बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो डिस्पोज

  • भदौ २९, २०८३ | ४३ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनजिकै धानखेतमा बेवारिसे अवस्थामा फेला परेको सकेट बम नेपाली सेनाले डिस्पोज गरेको छ।

गाउँनजिकैको धानखेतमा पुरानो अवस्थामा सकेट बम फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ घटनास्थल पुगेको प्रहरीले क्षेत्रलाई सुरक्षित राखेको थियो।

त्यसपछि चोहर्वास्थित नन्दाबक्स गणबाट गएको नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त सकेट बमलाई सुरक्षित रूपमा डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी अधिकृत नरेश लिम्बुले जानकारी दिए।
 
प्रहरीका अनुसार उक्त बम तत्कालीन माओवादी द्वन्द्वका क्रममा छुटेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। बम डिस्पोज गरिएपछि स्थानीयमा देखिएको त्राससमेत हटेको प्रहरीले जनाएको छ।

आर्थिक चलखेलमा अस्पतालहरुलाई एकसय शैयाको इजाजत

मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालिन ...

भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या १,३९२ पुग्यो,

 भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान ग ...

भदौ २९ गते सोमबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र २९ गते, सोमबार। ...

प्रधानमन्त्री मोदीको अध्यक्षतामा ब्रिक्स घोषणापत्र

नयाँ दिल्ली। भारतमा जारी १८औँ ब्रिक्स शिखर सम्मेलनको पह ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब