सुदूरपश्चिम बन्यो एनपिएल तेस्रो संस्करण च्याम्पियन

  • मंसिर ६, २०८३ | ६७ पटक पढिएको | सीमा संदेश
alt

nullकाठमाडाैं- एनपिएलका अघिल्ला दुवै सिजनमा फाइनलमा पराजित सुदूरपश्चिम रोयल्सले तेस्रो प्रयासमा सानदार जित निकालेको छ । पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्ससँग पराजित सुदूरपश्चिमले यसपटक साबिक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले हराउँदै एनपिएल ट्रफी उचालेको हो ।

टस हारेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५६ रनको लक्ष्य दिएकोमा सुदूरपश्चिमले पहिलो ओभरदेखि नै दबदबा बनायो । ओपनर स्कटल्यान्डका जर्ज मुन्सेले छक्का र चौकाको वर्षा गरे । ५४ बलमा अविजित १२५ रन जोडेका उनले १२ छक्का र आठ चौका प्रहार गरेका थिए । १३.३ ओभरमा १५८ रन जुटाउँदै लक्ष्य पूरा गरेको सुदूरपश्चिमका लागि विनोद भण्डारीले ३० बनाए । अतिरिक्तबाट ३ रन प्राप्त भएको थियो । विगतका दुई सिजनमा लगातार उपाधि गुमाएको सुदूरपश्चिमलाई जित दिलाएका मुन्सेले एनपिएलमा व्यक्तिगत सर्वाधिक रन बनाउने कीर्तिमानसमेत राखे । त्यस्तै, एनपिएलमा शतक बनाउने छैटौँ खेलाडी पनि बने ।

सुरुदेखि नै दीपेन्द्रसिंह ऐरीकै कप्तानीमा रहेको सुदूरपश्चिम पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्ससँग पाँच विकेट र दोस्रो संस्करणमा लुम्बिनीसँग ६ विकेटले पराजित भएको थियो ।

सुदूरपश्चिमलाई पहिलो क्वालिफायरमा ६ विकेटले हराउँदै लुम्बिनी सिधै फाइनलमा पुगेको थियो । लुम्बिनी समूह चरणमा सातमध्ये पाँच खेल जित्दै ११ अंकसहित शीर्ष स्थानमा थियो । उसले एक खेल गुमायो भने एक खेल वर्षाका कारण हुन नसकेपछि अंक बाँडिएको थियो । यता पहिलो क्वालिफायरमा चुकेको सुदूरपश्चिम दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई तीन विकेटले हराउँदै उपाधिनजिक पुगेको हो । उसले समूह चरणका सातमध्ये पाँच खेल जित्दै १० अंकसहित दोस्रो स्थान पक्का गरेको थियो ।

एक महिना चलेको एनपिएलमा आठ टिम सहभागी थिए । प्लेअफमा लुम्बिनी र सुदूरपश्चिमसँगै काठमाडौं गोर्खाज र चितवन राइनोज पुगेका थिए । विराटनगर किंग्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्स भने समूह चरणबाटै बाहिरिएका थिए ।

छक्का र चौकाको वर्षा गर्दै मुन्सेको शतकीय इनिङ्स
nullसुदूरपश्चिमका लागि ओपनर मुन्सेले छक्का र चौकाको वर्षा गरे । ५४ बलमा अविजित १२५ रन जोडेका उनले १२ छक्का र आठ चौका प्रहार गरेका थिए । मुन्सेले एनपिएलमा व्यक्तिगत सर्वाधिक रन बनाउने कीर्तिमानसमेत बनाए । त्यस्तै, एनपिएलमा शतक बनाउने छैटौँ खेलाडी पनि बने । अहिलेसम्म सबै शतक विदेशी खेलाडी नै बनाएका छन् । यस सिजनमा चितवनका कमिल मिसारा र पोखराका युवराज साम्राले शतक बनाएका छन् । अहिलेसम्म कर्णालीका मार्क वाट (अविजित ११४), पोखराका एडम रोसिंटन (अविजित १०८), आन्द्रेस गौस (अविजित १०४), युवराजसिंह साम्रा (१०२) र कमिल मिसाराले अविजित ११९ रन बनाएका छन् ।

मुन्सेले अघिल्लो सिजनमा आक्रामक ब्याटिङ गर्दै २८ बलमा पाँच चौका र तीन छक्कासहित अर्धशतक बनाएका थिए । यस सिजनमा तेस्रो खेल खेलेका उनको पहिलो शतक हो । डेब्युमा लुम्बिनीविरुद्ध डकआउट तथा दोस्रो खेलमा चितवनविरुद्ध ८ रन मात्रै जोडेका मुन्सेले सुदूरपश्चिमलाई उपाधि दिलाउन ‘जादु’ चलाए । ११औँ ओभरमा मुन्सेले लुम्बिनीका कप्तान रोहितको बलमा दुई छक्कासहित १८ रन बनाएपछि खेल सुदूरपश्चिमको पक्षमा आइसकेको थियो । ओपनिङ जोडी विनोद भण्डारीसँग मुन्सेले आक्रामक ब्याटिङ गर्दै पावर प्लेमै ६० रन जोडेका थिए ।

लुम्बिनीको ब्याटिङ सोचेजस्तो भएन
nullपहिलो इनिङ्समा लुम्बिनीका लागि दिलीप नाथले सर्वाधिक अविजित ३९ रन बनाएका थिए । उनले ३१ बलमा तीन छक्का हिर्काएका थिए । दिलीप र अमेरिकी २३ वर्षीय अलराउन्डर अली शेखले पाँचौँ विकेटका लागि ३३ रनको साझेदारी गरेका थिए । अलीले १२ बलमा समान दुई चौका र छक्कासहित २४ रन बनाए । यसअघि श्रीलंकन ब्याटर निरोशान डिकवेला र दिलिपले ३४ रनको साझेदारी गरेका थिए ।

कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३० रन बनाए । ३१ बलमा दुई चौका प्रहार गरेका रोहित रन आउट भएका थिए । डिकवेलाले १७ बलमा २८ रन बनाए । १ चौका र २ छक्का हिर्काएका उनलाई श्रीलंकाकै थारिन्दु रत्नायेकेले बोल्ड गरेका हुन् । यसअघि ओपनर डार्सी सर्टले १८ बलमा चार चौकासहित २१ रनको योगदान गरेका थिए ।

अर्का ओपनर आसिफ शेख भने १ रन बनाएर आउट भएका थिए । छैटौं नम्बर क्रिजमा आएका सन्दीप जोरा ४ रनमात्र बनाएर आउट भए ।

सुदूरको लागि स्कट कुगुलेइनले २ तथा हेमन्त धामी, थारिन्दु रात्नायेके र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए । अनिल खरेल र इशान पाण्डे विकेटविहीन भएका थिए । 

एनपिएलका आठै टिमका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला निर्माण गरिने प्रधानमन्त्री शाहको घोषणा
null
एनपिएल विजेता सुदूरपश्चिम रोयल्सलाई बधाई दिँदै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली क्रिकेटको पूर्वाधार विकासका लागि महत्वपूर्ण घोषणा गरेका छन् । उनले एनपिएलको छैटौँ संस्करणदेखि प्रतियोगिता होम एन्ड अवे प्रणालीमा सञ्चालन गर्ने लक्ष्यसहित लिगमा सहभागी आठवटै क्लबका लागि आफ्नै फ्लडलाइटसहितका क्रिकेट रंगशाला निर्माण गरिने बताएका छन् ।

प्रधानमन्त्री शाहले रंगशालाहरू पूर्वाधार विकास मन्त्रालयमार्फत निर्माण गर्ने बताए । धनगढी फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया पहिल्यै अघि बढिसकेको र आगामी तीन महिनाभित्र अन्य सबै रंगशालाको निर्माण प्रक्रिया पनि अगाडि बढाइने उनको भनाइ छ ।

प्रधानमन्त्रीले एनपिएलका आठ टिम र उनीहरूले प्रयोग गर्ने घरेलु मैदानबारे जानकारी पनि गराएका छन् । विराटनगर किंग्सले बैजनाथपुर क्रिकेट रंगशाला, लुम्बिनी लायन्सले सिद्धार्थ क्रिकेट रंगशाला, कर्णाली याक्सले सुर्खेत क्रिकेट रंगशाला, सुदूरपश्चिम रोयल्सले फाप्ला क्रिकेट रंगशाला, काठमाडौं गोर्खाजले कीर्तिपुर क्रिकेट मैदान, पोखरा एभेन्जर्सले पोखरा क्रिकेट रंगशाला, जनकपुर बोल्ट्सले रामजानकी क्रिकेट रंगशाला र चितवन राइनोजले गौतमबुद्ध क्रिकेट रंगशाला प्रयोग गर्नेछन् । 

पिडीतलाई गालीगलैज गर्ने प्रहरीलाई कारवाही

पिडीतलाई गाली गलौज गर्ने प्रहरी अधिकारीमाथि कारवाही प्र ...

गोलबजार उद्योग व्यापार संघमा महेश साह प्यानलसहित न

सिरहा । सिरहा गोलबजार उद्योग व्यापार संघको निर्वाचनमा म ...

स्थानीय र प्रदेश निर्वाचन एकै मितिमा कि अलग–अलग ?

स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकै मितिमा गर्ने कि स ...

मंसिर ६ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल मंसिर ६ गते । आइतबार । ईश्वी सन् २०२६ नो ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब