असोज ५ गते सोमबार, यस्तो छ तपाईंलो राशिफल

  • असोज ५, २०८३ | ३१ पटक पढिएको | सीमा संदेश
alt

आजको पञ्चाङ्ग

वि.सं.२०८३ साल असोज ५ गते । सोमबार । इस्वी सन् २०२६ सेप्टेम्बर २१ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४८ । भाद्र शुक्लपक्ष । तिथि–दशमी, बेलुकी ६ बजेर १८ मिनेट उप्रान्त एकादशी । नक्षत्र–उत्तराषाढा, अहोरात्र । योग–शोभन, बेलुकी ५ बजेर २ मिनेट उप्रान्त अतिगण्ड । करण–गर, बेलुकी ६ बजेर १८ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–मृत्य योग । चन्द्रराशि–धनु , बिहान ११ बजे उप्रान्त मकर ।

काठमाडौँमा सूर्योदय बिहान ५ बजेर ५२ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ० मिनेट । दिनमान ३० घडी २१ पला।

आजको बार बेला ।

  • बिहान ५ बजेर ५२ मिनेटसम्म अमृत बेला ।
  • बिहान ५ बजेर ५३ मिनेटदेखि बिहान ७ बजेर २३ मिनेटसम्म काल बेला ।
  • बिहान ७ बजेर २४ मिनेटदेखि बिहान ८ बजेर ५४ मिनेटसम्म शुभ बेला ।
  • बिहान ८ बजेर ५५ मिनेटदेखि बिहान १० बजेर २५ मिनेटसम्म रोग बेला ।
  • बिहान १० बजेर २६ मिनेटदेखि बिहान ११ बजेर ५६ मिनेटसम्म उद्वेग बेला ।
  • बिहान ११ बजेर ५७ मिनेटदेखि दिउँसो १ बजेर २७ मिनेटसम्म चर बेला ।
  • दिउँसो १ बजेर २८ मिनेटदेखि दिउँसो २ बजेर ५८ मिनेटसम्म लाभ बेला ।
  • दिउँसो २ बजेर ५९ मिनेटदेखि बेलुकी ४ बजेर २९ मिनेटसम्म अमृत बेला ।
  • बेलुकी ४ बजेर ३० मिनेटदेखि बेलुकी ७ बजेर २९ मिनेटसम्म चर बेला ।

नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल

बिहान ७ बजेर २२ मिनेटदेखि बिहान ८ बजेर ५३ मिनेटसम्म राहुकाल रहनेछ ।

नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको छ ।

ब्रहा मुहूर्त

बिहान ४ बजेर १६ मिनेटदेखि बिहान ५ बजेर ४ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

आजको राशिफल

  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) भाग्य तथा राज्य भावमा गोचर गर्ने शुभ चन्द्रमाको प्रभावले सामाजिक क्षेत्रमा राम्रा काम गरी नाम कमाउन सकिनेछ । मित्र तथा आफन्तको सहयोग पाइने हुनाले दैनिकी सहज रूपमा बित्नेछ । खानपान, यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । प्रेमील जोडीहरुका लागी समयले साथ दिनेछ । सङ्गीत तथा फिल्मी क्षेत्रमा केही समय व्यातित हुनेछ । नयाँ काम पाइने तथा नोकरीमा पदोन्नतिको गतिलो योग रहेको छ । व्यापार वा वित्तीय क्षेत्रको लगानीबाट लाभ लिन सकिनेछ।
  • वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) बिहानको समय मध्यम रहेकोले स्वास्थ्यमा समस्या आई सुरु गरेका कामहरू सम्पादन गर्न सकिने अवस्था रहने छैन । सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । मध्यान्हबाट समय राम्रो रहेकोले आफन्त तथा अग्रजहरूको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । नयाँ काम पाउने तथा सुगम स्थानमा स्थानान्तरणको बलियो सम्भावना रहेको छ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । धार्मिक पुस्तक अध्ययन गरी बौद्धिक क्षेत्र फराकिलो बनाउन सकिनेछ ।
  • मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बिहानको समय राम्रो रहेकोले व्यापार व्यवसाय फस्टाएर जानेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउन सकिनेछ । आफन्त तथा सहपाठीहरूबाट सुनिने शुभ समाचारले उत्साह जगाउनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । मध्यान्हबाट समय मध्यमय रहेकोले भौतिक सम्पत्ति तथा बिलासी वस्तुका प्रयोग गर्दा ध्यान दिनुहोला । आफन्तबाट नै धोका पाइने योग रहेको छ ।
  • कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अध्ययनमा मन जानेछ भने भनेजस्तो नतिजा हात पार्न सकिनेछ । आफन्त तथा मावली पक्षबाट आर्थिक सहयोग पाइनेछ ।  न्यायिक निर्णय तपाईँ आफ्नै पक्षमा फैसला हुनेछ । निर्माण सामाग्री, खाद्यान्न तथा बिलासी समानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । खानपान, यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । तर पनि भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला । माया प्रेममा रमाउन चाहनेहरूका लागी समय मध्यम रहेको छ ।
  • सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सन्तान तथा आफन्तको साथले राम्रा काम गर्न सकिनेछ । शत्रुले दुःख दिन खोजे पनि अन्ततः उनीहरूलाई परास्त गर्दै अगाडी बढ्न सकिनेछ । आफन्त तथा मावली पक्षबाट सहयोगको अपेक्षा गर्न सकिनेछ । न्यायालयमा हुने सुनुवाइ तपाईँकै पक्षमा हुने हुनाले मन प्रसन्न हुनेछ । पढाइ लेखाइमा प्रतिद्वन्द्विहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । व्यवसायमा प्रशस्त आम्दानी हुने तथा पुराना कारोबारहरूलाई सल्टाउने समय रहेको छ ।
  • कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) बिहानको समय मध्यम रहेकोले स्वास्थ्यमा समस्या देखिन सक्छ । कार्यक्षेत्रमा समर्थन गर्नेभन्दा आलोचना गर्नेहरू सक्रिय हुनेछन् । मध्यान्हबाट समय राम्रो रहेकोले अध्ययनमा मन जानेछ भने अध्ययनकै सिलसिलामा लामो दुरीको यात्रा हुनेछ । व्यापार र वित्तीय क्षेत्रमा लगानी बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ ।
  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) बिहानको समय राम्रो रहेकोले निर्माण सामाग्री तथा दैनिक उपभोग्य सामानमा व्यापारबाट मनग्गे आम्दानी हुनेछ । खेलकुद तथा पराक्रमी क्रियाकलाप भाग लिने अवसर जुर्ने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । मध्यान्हबाट समय मध्यम रहेकोले पढाइमा मन लाग्ने छैन । आफन्त तथा आमासँग टाढिएर यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ । घरजग्गा सम्बन्धी कारोबारमा मन्दी आउनाले आम्दानीमा कमी आउनेछ ।
  • वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) पढाइ लेखाइमा मन जाने हुनाले सफलता हात पार्न सकिनेछ । छोटो दुरीको आन्तरिक यात्राको तय गर्न सकिनेछ । दाजुभाइबाट सहयोग पाइने हुनाले आट तथा साहस गरी लगानी बढाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ । सकारात्मक सोचको माध्ययमबाट रूढिवादी परम्परालाई चिरफार गर्न सकिनेछ । लेखनकलाको माध्यमबाट अन्धविश्वासलाई चिर्दै समाज रूपान्तरण गर्नमा तपाईँको सक्रिय भूमिका रहनेछ ।
  • धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) कार्यक्षेत्रमा तपाईँको बोलीको प्रभावले महत्त्वपूर्ण अर्थ राख्दछ । सामाजिक तथा पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । नातागोताको सहयोगले सुरु गरेको कामहरू स्वतः स्फूर्त रूपमा अगाडी बढ्नेछन् । व्यापारमा लगानी गरी आर्थिक पक्ष सुदृढ बनाउन सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय राम्रो रहेको छ । अध्ययनमा अरूभन्दा एक कदम अगाडी बढी पुरस्कार तथा प्रशंसा पत्र आफूतिर ल्याउन सकिनेछ ।
  • मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बिहानको समय मध्यम रहेकोले अरूको विश्वास गर्नाले धोका पाइनेछ भने आश्वासन बाँड्नेदेखि सजक रहनुहोला । व्यापारमा मन्दी आउनाले अर्थ अभावले सताउनेछ । मध्यान्हबाट राजनीति तथा सामाजिक क्षेत्रमा राम्रो काम गर्न सकिने हुनाले मान सम्मान प्राप्त हुनेछ । व्यापार, उद्योग तथा वित्तीय क्षेत्रमा गरेको लगानीबाट लाभ लिन सकिनेछ ।
  • कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) बिहानको समय उत्तम रहेकोले दैनिक उपभोग्य सामान, निर्माण सामाग्रीको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । प्रविधिको प्रयोग गरी अध्ययनलाई निरन्तरता दिन सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । मध्यान्हबाट साथीभाइ तथा आफन्तहरूको भेटघाटले नयाँ काम गर्ने अवसर आए पनि फाइदाको लागी अलि बढी मेहनत गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्या आउने ग्रहयोग रहेको छ ।
  • मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) प्राकृतिक स्रोत तथा साधनको प्रयोगले आम्दानीमा वृद्धि गर्न सकिनेछ । शिक्षा तथा चेतनामूलक कामहरूबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । अग्रज तथा बुवाबाट गाइडलाइन प्राप्त हुनाले अग्रगामी छला¨ मार्न सकिनेछ । माया प्रेमको बन्धन कसिलो भएर जानेछ । परिवारका इच्छा तथा आकाङ्क्षाहरू पुरा गर्न सकिने हुनाले मन खुसी रहनेछ । अध्ययन वा कामको सिलसिलामा लामो दुरीको यात्रा हुनेछ ।

 तपाईँको दिन शुभ रहोस् ।

अवैध सम्बन्ध राख्ने महिलालाई १०० कोर्राको सजाय, पी

इन्डोनेसियाको एक प्रान्तमा विवाहेतर सम्बन्ध राखेको अभिय ...

सुविधा दिएरै अवकाशको प्रस्ताव

सङ्घीय निजामती सेवा विधेयकको मसौदामा एक पटकका लागि कर्म ...

विद्यार्थीमाथि निर्घात कुटपीट

सिरहाको लहानस्थित एक निजी विद्यालयमा अध्ययनरत विद्यार्थ ...

भोटेकोशी बाढीको कहर : मृतकको संख्या १ हजार ४३६ पुग

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आइतबार बि ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब