असोज १३ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

  • असोज १३, २०८३ | ६३ पटक पढिएको | सीमा संदेश
alt

आजको पञ्चाङ्ग

वि.सं.२०८३ साल असोज १३ गते । मंगलबार । इस्वी सन् २०२६ सेप्टेम्बर २९ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४८ । आश्विन कृष्णपक्ष । तिथि–तृतीया, बेलुकी ६ बजेर ३६ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र–अश्विनी, बिहान ११ बजेर २० मिनेट उप्रान्त भरुणी । योग–व्याघात, बिहान ९ बजेर १९ मिनेट उप्रान्त हर्षण । करण–वणिज, बिहान ७ बजेर २५ मिनेट उप्रान्त भद्रा, बेलुकी ६ बजेर ३६ मिनेट उप्रान्त बव । आनन्दादिमा–अमृत योग । चन्द्रराशि–मेष । तृतीया श्राद्ध ।

काठमाडौँमा सूर्योदय बिहान ५ बजेर ५६ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ५० मिनेट । दिनमान २९ घडी ४८ पला ।

आजको बार बेला ।

  • बिहान ५ बजेर ५६ मिनेटसम्म रोग बेला ।
  • बिहान ५ बजेर ५७ मिनेटदेखि बिहान ७ बजेर २५ मिनेटसम्म उद्वेग बेला ।
  • बिहान ७ बजेर २६ मिनेटदेखि बिहान ८ बजेर ५४ मिनेटसम्म चर बेला ।
  • बिहान ८ बजेर ५५ मिनेटदेखि बिहान १० बजेर २४ मिनेटसम्म लाभ बेला ।
  • बिहान १० बजेर २५ मिनेटदेखि बिहान ११ बजेर ५३ मिनेटसम्म अमृत बेला ।
  • बिहान ११ बजेर ५४ मिनेटदेखि दिउँसो १ बजेर २३ मिनेटसम्म काल बेला ।
  • दिउँसो १ बजेर २४ मिनेटदेखि दिउँसो २ बजेर ५२ मिनेटसम्म शुभ बेला ।
  • दिउँसो २ बजेर ५३ मिनेटदेखि बेलुकी ४ बजेर २२ मिनेटसम्म रोग बेला ।
  • बेलुकी ४ बजेर २३ मिनेटदेखि बेलुकी ७ बजेर २२ मिनेटसम्म काल बेला ।

नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल

दिउँसो २ बजेर ५२ मिनेटदेखि बेलुकी ४ बजेर २१ मिनेटसम्म राहुकाल रहनेछ ।

नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको छ ।

ब्रहा मुहूर्त

बिहान ४ बजेर २० मिनेटदेखि बिहान ५ बजेर ८ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

आजको राशिफल

  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जाने तथा दाम्पत्य जीवन सुखी रहनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरूलाई हराउँदै अगाडी बढ्न सकिनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने चाहेको समयमा कामहरू सम्पन्न हुने हुँदा आफन्तहरू खुसी हुनेछन् । सुन्दर तथा बिलासी वस्तुहरूको प्रयोग मार्फत अरूको मन आफूतिर लोभ्याउन सकिनेछ । उत्तम वस्त्र, मन पर्ने भोजन तथा विशेष उपहार प्राप्तिको योग रहेको छ ।
  • वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आफन्त तथा साथीभाइको सल्लाह मानेर अगाडी बढ्दा गन्तब्य पहिल्याउन सहज हुनेछ । विदेशी सामानको व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । अध्ययनमा मन जाने तथा अध्ययनकै सवालमा लामो दुरीको यात्रा हुनेछ । माया प्रेममा नजिक हुने तथा जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । सामाजिक तथा कल्याणकारी कामबाट नाम कमाउन सकिनेछ । वित्तीय क्षेत्रको लगानीबाट थोरै भए पनि नाम कमाउन सकिनेछ ।
  • मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) व्यापार, उद्योग तथा शेयर बजारमा लगानी गरी आर्थिक क्षेत्र बलियो बनाउन सकिनेछ । लगानीबाट आम्दानी हुनाले मन प्रसन्न हुनेछ । प्राकृतिक स्रोत तथा पैतृक सम्पत्तिको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । रमाइलो जमघट, खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । प्रयत्न गर्दा भैइपरि आउने समस्याहरू सहजै समाधान हुनेछ । घरपरिवारका आवश्यकता पुरा गर्न सकिने तथा बिलासी वस्तु प्राप्तिको योग रहेको छ ।
  • कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) राज्य भावमा गोचर गर्ने शुभ चन्द्रमाले राज्यको मेकानिजम भित्र बसेर गरिने कामबाट मनग्गे फाइदा हुनेछ । कृर्तिमानि काम गरी नाम तथा इज्जत प्रतिष्ठा कमाउन सकिनेछ । नयाँ काम पाउने तथा बढुवा हुने योग रहेको छ । शेयर बजार तथा व्यापारबाट मनग्गे लाभ हुनेछ भने कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । पढाइ लेखाइमा मन जानेछ भने प्रेमको डोरो कसिलो भएर जानेछ ।
  • सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) भाग्य तथा धर्म भावमा गोचर गर्ने चन्द्रमाले सानो प्रयत्नले राम्रा तथा उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । पढाइ लेखाइको लागी समय उत्तम रहेको छ भने खोज तथा अनुसन्धानको क्षेत्रबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । प्रेम सम्बन्ध सकारात्मक बाटोमा बढ्नेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने धार्मिक यात्रा हुने प्रबल सम्भावना रहेको छ । किनमेल तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।  
  • कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) माया प्रेममा नजिक हुन सकिने तथा आफन्तबाट सहयोग हुनेछ । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा नतिजा हात पार्न सकिनेछ । लामो दुरीको यात्राको तय हुनेछ । व्यापारमा बढोत्तरीको योग रहेको छ । नसोचेको धन तथा भौतिक सम्पत्ति प्राप्तिको योग रहेको छ । शेयर बजार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट आम्दानी गर्न सकिनेछ । तर पनि सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । स्वास्थ्य सम्बन्धी समस्या बढ्न सक्छ ।
  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) बिपरित लिङग प्रतिको आकर्षण बढेर जानेछ भने बिलासी वस्तुको प्रयोग मार्फत अरूको ध्यान केन्द्रित गर्न सकिनेछ । बौद्धिकता तथा बिवेकको प्रयोग मार्फत काम गरी मनग्गे आम्दानी गर्न सकिनेछ । प्रेम प्रसङगमा खुलेर रमाउन सकिनेछ भने दाम्पत्य जीवन सुदृढ हुनेछ । साझेदारी व्यवसायबाट मनग्गे धन लाभ हुने तथा पारिवारिक भेटघाटमा मिठो मसिनो भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।
  • बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)  स्रोत साधन जुटाई नयाँ कामको थालनी गर्न सकिनेछ । व्यापार फस्टाएर जाने तथा थप लगानी गर्ने वातावरण बनाउन सकिनेछ ।  प्रतिस्पर्धीलाई किनारा लगाउँदै अधिकार तथा प्रतिष्ठा जोगाउन सफल होइनेछ । पढाइ लेखाइमा गरिएको मेहनतबाट भनेजस्तो प्राप्ताङ्क हात पार्न सकिनेछ । खाद्यान्न, निर्माण सामाग्री, अटो पार्टस् तथा शेयर बजारमा आज गरिने लगानीबाट नाफा कमाउन सकिनेछ ।
  • धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  पढाइ लेखाइमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । शेयर बजार तथा व्यापार व्यवसाय अरू दिन भन्दा सुधार भएर जाने हुनाले दैनिकी सुदृढ हुनेछ । चिट्ठा पर्ने तथा उपहार प्राप्तिको गतिलो योग रहेको छ । माया प्रेममा नजिक हुने तथा मायाको डोरो कसिलो भएर जानेछ । सामाजिक काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । आफन्त तथा छोराछोरीको प्रगतिमा मन प्रसन्न हुनेछ ।
  • मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समय राम्रो रहेकोले अध्ययनमा मन जाने तथा शैक्षिक क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जाने हुनाले आर्थिक रूपमा सम्पन्न हुन सकिनेछ । कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकीकरण गरी भनेजस्तो आम्दानी गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागि समयले साथ दिनेछ भने जीवन साथीको सहयोग रहनेछ ।
  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछन् भने प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । पढाइ लेखाइमा भनेजस्तो प्रगति गर्न सकिनेछ भने खेलकुद वा पराक्रमी क्रियाकलापमा भाग लिई नाम तथा दाम दुवै कमाउन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । उद्योग, शेयर बजार तथा व्यापारको लगानी फस्टाएर जानेछ ।
  • मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने वित्तीय क्षेत्रमा लगानी गर्ने अवसर जुर्नेछ । सापटी लगिएका धन तथा सम्पत्ति फिर्ता हुने योग रहेको छ । अध्ययनमा मन जाने हुनाले नतिजा तपाईँ कै पोल्टोमा पर्नेछ । गीत सङ्गीत तथा मोडलिङ पेसा व्यवसायमा समय खर्चिनेहरूका लागी समय फलदायी रहनेछ । परिवारका साथ मिष्ठान्न भोजन ग्रहण तथा रमाइलो गर्ने अवसर जुर्नेछ ।

तपाईँको दिन शुभ रहोस् ।

प्रमुख प्रशाकीय अधिकृत माग गर्दै नगरपालिकामा तालाब

गत ४५ दिनदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन हुँदा नगरपाल ...

प्रतिबद्धता मूल्य घटाउने, व्यवहारमा भने बढेको बढेक

चामल उद्योगीहरूले १४ दिनपहिले नै सरकारसमक्ष चामलको मूल् ...

सिरहाबाट साढे १६ लाख बराबरको अवैध सामान बरामद

सिरहा । सिरहाका विभिन्न सीमा क्षेत्रबाट सशस्त्र प्रहरील ...

फेसबुकमै निर्वाचित !

देशमा निर्वाचन महुल तातिएको महसुश हुन थालेको छ । यदि फा ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब