एसइईको नतिजा ७ असारमा नआउने

  • असार ३, २०८२ | ४३५ पटक पढिएको | सीमा संदेश
alt

तथ्यांक अद्यावधिक हुँदै, १५ असारसम्म प्रकाशनको तयारी

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा ७ असारमा सार्वजनिक गर्ने घोषणा गरेको भए पनि असम्भव भएको छ । बोर्डका अनुसार तोकिएको मितिभन्दा अझै एक सातापछाडि अर्थात् १५ असारसम्म नतिजा प्रकाशन भैसक्नेछ । यस वर्ष बोर्डले पहिलोपटक परीक्षाअघि नै नतिजा प्रकाशनको मिति सार्वजनिक गरेको थियो ।

महाश्रम शर्मा अध्यक्ष, राष्ट्रिय परीक्षा बोर्ड
घोषित मितिमा नतिजा आउन सक्दैन । किनभने शिक्षक आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षण ढिलो सुरु भयो, जसको असर नतिजा प्रकाशनमा परेको छ ।

वैशाख महिनामा झन्डै एक महिनासम्म चलेको शिक्षक आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षण ढिलो सुरु भएकाले नतिजा समयमा आउन नसक्ने स्थिति बनेको बोर्ड अध्यक्ष महाश्रम शर्माले बताए । ‘घोषित मितिमा नतिजा आउन सक्दैन,’ अध्यक्ष शर्माले भने, ‘किनभने शिक्षक आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षण ढिलो सुरु भयो, जसको असर नतिजा प्रकाशनमा परेको छ ।’

उनका अनुसार अहिले पनि विभिन्न प्रदेशबाट प्राप्त उत्तरपुस्तिकाको तथ्यांक अध्यावधिक गर्ने काम बाँकी रहेकाले नतिजा प्रकाशित गर्न अझै केही समय लाग्नेछ । ‘परीक्षण सकिए पनि अन्य थुप्रै प्रक्रिया र प्राविधिक काम हुन्छन् । हाल तथ्यांक अध्यावधिक गर्ने काम जारी छ,’ उनले भने, ‘करिब एक महिनाअघि नै कापी परीक्षण सकिए पनि त्यसलाई प्रोसेसिङ गर्ने, डेटा इन्ट्री गर्ने कार्यमा समय लागेको छ ।’ उनका अनुसार अध्यावधिक गर्दा ३६ लाखवटा तथ्यांक राख्नुपर्ने हुन्छ । अझ त्यसलाई प्रमाणीकरण गर्दा दोहोर्‍याउनुपर्छ । सोही कारण अध्यावधिकको काममा समय लाग्ने शर्माले बताए । 

गत ७ चैत्रदेखि सुरु भएको एसइई परीक्षामा पाँच लाख १४ हजार ७१ विद्यार्थी सहभागी भएका थिए । देशभरका दुई हजार ८० केन्द्रमा परीक्षा सञ्चालन भएको थियो । यसपटक परीक्षा व्यवस्थित बनाउन प्रत्येक केन्द्रमा २५० विद्यार्थी राखिएकोसमेत थियो । 

परीक्षा केन्द्रमध्ये एउटा जापानमा र दुईवटा कारागार (केन्द्रीय कारागार र दैलेख कारागार)बाट सञ्चालन भएको थियो । ती सबै केन्द्रको नजिता एकैपटक आउनेछ । 

एसइई तथा कक्षा १२ को परीक्षाको नतिजा बोर्डले समयमै नतिजा समयमै सार्वजनिक नगर्दा विद्यार्थीहरू अन्योलता हुने गरेको छ । यसपटकदेखि अन्योलता हटाउने घोषणा गरिए पनि व्यवहारमा लागू हुन सकेन । 

गोलबाजरका स्थानीय धुँवा धुलोले आक्रान्त

गोलबजार । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको ...

संकटमा मधेश सरकार

केन्द्र राजनीतिमा आएको उतार चढावले कांग्रेस नेतृत्वका म ...

सुनसरीमा डीजे बाजाको विवाद हिंसामा परिणत हुँदा एकक

बोलबम यात्राका लागि निस्किएका युवाले डीजे बाजा बजाएको व ...

साउन ११ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन ११ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब