वायु प्रदूषण बढ्दो : प्लाष्टिक, कृषि अवशेष लगायत नजलाउन वातावरण विभागको अनुरोध

  • मंसिर १०, २०८१ | ५९६ पटक पढिएको | सीमा संदेश
alt

देशका विभिन्न ठाउँमा वायु प्रदूषण बढेपछि वातावरण विभागले ठोस तथा प्लास्टिकजन्य फोहर नजलाउन आग्रह गरेको छ ।

विभागले सुचना निकालेर हिउँदयाम लागेपछि वायु प्रदूषण बढ्दै जाने भन्दै त्यस्तो प्रदूषण नियन्त्रणका लागि सावधानी अपनाउन आग्रह गरेको हो । केही हप्तादेखि तराई क्षेत्रलगायत काठमाण्डौ उपत्यकामा वायु प्रदूषण बढेको छ ।

विभागका अनुसार उद्योग कलकारखाना र गाडीबाट निस्कने धुवाँ, वन डढेलो, खुला रुपमा फोहोर तथा कृषिजन्य अवशेष जलाउने, घरबाट निस्कने धुवाँ, सडक तथा निर्माणस्थलबाट उड्ने धुलो लगायतबाट वायु प्रदूषण भएको हो ।

विभागले ठोस तथा प्लास्टिकजन्य फोहर तथा कृषिजन्य अवशेष नजलाउन, गाडीको नियमित मर्मत सम्भार गर्न, उद्योग कलकारखाना तथा भान्छामा स्वच्छ ऊर्जाको प्रयोग गर्न, सडक तथा निर्माण स्थलहरुबाट उड्ने धूवाँ धुलोको यथोचित नियन्त्रण गर्न अनुरोध गरेको छ ।

वायु प्रदूषणले मानव स्वास्थ्यमा नकारात्मक असर पार्छ । विशेष गरी बालबालिका, वृद्धवृद्धा एवम् श्वासप्रश्वास र मुटुका बिरामी, गर्भवती महिलालाई बढी प्रभाव पार्ने भएकाले विशेष सावधानी अपनाउन विभागले अनुरोध गरेको छ ।

विभागले देशभरका स्टेशनहरुमार्फत वायु प्रदूषण मापन गर्दै आएको छ । अहिले काठमाण्डौ उपत्यकामा हावाको गुणस्तर मापन सूचक एक्यूआई एक सय २० आसपासमा रहेको छ । एक्यूआई एक सयभन्दा माथि पुगेपछि संवेदनशील समूहका मानिसको स्वास्थ्यमा जोखिम हुन्छ ।

देउवा पक्षमा मधेशका सांसद शून्य

नेपाली कांग्रेसभित्र पूर्वसभापति शेरबहादुर देउवा र सभाप ...

मिटरब्याजसम्बन्धी नयाँ कानुन बन्दै, पाँच वर्षसम्म

अनुचित लेनदेन (मिटरब्याज) गर्ने तथा त्यससम्बन्धी पैसा उ ...

मंसिर १० गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल मंसिर १० गते । बिहीबार ...

कमलामा देवी मेलामा धामीझाँक्री र श्रद्धालुको घुइँच

मिथिलाको पौराणिक, धार्मिक तथा सांस्कृतिक परम्परासँग जोड ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब