सिरहा । सिरहा नगरपालिकाद्धारा सिरहा करागारको कैदीबन्दीहरुलाई पौष्टिक अहार वितरण गरेको छ । सिरहा जिल्ला अधिकारी प्रदिपराज कडेंलको उपस्थितिमा सिरहा नगरपालिका प्रशासकिय प्रमखले अहार सामाग्री हस्तान्त्रण गरेको छ ।
करागारमा कोभिड १९ पोजेटिभहरुलाई पौष्टिक अहार व्यवस्थापनका लागि नगरपालिकाले १ सय ५२ के. जिं स्याउ र आधा के.जि. होरलिस ६०० थान उपलब्ध गराएको छ । हाल सिरहा करागार २ आश्रितसहित कुल ५८७ जना कैदीबन्दी रहेका छन । जस मध्ये ४८५ जना कोरोना संक्रमित भएका छन ।
वर्तमान अवस्थामा सक्रमितहरु पिट दन्दुस्त र कोभिडको कुनै लक्षण नदेखिएको र केही दिनमा पुन : सबैलाई परिक्षण गरिने तयारी भईरहेको जिल्ला अधिकारी कडेंलले बताउनु भयो । हाल अवस्थालाई ध्यानमा राखि आईसुलेश निर्माण कार्य तिब्र गतिमा भईररहेको छ ।
अहिले १ चिकित्वसकसहित १० स्वास्थ्यकर्मी र एम्बुलेशन व्यवस्थान गरी तयार अवस्थामा रहेको छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved