मोबाइल नष्ट प्रकरण : संयुक्त विद्यार्थी सङ्गठन आज प्रर्दशन गर्ने

  • जेठ २५, २०८३ | १०९ पटक पढिएको | सीमा संदेश
alt

संयुक्त विद्यार्थी संगठनले विद्यार्थीलाई क्षतिपूर्ति दिनुपर्ने माग राख्दै आज जेठ २५ गते सिरहा जिल्ला प्रशासन कार्यालयमा विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ ।

जिल्ला प्रशासन कार्यालय सिराहाले परीक्षाका क्रममा जफत गरिएका करिब ५०० थान मोबाइल फोन र स्मार्ट घडी पानीमा डुबाएर नष्ट गरेपछि विद्यार्थीहरू आन्दोलित भएका छन् । गत चैतमा सम्पन्न एसइई र वैशाखमा सम्पन्न कक्षा १२ को परीक्षाका क्रममा विभिन्न परीक्षा केन्द्रबाट बरामद गरिएका ती उपकरणहरूलाई प्रशासनले हालै काम नलाग्ने गरी नष्ट गरेको हो । जफत गरिएका सामग्रीहरूमा ७ थान आईफोन, ४८९ थान विभिन्न कम्पनीका एन्ड्रोइड फोन र ५ थान स्मार्ट घडी रहेका थिए, जसको अनुमानित बजार मूल्य १ करोड रुपैयाँभन्दा बढी रहेको बताइएको छ ।

प्रशासनको यो कदमलाई लिएर चौतर्फी आलोचना भइरहेका बेला संयुक्त विद्यार्थी संगठनले कडा विरोधको कार्यक्रम सार्वजनिक गरेको छ । संगठनले ‘विद्यार्थीलाई क्षतिपूर्ति दे सरकार’ भन्ने मुख्य मागसहित आगामी जेठ २५ गते सोमबार दिउँसो १२ बजे जिल्ला प्रशासन कार्यालय सिराहामा विरोध प्रदर्शन गर्ने घोषणा गरेको हो । विद्यार्थीको सम्पत्तिमाथि दमन गरिएको र विना कुनै कानुनी आधार करोडौँको सम्पत्ति नष्ट गरिएको भन्दै विद्यार्थी संगठनहरूले न्याय र उचित क्षतिपूर्तिको सुनिश्चितता नभएसम्म आन्दोलन नरोक्ने चेतावनी दिएका छन् ।

यसअघि जिल्ला प्रशासन कार्यालयले भने परीक्षाको मर्यादा कायम राख्न र जफत गरिएका उपकरणहरू पुनः दुरुपयोग हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै नष्ट गरिएको दाबी गरेको थियो । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार शिक्षा विकास तथा समन्वय इकाईका परीक्षा शाखा अधिकृत राजदेव यादवको नेतृत्वमा गठित पाँच सदस्यीय उपसमितिको निर्णयबमोजिम ती मोबाइलहरूलाई २४ घण्टा पानीमा डुबाएर र फुटाएर पूर्ण रूपमा नष्ट गरिएको हो । प्रशासनले कानुनतः लिलामी गर्न सकिने विकल्प हुँदाहुँदै पनि सुरक्षा र गोपनीयताको कारण देखाउँदै ती उपकरणहरू नष्ट गर्ने विवादास्पद बाटो रोजेको थियो ।

यता अभिभावक र कानुन व्यवसायीहरूले भने प्रशासनको यस निर्णयलाई ‘कानुनी अराजकता’ को संज्ञा दिएका छन् ।

सुकदेव सिंहले एमाले पार्टी परित्यागको घोषणा

नेकपा एमालेका जिल्ला समिति सदस्य सुकदेव सिंहले पार्टीको ...

फर्जी यौन दुर्व्यवहारको आरोप स्वीकार गरेपछि विवादम

भारतीय टेलिभिजन रियालिटी शो ‘बिग बोस ११’ की ...

भारत भ्रमण सकेर फर्किएका परराष्ट्रमन्त्री खनाल आगा

छिमेकी मुलुक भारतको तीन दिने औपचारिक भ्रमण सम्पन्न गरी ...

रास्वपा सिरहामा नेतृत्वका लागि आजै निर्वाचन प्रक्र

सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिरहाको प् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब