पिडीतलाई गालीगलैज गर्ने प्रहरीलाई कारवाही

  • मंसिर ६, २०८३ | ७२ पटक पढिएको | सीमा संदेश
alt

पिडीतलाई गाली गलौज गर्ने प्रहरी अधिकारीमाथि कारवाही प्रक्रिया अघि बढाइएको छ । छोरा हराएको जानकारी गराउन फोन गरेका एक प्रहरी हवल्दारमाथि आफूलाई सई बताउँदै गालीगलौज गरेको अडियो सार्वजनिक भएपछि रौतहट प्रहरीले छानबिन तथा कारबाही प्रक्रिया अघि बढाएको हो । जिल्ला प्रहरी कार्यालय रौतहटको सञ्चार शाखामा कार्यरत प्रहरी हवल्दार बुधन महतोमाथि यस्तो आरोप लागेको हो ।

घटनाबारे मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले गम्भीर ध्यानाकर्षण जनाउँदै सत्य तथ्य छानबिन गर्न निर्देशन दिएपछि जिल्ला प्रहरी कार्यालय रौतहटले अनुसन्धान सुरु गरेको छ । सन्तपुर बेसमा कार्यरत प्रहरी हवल्दार सुरेशप्रसाद यादव आफ्नो छोरा सम्पर्कविहीन भएपछि खोजी तथा उद्धारका लागि जिल्ला प्रहरी कार्यालय रौतहटको सञ्चार शाखामा फोन गरेका थिए ।

सोही क्रममा ‘जय नेपाल’ नभनेको भन्दै सञ्चार शाखामा कार्यरत महतोले आफूलाई सई बताउँदै यादवमाथि अपशब्द प्रयोग गरी गालीगलौज गरेको आरोप छ । फोन संवादको अडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरी संगठनभित्रै घटना आलोचित बनेको छ । सार्वजनिक अडियोमा हवल्दार यादवले फोनमा ‘को बोल्नुभयो सर, हवल्दार साहेब कि असई साहेब’ भन्दै परिचय सोधेको सुनिन्छ । त्यसपछि आफूलाई सई बताउने महतोले बोल्ने शैलीप्रति प्रश्न गर्दै झपारेको र आफ्नो दर्जा बताउन नमिल्ने आशयको जवाफ दिएको सुनिन्छ । महतोले सई भएको परिचय दिएपछि यादवले ‘जय नेपाल’ भनेको र छोरा हराएको विषयमा जानकारी गराउन खोज्दा महतोले गालीगलौज गरेको अडियोमा सुनिन्छ ।

छोरा सम्पर्कविहीन भएको संवेदनशील अवस्थामा खोजी तथा उद्धारका लागि फोन गरेका कर्मचारीमाथि नै दुव्र्यवहार भएको आरोप सार्वजनिक भएपछि घटनाले थप चर्चा पाएको छ । अडियो सार्वजनिक भएपछि नेपाल प्रहरी मधेस प्रदेश कार्यालय जनकपुरधामले घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउंदै कारवाही प्रक्रिया अघि बढाइसकिएको बताएका छन । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक -एसएसपी) प्रभुप्रसाद ढकालद्वारा जारी विज्ञप्तिमा मङ्सिर ४ गते जिल्ला प्रहरी कार्यालय रौतहटको सञ्चार शाखामा कार्यरत प्रहरी कर्मचारी र डुमरिया सुरक्षा बेसमा कार्यरत प्रहरी कर्मचारीबिच भएको संवादमा सुनिएको भाषा, शब्द र शैलीप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।

उक्त अडियो प्रकरणमा जोडिएका प्रहरी कर्मचारीलाई यस कार्यालयमा झिकाई सो सम्बन्धमा छानविन समिति समेत गठन गरी दोषी उपर प्रहरी नियमावली, २०७१ -संशोधन सहित) बमोजिम आवश्यक कारवाही गर्ने गरी प्रकृया अगाडी बढाई सकिएको विज्ञप्तिमा भनिएको छ । अडियोमा सुनिएको संवाद प्रहरी आचरण विपरीत रहेको भन्दै घटनाको वास्तविकता र कसको लापरबाही रहेको हो भन्ने विषयमा सत्य तथ्य छानबिन गर्न जिल्ला प्रहरी कार्यालय रौतहटलाई निर्देशन दिइसकिएको एसएसपी ढकालले जनाएको छ । यसअघि जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी लक्ष्मण शाहीले हवल्दार महतोमाथि कारबाही प्रक्रिया अघि बढाइएको बताएका थिए ।

घटनाबारे बुझ्न हवल्दार यादवलाई समेत बोलाइएको उनले जानकारी दिएका थिए । डीएसपी शाहीका अनुसार महतोले गल्ती गरेको भए विभागीय कारबाही अघि बढाउनुपर्ने भए पनि हवल्दार यादवले अडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेको विषय पनि उठेको छ ।

सुदूरपश्चिम बन्यो एनपिएल तेस्रो संस्करण च्याम्पियन

काठमाडाैं- एनपिएलका अघिल्ला दुवै सिजनमा फाइनलमा पराजित ...

गोलबजार उद्योग व्यापार संघमा महेश साह प्यानलसहित न

सिरहा । सिरहा गोलबजार उद्योग व्यापार संघको निर्वाचनमा म ...

स्थानीय र प्रदेश निर्वाचन एकै मितिमा कि अलग–अलग ?

स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकै मितिमा गर्ने कि स ...

मंसिर ६ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल मंसिर ६ गते । आइतबार । ईश्वी सन् २०२६ नो ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब