सिरहा । वँल हगर हिल्फे (WHH) र सबल नेपालको संयुक्त साझेदारीमा परियोजना क्षेत्र सिरहा नगरपालिका, कल्याणपुर नगरपालिका र कर्जन्हा नगरपालिकामा सरसफाई स्वच्छताका लागि विश्व शौचालय दिवसको अवसरमा विभिन्न कार्याक्रम आयोजना गरी दिवस मनाईएका छन ।
दिवसको अवसरमा सिरहा नगरपालिका-१० मा सार्वजनिक शौचालय मर्मत गरी वाडलाई हस्तान्त्रण गरेको छ । त्यस्तै वडा नं.-९ मा ह्यण्ड वासिंग स्टेसन, सिराह नगरपालिका-२ शौचालय सरसफाई, कर्जन्हा नगरपालिका-६ मा एक विपन्न घरपरिवारलाई निर्माणका लागि सहयोग, कल्याणपुर नगरपालिका-४ जमुवामा शौचालय मर्मत तथा सरसफाई सम्बन्धि फोटो प्रतियोगिता र अन्य ठाउँहरुमा सरसफाई कार्याक्रम गरी दिवस मनाईएका छन ।
सबल नेपालको परियोजना क्षेत्रमा खाने पनि तथा सरसफाईमा गरीएको व्यवहार परिवर्तन सम्बन्धि क्रियाकलापका कारण आम नगरिकमा सरसफाई प्रति सरकारात्म सोचको विकास भएका छन । सरसफाई प्रति जागरुक भएका कारण कार्याक्रम क्षेत्रका ठाउँहरु पूर्ण सरसफाई तिर उन्मुख भईरहेको छ । यस ठाउँका नागरिकले शौचालय प्रयोग नियमित रुपमै गर्न थालेको परियोजना संयोजक केशबराज पंक्तले बताए ।
सन् २०२० मा विश्वभरी दिगो सरसफाई तथा जलवायु परिवर्तन नाराका साथमा विश्व शौचालय दिवस विभिन्न कार्याक्रमहरु गरी मनाएका छन ।


Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved