फर्जी यौन दुर्व्यवहारको आरोप स्वीकार गरेपछि विवादमा शिल्पा शिन्दे, पक्राउ गर्न माग

  • जेठ २५, २०८३ | १९२ पटक पढिएको | सीमा संदेश
alt

भारतीय टेलिभिजन रियालिटी शो ‘बिग बोस ११’ की विजेता तथा चर्चित अभिनेत्री शिल्पा शिन्दे आफ्नो पछिल्लो पोडकास्ट अन्तरवार्ताका कारण गम्भीर विवादमा तानिएकी छन्।

अभिनेत्री शिन्देले हास्य कलाकार भारती सिंह र हर्ष लिम्बाचियाको पोडकास्टमा आफूले ‘भाभी जी घर पर हैं’ शोका निर्माता सञ्जय कोहलीविरुद्ध पैसा असुल गर्नका लागि यौन दुर्व्यवहारको झुटा उजुरी दर्ता गराएको स्वीकार गरेकी हुन्।

उक्त पोडकास्ट सार्वजनिक भएसँगै पुरुष अधिकारको क्षेत्रमा कार्यरत एक गैरसरकारी संस्थाले उनीविरुद्ध कानुनी कारबाहीको माग गरेको छ भने बलिउडका कतिपय स्थापित कलाकारहरूले समेत उनको यस कदमको तीव्र आलोचना गरेका छन्।

पुरुष हितका लागि काम गर्ने संस्था ‘एनसीएम इन्डिया काउन्सिल फर मेन्स अफेयर्स’ ले सामाजिक सञ्जालमार्फत मुम्बई पुलिसलाई ट्याग गर्दै निर्मातामाथि झुटा आरोप लगाएको कसुरमा शिल्पा शिन्देलाई तत्काल पक्राउ गर्न माग गरेको छ।

त्यस्तै, बिग बोसमा उनकी सह-प्रतिस्पर्धी रहेकी अभिनेत्री हिना खानले सामाजिक सञ्जालमा आक्रोश पोख्दै महिला हुनुको फाइदा उठाएर कसैको चरित्र हत्या गर्नु र आफ्नो स्वार्थ पूरा गर्नु अत्यन्तै लज्जास्पद भएको बताएकी छन्। उनले ती निर्माता र उनको परिवारले भोगेको मानसिक तनावप्रति सहानुभूति प्रकट गर्दै वास्तविक पीडितहरूका लागि यो कदम घातक हुने उल्लेख गरेकी छन्।

अर्की अभिनेत्री पूजा बेदीले पनि एक अन्तर्वार्ताका क्रममा पीडितको सुरक्षाका लागि बनेका कानुनको व्यक्तिगत फाइदा र बदलाका लागि दुरुपयोग गर्नेहरूलाई कडा सजाय हुनुपर्ने र यसले वास्तविक पीडितमाथिको जनविश्वास घटाउने टिप्पणी गरेकी छन्।

चौतर्फी आलोचना र विवाद बढेपछि अभिनेत्री शिन्देले सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै आफ्नो बचाउ र स्पष्टीकरण दिएकी छन्। आफूलाई कसैको आलोचनाले फरक नपर्ने दाबी गर्दै उनले तत्कालिन समयमा आफू चरम मानसिक तनावमा रहेको र आत्महत्याको स्थितिमा पुगेका कारण त्यस्तो कदम चाल्न बाध्य भएको जिकिर गरेकी छन्।

उनले विगत १० वर्षदेखि आफूले भोगेको पीडा अरू कसैलाई थाहा नभएको र ढिलोचाँडो सत्य बाहिर ल्याउनु नै आफ्नो उद्देश्य रहेको बताएकी छन्। सन् २०१५ मा ‘भाभी जी घर पर हैं’ मा अङ्गूरी भाभीको भूमिकाबाट लोकप्रियता कमाएकी शिन्देले सन् २०१६ मा निर्मातामाथि गम्भीर आरोप लगाउँदै शो छोडेकी थिइन् भने हाल ९ वर्षपछि उनी पुनः सोही शोमा फर्किएकी छन्।

प्रधानमन्त्री मोदीको अध्यक्षतामा ब्रिक्स घोषणापत्र

नयाँ दिल्ली। भारतमा जारी १८औँ ब्रिक्स शिखर सम्मेलनको पह ...

‘मधेश राज्य’का लागि संघर्षको आह्वान : छठपछि सशक्त

९ दलीय सम्मलित गठन गरिएको अग्रगामी मोर्चाले मधेश प्रदेश ...

शिक्षामन्त्री पोखरेल सहभागी कार्यक्रममा रास्वपाकै

सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा पुगेका ...

भदौ २८ गते आइतबार, यस्तो छ तपाईं को राशिफल

वि.सं.२०८३ साल भाद्र २८ गते । आइतबार । ईश्वी सन् २०२६ स ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब