मधेस प्रदेश : सभासदको निर्वाचन क्षेत्र विकास कार्यक्रममा रोक

  • भदौ ८, २०७९ | ४७५ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम । मधेश प्रदेश सरकारले प्रदेश सभासदका लागि विनियोजन गरेको निर्वाचन विकास क्षेत्र कार्यक्रममा रोक लागेको छ ।

प्रत्यक्षतर्फका सभासदहरुलाई जनही ३ करोड र समानुपातिक तर्फका सभासदहरुलाई जनही रु. १ करोड निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि प्रदेश सरकारले विनियोजन गरेको थियो । सभासदहरुको निर्वाचन क्षेत्रका लागि विनियोजित रकमको योजना छनौट लगायतका कामहरु गर्ने गराउने अधिकार समेत सभासदहरुलाई नै दिएको थियो ।

निर्वाचित सभासदले आफ्नो निर्वाचन क्षेत्रमा र समानुपातिक सभासदले चाहेको क्षेत्रमा विकास निर्माणको कार्य गर्ने कार्यविधि बनाइएको छ । सभासदहरुले विकास क्षेत्र कार्यक्रमको बजेटलाई चरम दुरुपयोग गरेको आरोप लाग्दै आएको छ । तर पनि सरकारले बजेट पारित गर्न सभासदहरुलाई सो रकम उपलब्ध गराउदै आएको छ ।

सभासदहरुको निर्वाचन क्षेत्र विकास कार्यक्रम सम्बन्धी एकमुष्ट बजेट रातो पुस्तिकामा उल्लेख रहेको छ । निर्वाचनको तिथि घोषणा भइसकेको अवस्थामा छोटो समयका लागि योजना कार्यान्वयन गर्दा निर्वाचनको निष्पक्षतामाथि प्रश्न उठन सक्ने भएकाले त्यो कार्यक्रम नगर्न नगराउन निर्वाचन आयोगले सरकारलाई पत्र पठाएको छ ।

निर्वाचन विकास क्षेत्र कार्यक्रम नगर्न नगराउन निर्वाचन आयोगबाट सोमवार पत्र आएको मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री रामसरोज यादवले जनाए । ‘निर्वाचन क्षेत्र विकास कार्यक्रम नगर्न र अवण्डा रकम समेत बाँडफाँट नगर्न नगराउन निर्वाचन आयोगले परिपत्र गरेको छ ’ उनले भने, निर्वाचन आयोगले काम नगर्न पत्राचार गरेसँगै ती दुबै कार्यक्रम हुन सक्दैन् ।

आयोगबाट परिपत्र प्राप्त भइसकेकाले निर्वाचन क्षेत्र विकास कार्यक्रम सञ्चालन गर्न नसकिने मन्त्री यादवले बताए । सभासदहरुको कार्यक्रमको इष्टिमेट, बिलभर्पाई फछ्र्यौट लगायतका काम भौतिक पूर्वाधार विकास मन्त्रालयको पूर्वाधार कार्यालयबाट हुने गरेको छ ।तर आयोगले नै रोक लगाइसकेपछि कार्यक्रम अब अगाडि बढन नसक्ने मन्त्री यादवले जनाए । मधेश प्रदेशमा कुल ६४ प्रदेश निर्वाचन क्षेत्र र ४३ समानुपातिक गरी कुल १ सय ७ सभासद रहेका छन् ।त्यस मध्ये हाल १ सय ३ जना सभासदको पद कायम रहेको छ ।

सरकारले विनियोजन गरे अनुसार प्रत्यक्षतर्फका सभासदहरुको १ अर्ब ९२ करोड र समानुपातिक तर्फको ४३ करोड गरी कुल २ अर्ब ३५ करोड रुपैया फ्रिज हुने भएको छ । सभासदले योजना मात्र छनौट गरी कार्यक्रम गर्ने जिम्मेवारी भौतिक पूर्वाधार विकास मन्त्रालयलाई दिएको भए सो रकमको काम हुन सक्थ्यो । तर प्रदेश सरकारले कार्यविधि बनाएर सभासदलाई नै योजना छनौट , उपभोक्ता समिति गठन र योजना कार्यान्वयन समेतको जिम्मेवारी दिएको थियो ।

सभासदहरुले योजना छनौट गरी उपभोक्ता समितिलाई काम दिदा कम्तीमा २० प्रतिशत अग्रिम रकम लिने गरेको आरोप लाग्दै आएको छ ।कतिपयले आप् mनै घरपरिवारका सदस्य र कतिपयले आफ् ना प्रेमिका समेतलाई उपभोक्ता समितिको अध्यक्ष बनाएर रकम कुमल्याउने गरेका थिए ।

निर्वाचन आयोगले बजेट चलाउन रोक लगाएपछि आश्वासन बाँडेका सभासदहरुलाई छाँगाबाट झरे जस्तो भएको लक्ष्मीनिया गाउँपालिका वडा नम्बर ७ का राजनीतिकर्मी देवचन्द्र झाले बताए । गत आर्थिक वर्षमा उपभोक्ता समिति मार्फत काम गरेका कयौं ठेकेदारहरुको भुक्तानी रकम रोकिएको छ । समयमै काम गर्न नसकेको कारण भुक्तानी हुन नसकेको मधेश प्रदेश सरकारका कर्मचारीहरुले बताउने गरेका छन् ।

सभासदहरुले उपभोक्ता समिति गठनगर्दा नै २० प्रतिशत कमिसन लिईसकेकाले समितिका पदाधिकारीहरु मारमा परेका छन् । तर चालु आर्थिक वर्षमा सभासदको ठूलो धनराशी आम्दानी हुने कार्यक्रममा नै निर्वाचन आयोगले रोक लगाएको छ ।

हाल प्रत्यक्ष र समानुपातिकबाट सभासद भएकाहरु मध्ये कयौं दोहरिने संभावना नरहेको विश्लेषकहरुको दाबी छ । जनप्रिय काम गर्न असफल रहेकाले दोह¥याएर चुनाव जित्ने सभासदहरुको संख्या निकै कम हुने उनीहरुको कथन छ ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब