मधेश केन्द्रित दलहरुद्वारा गठित अग्रगामी मोर्चाका युवा संगठनले पेट्रोलियम पदार्थसहित अत्यावश्यक वस्तुको महँगाईविरुद्ध आन्दोलनको घोषणा गरेका छन् ।
मोर्चाले मंगलवार एक प्रेस विज्ञप्ति जारी गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिनुपर्ने, अत्यावश्यक वस्तुको सहज आपूर्ति तथा महँगाई निययन्त्रणसहित आपूर्ति व्यवस्थामा देखिएका समस्या समाधान गर्नुपर्ने माग गरेका छ्न । माग सम्बोधन नभए आगामी असोज ६ गते नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गर्ने मोर्चाले विज्ञप्तिमार्फत चेतावनी दिएका छन् । मोर्चाले देशमा बढ् दो मूल्यवृद्धि, कालोबजारी, सरकारी सेवा प्रवाहमा ढिलासुस्ती तथा भ्रष्टाचारप्रति सरकारको ध्यानाकर्षण गराएको छ ।
नागरिकका आधारभूत समस्याप्रति संघ, प्रदेश र स्थानीय सरकार उदासीन बनेको आरोप लगाउँदै मोर्चाले माग पूरा नभए देशव्यापी रूपमा थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ । सरकारी निकायमा बढ्दै गएको भ्रष्टाचार, अनियमितता र प्रशासनिक ढिलासुस्ती अन्त्य गरी पारदर्शिता र सुशासन कायम गर्न पनि मोर्चाले सरकारसँग माग गरेको छ । बजारमा अत्यावश्यक वस्तुको अभाव, कालोबजारी र मूल्यवृद्धि बढिरहेको भन्दै तत्काल प्रभावकारी बजार अनुगमन गरी मूल्य नियन्त्रण गर्न तथा दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति सुनिश्चित गर्न मोर्चाले आग्रह गरेको छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved