सिरहा, २० जेष्ठ । सिरहाको मिर्चैया नगरपालिकाका व्यवसायीहरुले पूर्वपश्चिम महेत्द्र राजमार्ग अवरुद्ध गरेका छन्। तिन दिन देखि दैनिक रुपमा चलिरहेको अरुवद्ध कार्यक्रममा सहभागि भिडले शनिवार मधेश प्रदेश कानून,न्याय तथा प्रदेशसभा ममिला मन्त्री प्रमोद यादब चढेको गाडीलाई तोडफोड गरेको छ । तोडफोडबाट गाडीको सिसा फुटेको छ ।
यसरी गाडी तोडफोड गरी आन्दोलन गर्नु हुदैन् । सडक निर्माणका लागि ठेक्का लागि सकेको छ । निर्माण एकै दिनमा हुन सक्दैन् । तत्काल मर्मत गर्नका लागि शान्ति पूर्ण आन्दोलन गरपनि हुन्छ । हामी पनि जनताका मागका विपक्षमा होइन । तर आन्दोलनलाई उग्र बनाइ जनतालाई समस्या दिनु हुदैन् । आन्दोलनलाई सम्यामित बनाउनु हुनु आन्दोलन पक्षलाई मन्त्रीले अुनरोध गुर्न भयो ।
महेन्द्र राजमार्ग अन्तर्गत मिर्चैया मूख्य बजारक्षेत्रमा वर्षौंदेखि भत्केको सडक व्यस्थित गर्न माँग गर्दै तिन दिन देखि विहान ११ देखि अपरान्ह १ बजेसम्म सडक अवरुद्ध गरिरहेका छन् । बजार क्षेत्रको करिव ३ किमि सडक पछिल्लो ५ वर्षदेखि भत्किने र सधैं धुलो, धुँवा र हिलोबाट पीडित हुँनुपरेको स्थानीय व्यवसायी अशोक साहले गुनासो गरे।
स्थानीय जनता, व्यसायी, बुद्धिजीविहरुले सम्वन्धित निकायलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि वेवास्ता गरेकोले सडक अवरुद्ध गर्न बाध्य भएको व्यवसायी साहले जानकारी दिए।
उनले कञ्चनपुर–कमला सडक निर्माण कम्पनीले तत्काल खाल्डाखुल्डी पुर्ने, धुलो व्यवस्थापनका लागि आवश्यक पानी छर्ने र आन्दोलन तत्कालन तत्कालको लागि स्थगित गर्ने प्रस्ताव गरेपनि स्थानीयले काम हेरेर निर्णय लिने बताए।
स्थानीय व्यसायी हरिकिशोर साहले व्यवसायीहरुले जिल्ला प्रशान कर्यालय, नगरपालिका र निर्माण कक्पनीलाई लिखित तथा मौखिक रुपले धेरैपटक ध्यानाकर्षण गराएपनि वेवास्ता गरेका कारण सडक अवरुद्ध गर्ने अवस्थामा पुगेको बताए।
उनले भने, ‘हामीले पटक–पटक कुरा उठाउँदै आएको भएपनि सरोकारबाला निकायले ध्यान दिएको छैन। त्यसैले हामी सडक अवरुद्ध गर्नुपर्ने अवस्थामा आएका हौं, यसलाई पनि वेवास्ता गरे हामी चरणवद्ध रुपमा समय थप्दै सडक अवरुद्ध गछौं।’
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved