भदौ ३१ गते बुधबार,यस्तो छ तपाईं को राशिफल

  • भदौ ३१, २०८३ | ४७ पटक पढिएको | सीमा संदेश
alt

आजको पञ्चाङ्ग

वि.सं. २०८३ साल भाद्र ३१ गते, बुधबार। ईश्वी सन् २०२६ सेप्टेम्बर १६ तारिख। नेपाल संवत् ११४६। रौद्र संवत्सर। दक्षिणायन। वर्षा ऋतु। श्रीशाके १९४८। भाद्र शुक्लपक्ष। तिथि– पञ्चमी, बिहान ८ बजेर ५७ मिनेट उप्रान्त षष्ठी। नक्षत्र– विशाखा, बेलुकी ६ बजेर ३१ मिनेट उप्रान्त अनुराधा।

योग– वैधृति, दिउँसो २ बजेर ३९ मिनेट उप्रान्त विष्कुम्भ। करण– बालव, बिहान ८ बजेर ५७ मिनेट उप्रान्त कौलव, बेलुकी ९ बजेर ३८ मिनेट उप्रान्त तैतिल। आनन्दादिमा– धाता योग। चन्द्रराशि– तुला, मध्याह्न १२ बजेर २ मिनेट उप्रान्त वृश्चिक।

काठमाडौंमा सूर्योदय बिहान ५ बजेर ४९ मिनेटमा। सूर्यास्त बेलुकी ६ बजेर ७ मिनेटमा। दिनमान ३० घडी ४६ पला।

आजको बार बेला

  • बिहान ५:४९ बजेसम्म ‘लाभ’ बेला।
  • बिहान ५:५० देखि बिहान ७:२२ बजेसम्म ‘अमृत’ बेला।
  • बिहान ७:२३ देखि बिहान ८:५४ बजेसम्म ‘काल’ बेला।
  • बिहान ८:५५ देखि बिहान १०:२६ बजेसम्म ‘शुभ’ बेला।
  • बिहान १०:२७ देखि बिहान ११:५८ बजेसम्म ‘रोग’ बेला।
  • बिहान ११:५९ देखि दिउँसो १:३० बजेसम्म ‘उद्वेग’ बेला।
  • दिउँसो १:३१ देखि दिउँसो ३:०२ बजेसम्म ‘चर’ बेला।
  • दिउँसो ३:०३ देखि बेलुकी ४:३४ बजेसम्म ‘लाभ’ बेला।
  • बेलुकी ४:३५ देखि बेलुकी ७:३४ बजेसम्म ‘उद्वेग’ बेला।

(नोट : शुभ कार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने ‘लाभ’ बेला र ‘अमृत’ बेलाको समय पारेर गर्नुहोला।)

राहुकाल

बिहान ११ बजेर ५७ मिनेटदेखि दिउँसो १ बजेर २९ मिनेटसम्म राहुकाल रहनेछ।

(नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुँदैन भन्ने शास्त्रीय मान्यता रहेको छ।)

ब्रह्म मुहूर्त

बिहान ४ बजेर १३ मिनेटदेखि बिहान ५ बजेर १ मिनेटसम्म ब्रह्म मुहूर्त रहनेछ।

आजको राशिफल

  • मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ) : नसोचेको धन तथा सम्पत्ति हातलागी हुने योग छ। अग्रज, आफन्त तथा दिदीबहिनीबाट आर्थिक सहयोग पाइनेछ। खोजमूलक क्षेत्रमा चासो बढ्नेछ भने लामो समयदेखि रोकिएको काम बन्नेछ। पढाइलेखाइकै सवालमा देशविदेशको यात्रा हुन सक्छ। मन्दिर तथा धार्मिक स्थलको यात्रा गरी पुण्य आर्जन गर्न सकिनेछ। दुःखीहरूको सेवामा समय खर्च हुने योग छ।
  • वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो) : अध्ययनमा मन जानेछ र भनेजस्तो नतिजा हात पार्न सकिनेछ। आफन्त तथा मावली पक्षबाट आर्थिक सहयोग पाइनेछ। नोकरीमा हुने प्रतिस्पर्धामा तपाईंको नाम अग्र स्थानमा आउनेछ। मध्याह्नपछि समय मध्यम रहेकाले विलासी सामान वा भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला। व्यापारमा मन्दी आउने तथा घाटा लाग्ने योग छ। मायाप्रेममा रमाउन चाहनेहरूका लागि समय मध्यम छ।
  • मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा) : समय राम्रो रहेकाले मन परेको मान्छेबाट भौतिक सम्पत्ति तथा उपहार प्राप्तिको योग छ। छुटिएका प्रेम सम्बन्धहरू पुनः जोडिनेछन्। भौतिक तथा विलासी वस्तुको व्यापारव्यवसाय फस्टाएर जानेछ। पढाइलेखाइमा भनेजस्तो नतिजा ल्याउन सकिने हुनाले आफन्त तथा गुरुवर्ग खुसी हुनुहुनेछ। न्यायालयबाट हुने न्यायिक निर्णयहरू तपाईंको पक्षमा आउनेछन्। पुँजी बजार तथा व्यापारबाट नाफा कमाउन सकिनेछ।
  • कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो) : घरजग्गा तथा सवारीसाधनको खरिदबिक्रीबाट लाभ लिन सकिनेछ। वित्तीय क्षेत्र तथा सेयर बजारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ। बौद्धिक तथा प्राविधिक ज्ञानको प्रयोग गरी काम गर्दा आम्दानी बढाउन सकिनेछ। अध्ययनमा अलि चनाखो हुँदा प्रगति गर्न सकिनेछ। मायाप्रेममा सामीप्य बढ्ने तथा प्रेम प्रस्ताव आउनेछ। सन्तान तथा आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ।
  • सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे) : दाजुभाइ तथा अग्रजको सहयोगले राम्रा काम गर्न सकिनेछ। व्यापार, सेयर बजार तथा उद्योगबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ। कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ। स्वास्थ्यको दृष्टिकोणले समय प्रतिकूल रहे पनि राम्रा काम गर्न सकिनेछ। आफन्त तथा आमासँगको सम्बन्ध सुमधुर हुनेछ भने लामो दूरीको यात्राको तय हुनेछ। प्रेममा एकअर्कालाई विश्वास गर्न सकिनेछ तथा प्रेमील यात्राको अवसर जुर्नेछ। धर्म तथा अध्यात्मजस्ता क्षेत्रमा मन जानेछ।
  • कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो) : आफ्नै मिहिनेतले व्यवसायमा फड्को मार्न सकिनेछ। लगनशीलताका साथ गरिने कामको उच्च मूल्याङ्कन हुनेछ। दाजुभाइ तथा छिमेकीसँगको सम्बन्धमा सुधार गर्दै नयाँ कामहरू गर्न सकिनेछ। प्रतिस्पर्धीहरू सहयोगी बन्नेछन् भने कुनै पनि प्रतिस्पर्धामा तपाईंको नाम अग्र स्थानमा आउनेछ। अध्ययन वा कामको सवालमा यात्राको योग छ। प्रविधिको प्रयोगमार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ।
  • तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते) : व्यापारमा लगानी गरी आर्थिक क्षेत्र बलियो बनाउन सकिनेछ। पहिले लगानी गरेको रकम उठ्ने हुनाले मन प्रसन्न हुनेछ। आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तको सहयोगले हरेक क्षेत्रमा प्रगति गर्न सकिनेछ। रमाइलो जमघटमा सामेल भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ। होटल तथा खानपानसम्बन्धी व्यापारबाट लाभ लिन सकिनेछ। प्रयत्न गर्दा आइपर्ने समस्याहरू सहजै समाधान हुनेछन्।
  • वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू) : बिहानको समयमा लामो दूरीको यात्रा तथा विदेशसँग सम्बन्धित कामहरू हुनेछन्। विदेशी सामानको व्यापारव्यवसाय फस्टाएर जानेछ। खानपानमा ध्यान दिनुहोला, स्वास्थ्यमा समस्या आउन सक्छ। मध्याह्नपछि समय राम्रो रहेकाले सामाजिक काम गरी नाम कमाउन सकिनेछ। व्यापार वा सेयर बजारमा नयाँ लगानी थप्न सकिनेछ। इमानदार तथा लगनशील भएर लाग्नाले ठूलो उपलब्धि हासिल गर्न सकिनेछ।
  • धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) : समय राम्रो रहेकाले विदेशी सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ। स्वास्थ्य सामग्री तथा औषधिजन्य व्यापारबाट लाभ लिन सकिनेछ। काम वा अध्ययनको सवालमा लामो दूरीको यात्रा हुने योग छ। विदेशी भाषा तथा परराष्ट्रसम्बन्धी कामबाट मनग्गे आम्दानी हुनेछ। आर्थिक क्षेत्र तथा पुँजी बजारमा लगानी गरी आम्दानी गर्न सकिनेछ। तर पनि गैरन्यायिक काम नगर्नुहोला, दण्ड वा जरिवाना तिर्नुपर्ने हुन सक्छ। मायाप्रेममा अविश्वास बढ्ने योग छ।
  • मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी) : अनलाइन व्यापार तथा सेयर बजारको लगानीबाट आर्थिक अवस्था सुदृढ हुनेछ। सीमित साधनस्रोतको परिचालन गरी असीमित आवश्यकताहरू परिपूर्ति गर्न सकिनेछ। पैतृक धन तथा सम्पत्तिको प्रयोग गरी काम गर्न सकिनेछ। मायाप्रेमको डोरो कसिलो हुनेछ। पढाइलेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ। सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ।
  • कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा) : सामाजिक काम गरी इज्जत र प्रतिष्ठा कमाउन सकिनेछ। व्यवसायमा लगानीका प्रस्ताव आउनेछन्। मनग्गे धन आर्जन गर्न सकिने हुनाले जीवनशैलीमा परिवर्तन आउनेछ। पढाइमा मन जानेछ भने पढाइकै सवालमा लामो दूरीको यात्राको तय हुनेछ। मायाप्रेमको डोरो कसिलो भएर जानेछ। कृषि तथा पशुपालन क्षेत्रमा लगानी बढाई आम्दानी बढाउन सकिनेछ। मन्दिर तथा धार्मिक प्रतिष्ठानको यात्रा गर्न सकिनेछ।
  • मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) : सामाजिक तथा धार्मिक काममा अभिरुचि बढ्नेछ भने धार्मिक प्रतिष्ठान तथा मन्दिरतिरको यात्रा गर्ने अवसर जुर्नेछ। पढाइलेखाइको सिलसिलामा लामो दूरीको यात्रा हुनेछ। भाग्य तथा समयले साथ दिने हुँदा सानो प्रयत्नले ठूला उपलब्धि हासिल हुनेछन्। सरकारी तथा प्रशासनिक क्षेत्रमा तपाईंको सम्मानजनक उपस्थिति रहनेछ। प्रेममा सामीप्य बढ्नेछ। बिहानको समयमा यात्रा गर्दा वा सवारी चलाउँदा ध्यान दिनुहोला।

तपाईंको दिन शुभ रहोस् !

रक्सीको बिल तिर्न नसकेपछि महिलाको कपाल खौरिदिए

थाइल्यान्डको राजधानी बैंककस्थित एक बारबाट अचम्मलाग्दो घ ...

महँगाईविरुद्ध आन्दोलनको घोषणा

मधेश केन्द्रित दलहरुद्वारा गठित अग्रगामी मोर्चाका युवा ...

मधेश प्रदेश सरकार संकटमा

मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा पर ...

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फ

सिरहा । सिरहामा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एउट ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब