गोलबजार उद्योग व्यापार संघमा महेश साह प्यानलसहित निर्वाचित

  • मंसिर ६, २०८३ | १५५ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सिरहा गोलबजार उद्योग व्यापार संघको निर्वाचनमा महेश साह (कोक्वा) प्यानलसहित निर्वाचित भएका छन् । निर्वाचन मत परिणाम अनुसार प्रतिस्पर्धी राजु गुप्ताको प्यानललाई पछि पार्दै महेश साहको प्यानल सहित निर्वाचित भएको हो । 

अध्यक्ष पदमा साह फराकीलो मतान्तरले विजयी भएका छन्। उनले ७९४ मत प्राप्त गर्दा प्रतिस्पर्धी गुप्तालेले ५४४ मतमात्र प्राप्त गरेका छन् । २५० मतान्तरले विजयी भएका हुन्।

साह समूहका प्रथम–उपाध्यक्ष राम प्रमोद यादवले ७६८ मत प्राप्तगर्दै निर्वाचित हुँदा प्रतिस्पर्धी आनन्द कुमार यादवले ६०६ मत प्राप्त गरेको निर्वाचन अधिकृत सुरेश साहले जानकारी दिए। 

त्यसैगरी,उपाध्यक्ष पदमा मो.सदाब खानले ६८८मतसहित निर्वाचित हुँदा प्रतिस्पर्धी ओमप्रकाश साहले ६८३ मत प्राप्त गरेको छ। 

महासचिवमा अरविन्द कुमार सिंहले ७५६ मतसहित विजयी हुँदा प्रतिस्पर्धी वीरेन्द्र सिंह (बैजु)ले ६२५ मत प्राप्त गरेको छ। कोषाध्यक्षमा कपीलदेव साह ७७२ मतसहित निर्वाचित हुँदा प्रतिस्पर्धी प्रकाश साहको मत ५८९  रहेको छ।

सदस्यहरूमा अमर कुमार मण्डल, संजय साह, वीरेन्द्र कुमार साह, मो. सहबाजुदीन, नागरेश्वर राय, सरोज कुमार साह, मुन्द्रिका कुमारी झा र पिंकी कुमारी मुखिया निर्वाचित भएका छन्। 

साहको प्यानललाई नेकपा, नेकपा एमाले र नेपाली काँग्रेसको एक पक्षसहितका राजनीतिक दलले समर्थन जनाएका थिए। गुप्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार थिए। उनलाई काँग्रेसका एउटा समूहले समर्थन जनाएको थियो। 

शुक्रवार सम्पन्न निर्वाचनमा कुल १४१६ मत पोलिङ्ग भएको थियो। जसमध्ये ८ मत बदर पूर्ण रुपमा बदर भएको छ। गोलबजार उद्योग व्यापार संघमा ककुल १ हजार ६०३ मतदाता रहेको निर्वाचन अधिकृत सुरेश साहले जानकारी दिए। 

पिडीतलाई गालीगलैज गर्ने प्रहरीलाई कारवाही

पिडीतलाई गाली गलौज गर्ने प्रहरी अधिकारीमाथि कारवाही प्र ...

सुदूरपश्चिम बन्यो एनपिएल तेस्रो संस्करण च्याम्पियन

काठमाडाैं- एनपिएलका अघिल्ला दुवै सिजनमा फाइनलमा पराजित ...

स्थानीय र प्रदेश निर्वाचन एकै मितिमा कि अलग–अलग ?

स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकै मितिमा गर्ने कि स ...

मंसिर ६ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल मंसिर ६ गते । आइतबार । ईश्वी सन् २०२६ नो ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब