भगवानपुरमा युवाको प्रदर्शन

  • भदौ ९, २०८३ | ४८ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित बलान खोला हुँदै भारततर्फ तस्करी भइरहेका गाई पक्राउ गरी ठाडी भन्सार कार्यालय बुझाउन गएका स्थानीय युवाहरूमाथि प्रहरीले लाठीचार्ज गरेको छ ।

युवाहरूले कानुनी प्रक्रियाका लागि बुझाउन गएका गाई बुझ्नु सट्टा विभिन्न बहाना देखाइ आफूहरूमाथि सुरक्षाकर्मीले लाठीचार्ज गरेको आरोप लगाएका छन् । यता युवाहरूमाथि प्रहरीले गरेको लाठीचार्ज विरोधमा भगवानपुरमा प्रदर्शन गरिएको छ।

प्रदर्शनकारीका अनुसार केही दिनअघि बलान खोला हुँदै गाई तस्करीमा संलग्न तीन जना भारतीय नागरिक र एक नेपाली नागरिक गरी चार जनालाई नियन्त्रणमा लिइएको थियो ।

उनीहरूलाई गाईसहित आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रयास गर्दा स्थानीय युवामाथि प्रहरीले कुटपिट गरेको प्रदर्शनकारीको भनाइ छ।
 
यसअघि शनिबार पनि गाई ओसारपसारको विरोधमा हिन्दु युवा समूहले हुलाकी सडकमा प्रदर्शन गरेका थिए । प्रदर्शनकारीहरूले राष्ट्रिय जनावर गाईको अवैध ओसारपसार रोक्न तथा घटनामा संलग्न भएको आरोप लागेकामाथि कानुनी कारबाही गर्न माग गरेका थिए ।

यता प्रदर्शनकारीका अनुसार सोमबार गाईसहित नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई ठाडी भन्सार कार्यालयमा बुझाउन लगिएको थियो ।

भन्सार कार्यालयमा मुद्दा प्रक्रिया अघि बढेपछि गाई तथा नियन्त्रणमा लिइएका व्यक्तिहरू छुट्नसक्ने बताइएपछि स्थानीय युवाले असन्तुष्टि जनाएका थिए ।

त्यस क्रममा सशस्त्र प्रहरीका सईको नेतृत्वमा खटिएको टोलीले आफूहरूमाथि लाठीचार्ज गरेको प्रदर्शनकारीहरूले आरोप लगाएका छन्। नेपाल प्रहरीका सुरक्षाकर्मीले समेत लाठीचार्ज गरेको उनीहरूको दाबी छ।

यसअघि शनिबारको प्रदर्शनका क्रममा इलाका प्रहरी कार्यालय लहानका डिएसपीको नेतृत्वमा पुगेको प्रहरी टोलीले प्रदर्शनकारीलाई सम्झाई बुझाइ गर्दै आवश्यक कारबाही हुने आश्वासन दिएको प्रदर्शनकारीहरूले बताएका छन्।

प्रदर्शनकारीहरूले यसअघि जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुखलाई समेत घटनाबारे जानकारी गराएको बताएका छन्। उनीहरूका अनुसार जिल्ला प्रहरी प्रमुखले गाई ओसारपसारमा संलग्न भएको आरोप लागेकामाथि कानुनी कारबाही हुने आश्वासन दिएका थिए।

तर, कारबाहीको माग गर्दै अघि बढेका आफूहरूमाथि नै लाठीचार्ज भएको आरोप लगाएपछि युवाहरू आक्रोशित बनेका हुन्। लाठीचार्जपछि भगवानपुर चोकमा भेला भएर विरोध प्रदर्शनमा उत्रिएका थिए।

प्रदर्शनमा सहभागीहरूले ‘गाई माता हाम्रो राष्ट्रिय जनावर हुन्, रक्षा गरौँ’, ‘गाई ओसारपसारमा संलग्नलाई कडा कारबाही गर सरकार’ र ‘प्रहरी दमन बन्द गर सरकार’ लगायतका नारा लगाएका थिए।

प्रदर्शनकारी अरुण यादवले गाई ओसारपसार भइरहेको विषयमा आफूहरूले पटक–पटक प्रहरीलाई जानकारी गराउँदै आए पनि प्रभावकारी नियन्त्रण नभएपछि सडकमा उत्रिनुपरेको बताए।

‘हामीले गाई ओसारपसार भइरहेको विषयमा पटक–पटक प्रहरीलाई जानकारी गराएका थियौँ। कारबाही गर्ने आश्वासन पनि पाएका थियौँ । तर, गाई बुझाउन जाँदा उल्टै हामीमाथि लाठीचार्ज गरियो’, यादवले भने ।

यस्तै, प्रदर्शनकारी अजय यादवले गाईको वास्तविक मालिकको पहिचान गरी सार्वजनिक गर्नुपर्ने माग गरे। उनले गाई ओसारपसारमा संलग्न भएको आरोप लागेकामाथि निष्पक्ष छानबिन गरी कानुनी कारबाही गर्नुपर्ने बताए।

प्रदर्शनकारीहरूले सीमा क्षेत्रमा हुने अवैध पशु ओसारपसार नियन्त्रण गर्न, सुरक्षाकर्मीको निगरानी प्रभावकारी बनाउन तथा आफूहरूमाथि भएको लाठीचार्जको समेत छानबिन गर्न माग गरेका छन् ।

प्रदर्शनका कारण भगवानपुर चोक आसपासको हुलाकी सडक खण्डमा केही समय सवारी आवागमनसमेत प्रभावित भएको थियो । प्रदर्शनकारीहरूले गाई राष्ट्रिय जनावर भएकाले तस्करीमा संलग्नमाथि कडा कानुनी कारबाही हुनुपर्ने माग गरेका छन् ।

रेखा थापाको 'माया भनेकै यस्तो होला'ले ल्यायो तीज ग

रेखा थापा निर्देशित फिल्म 'माया भनेकै यस्तो होला'मा समा ...

लहान नगरपालिकाले नयाँ बजारको घर टहरा भत्कायो

सिरहाको लहान नगरपालिकाले नयाँ बजारमा रहेका घर–टहर ...

बलात्कार मेडिकल रिपोर्ट मुद्दामा डा. सिंह र गोइतला

यौनजन्य अपराध बलात्कार सम्बन्धी घटनामा स्वास्थ्य परिक्ष ...

मधेशमा ३३१ बालिका बलात्कृत

मधेश प्रदेशको बारा जिल्लाको जीतपुर सिमराकी बालिका गरिमा ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब