सामाजिक दुरी पालना नगरेपछि बेलायत सरकारका सल्लाहकारले दिए राजीनामा "२०७७ वैशाख २४ गते "

  • वैशाख २४, २०७७ | २८८ पटक पढिएको |
alt

 बेलायतमा लकडाउन लागु गर्न सिफारिस गर्ने सरकारका प्रमुख सल्लाहकार प्रोफेसर नील फर्ग्युसन स्वयंले सामाजिक दुरी उल्लंघन गरेपछि पदबाट राजीनामा दिएका छन् ।

राजीनामा घोषणा गर्दै प्रोफेसर फर्ग्युसनले भनेका छन्, ‘मबाट गलत भएको कुरा म स्वीकार गर्दछु । त्यसैले मैले पद त्याग गरेको छु । कोरोना महामारीलाई नियन्त्रण गर्न सामाजिक दुरी आवश्यक रहेको स्पष्ट सन्देश दिइएको छ, तर मैले त्यसलाई बेवास्ता गरें । यसबाट मलाई अपसोस छ ।’

लण्डनबाट प्रकाशित हुने डेली टेलिग्राफ पत्रिकाले लेखेको समाचारअनुसार प्रोफेसर फर्ग्युसनले एक जना महिलालाई आफू नजिक आउन दिएका थिए, जुन सामाजिक दुरी कायम गर्ने नियमको उल्लंघन हो ।

प्रोफेसर फर्ग्युसन ‘सेन्टर फर ग्लोबल इन्फेक्सन डिजिज एनालिसिस’को निर्देशन हुन् । यो संस्थाले सरकार र विश्व स्वास्थ्य संगठनलाई अपि|mकामा इबोलादेखि लिएर हालको कोरोना महामारीसम्म सल्लाह दिँदै आएको छ । यही संस्थाले गत जनवरी महिनामा विश्वलाई कोरोनाको महामारी फैलिने चेतावनी सबैभन्दा पहिले दिएको थियो ।

कोरोनाको उदगमस्थल मानिएको चीनको वुहान शहरमा केही दर्जन व्यक्तिहरुलाई कोरोना पुष्टि भएको समाचार आइरहेको बेला यो संस्थाले सयौं व्यक्तिहरु संक्रमित भइसकेको दाबी गरेको थियो ।

त्यतिबेलै प्रोफेसर फर्ग्युसनको टिमको अनुसन्धान रिपोर्टमा तत्काल कुनै कदम नचालिएमा बेलायतमा कोरोनाबाट करिब पाँच लाख जनाको ज्यान जाने निष्कर्ष निकालिएको थियो । उनैको सल्लाहअनुसार बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले २३ मार्चदेखि देशभर लकडाउन घोषणा गरेका थिए । त्यतिबेलादेखि नै नील फर्ग्युसन बेलायतमा ‘प्रोफेसर लकडाउन’को नामले चिनिन्छन् ।

लकडाउन उल्लंघन गरेपछि पद त्याग गर्ने फर्ग्युसन पहिलो विशेषज्ञ भने होइनन् । ६ अपि्रलमा स्कटल्याण्डको मुख्य मेडिकल अफिसर डाक्टर क्याथरिन क्यालडरवुड दुई पटकसम्म आफ्नो दोस्रो घर गएको सामाचार सावर्जनिक भएपछि उनले पनि पदबाट राजीनामा दिएका थिए ।

सुकदेव सिंहले एमाले पार्टी परित्यागको घोषणा

नेकपा एमालेका जिल्ला समिति सदस्य सुकदेव सिंहले पार्टीको ...

फर्जी यौन दुर्व्यवहारको आरोप स्वीकार गरेपछि विवादम

भारतीय टेलिभिजन रियालिटी शो ‘बिग बोस ११’ की ...

भारत भ्रमण सकेर फर्किएका परराष्ट्रमन्त्री खनाल आगा

छिमेकी मुलुक भारतको तीन दिने औपचारिक भ्रमण सम्पन्न गरी ...

रास्वपा सिरहामा नेतृत्वका लागि आजै निर्वाचन प्रक्र

सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिरहाको प् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब