मंसिर ८ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल मंसिर ८ गते । मंगलबार । ...

सिरहाबाट जुवातास खेलिरहेको अवस्थामा एक भारतीयसहित

जुवातास खेलिरहेको अवस्थामा जिल्ला सदरमुकाम सिराहास्थित ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब