नवराजपुर गाउँपालिकाको विकास बजेट कार्यान्वयनमा रोक

  • साउन २३, २०८३ | ८९ पटक पढिएको | सीमा संदेश
alt

सिरहाको नवराजपुर गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि गाउँसभाबाट पारित गरेको भनिएको बजेट कानुनी विवादमा परेको छ। गाउँपालिकाकी उपाध्यक्ष पुनम कुमारी यादवसहित केही जनप्रतिनिधिले गाउँसभा कानुनसम्मत रूपमा सञ्चालन नभएको दाबी गर्दै उच्च अदालत जनकपुर–राजविराज इजलासमा रिट दायर गरेका थिए।

उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै उच्च अदालतले २०८३ साउन १३ गते गाउँसभाबाट पारित भएका निर्णयहरूमध्ये तलब–भत्ता, भैपरी आउने खर्च तथा अन्य अनिवार्य दायित्वसँग सम्बन्धित खर्चबाहेकका बजेट विनियोजन लगायतका सबै निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। शुक्रवार भएको सुनुवाइपछि अदालतले उक्त आदेशलाई निरन्तरता दिएको छ। अदालतको आदेशसँगै गाउँपालिकाले तलब–भत्ता र अनिवार्य दायित्वका खर्चबाहेक अन्य विकास निर्माण तथा बजेटसँग सम्बन्धित कार्यक्रम कार्यान्वयन गर्न नपाउने भएको छ।

अब गाउँपालिकाले अदालतसमक्ष गाउँसभा कानुनअनुसार विधिसम्मत रूपमा सम्पन्न भएको पुष्टि गर्ने आधार, प्रमाण तथा आवश्यक कागजात पेश गर्नुपर्नेछ। त्यसपछि अदालतले दुवै पक्षको बहस र प्रमाणका आधारमा अन्तिम निर्णय गर्नेछ। यदि अदालतले गाउँसभा कानुनसम्मत नभएको ठहर गरेमा गाउँसभाबाट पारित भएका निर्णयहरू अमान्य हुन सक्नेछन्। त्यसको विपरीत गाउँपालिकाले आफ्नो दाबी प्रमाणित गर्न सके गाउँसभाले कानुनी मान्यता पाउनेछ र रोकिएका बजेट तथा योजनाको कार्यान्वयनको बाटो खुल्नेछ। हालका लागि अदालतको आदेशअनुसार तलब–भत्ता, भैपरी आउने खर्च तथा अन्य अनिवार्य दायित्वका खर्च बाहेकका सबै विकास बजेट र योजनाहरू रोकिएका छन्।

 

मुक्त हरवा चरवाद्वारा मधेश भवन घेराउ

मुक्त हरवा चरवाका समस्या समाधान र आफूहरूले उठाउँदै आएका ...

मधेशमा जापानीज इन्सेफ्लाइटिसबाट ६ जनाको मृत्यु

देशव्यापी बन्दै गएको प्राणघातक रोग जापानीज इन्सेफ्लाइटि ...

भदौ १० गते बुधबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल भाद्र १० गते । बुधबार । ईश्वी सन् २०२६ अ ...

रेखा थापाको 'माया भनेकै यस्तो होला'ले ल्यायो तीज ग

रेखा थापा निर्देशित फिल्म 'माया भनेकै यस्तो होला'मा समा ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब