अविरल वर्षापछिको बाढीपहिरोमा २१ जनाको मृत्यु, ५ जना बेपत्ता

  • असोज १२, २०८३ | ४० पटक पढिएको | सीमा संदेश
alt

बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण असोज ८ देखि ११ गतेसम्म देशभर भएको भारी तथा अति भारी वर्षापछि आएको बाढी तथा पहिरोका कारण २१ जनाको ज्यान गएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको विज्ञप्तिअनुसार वर्षाजन्य विपदमा परी ५ जना बेपत्ता भएका छन् भने ५ जना घाइते भएका छन्। यस प्राकृतिक विपत्तिबाट ७४७ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।

प्राधिकरणले विपद् प्रतिकार्यका लागि सबै सरकारी संयन्त्रहरू परिचालित गरिएको जनाएको छ। बाढी तथा पहिरोको उच्च जोखिममा परेका प्रभावित जिल्लाहरूबाट करिब २ हजार नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।

उद्धार गरिएका नागरिकका लागि स्थानीय तह र जिल्ला प्रशासन कार्यालयको समन्वयमा आवश्यक राहत तथा बन्दोबस्तीको व्यवस्था मिलाइएको छ।

जाजरकोट, म्याग्दी र बागलुङलगायतका जिल्लामा नेपाली सेना तथा सुरक्षा निकायको हेलिकोप्टर परिचालन गरी बाढी–पहिरोमा फसेका व्यक्तिहरूको उद्धार गरिएको प्राधिकरणले जनाएको छ।

मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा प्राधिकरणले दैनिक तीन पटक अद्यावधिक सूचना र सतर्कता सन्देश जारी गरेको थियो। प्राधिकरणको सिचुएसन रूमबाट असोज ८ गते बिहान ९ देखि ११ गते दिउँसो १ बजेसम्म निरन्तर ७६ घण्टा मौसम अनुगमन, समन्वय तथा सूचना सम्प्रेषण गरिएको थियो।

यस अवधिमा अग्रपङ्क्तिमा खटिने उद्धारकर्मीहरूलाई ५ हजारभन्दा बढी र जल तथा मौसम विज्ञान विभागमार्फत जोखिम क्षेत्रका बासिन्दालाई ८ लाख १४ हजार सतर्कता सम्बन्धी एसएमएस पठाइएको जनाइएको छ।

साथै, देशका विभिन्न भागमा रहेका करिब ९ हजार विदेशी पर्यटक तथा पदयात्रीहरूको सुरक्षालाई ध्यानमा राखी अङ्ग्रेजी भाषामा समेत सतर्कता सूचना जारी गरिएको थियो। जोखिमयुक्त सडकखण्डहरूमा सवारी आवागमन रोक्न निर्देशन दिनुका साथै प्रभावित जिल्लाहरूमा विद्यालय बिदा दिइएको थियो।

विगत ४ दिनको अवधिमा देशभरका १८६ वटा वर्षा मापन केन्द्रहरूमा १०० मिलिमिटरभन्दा बढी वर्षा रेकर्ड भएको छ।

जसमध्ये सबैभन्दा बढी नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को डेडगाउँमा ५४४.२ मि.मी. वर्षा मापन गरिएको छ। त्यसैगरी कास्कीको पञ्चासेमा ५००.२ मि.मी. र तनहुँको अत्रौलीटारमा ४७२ मि.मी. वर्षा रेकर्ड भएको प्राधिकरणको विज्ञप्तिमा उल्लेख छ।

फेसबुकमै निर्वाचित !

देशमा निर्वाचन महुल तातिएको महसुश हुन थालेको छ । यदि फा ...

बजेट कटौतीबीच भीभीआईपीका नाममा साढे ३ करोडको गाडी

मधेश प्रदेश सरकारले खर्च कटौती गर्दै सरकारी सवारीसाधन ख ...

सामाजिक सञ्जालमा गहना र नगद प्रदर्शन गर्ने युट्युब

भारत, तमिलनाडुको कन्याकुमारीकी युट्युबर तथा इन्फ्लुएन्स ...

असोज १२ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज १२ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब