एसईईमा भनेकै अनुसार GPA बढाईदिन्छु भन्दै घुस मागेको अडियो लीक

  • जेठ २५, २०८३ | २०६ पटक पढिएको | सीमा संदेश
alt

यतिबेला भ्रष्टाचार र अनियमितताको सन्दर्भमा विवादमा तानिएको धनुषको जनता माध्यमिक विद्यालय गिद्धाबेलापट्टिका एक शिक्षकले विद्यार्थीसँग घुस मागेको अडियो न्यूज ब्यूरोले प्राप्त गरेको छ । 

एसईई परीक्षामा जिपिए बढाईदिने, भने अनुसारको जिपिए राखिदिने भन्दै सोही स्कूलका विद्यार्थीहरुसँग प्रतिविद्यार्थी १/१ हजार रुपैयाँले घुस मागेको प्रकरण बाहिरिएको छ ।

धनुषा कमला नगरपालिका वडा नं. १ मँगराहाका बासिन्दा रहेका निमावि शिक्षक ब्रह्मदेव यादवले परीक्षामा मार्क बढाईदिने भन्दै विद्यार्थीसँग घुसको डील गरेको अडियो रेकर्डमा सुनिन्छ । 

 हेडमास्टर पवन मण्डलका असुल दूत मानिएका ब्रह्मदेव यादवले विद्यार्थीसँग घुस मागेको अडियो प्रमाण हुँदाहुँदै सम्बन्धित निकायले भने कारवाही गर्न सकेको छैनन् । यो रेकर्ड यसअघि सम्बन्धित निकायलाइ जानकारी गराएको दाबी गरिएको छ । 

विदेह नगरपालिकाकोको कार्यालयमा अहिले शिक्षा शाखा प्रमुखको रुपमा कार्यरत ब्रह्मदेव यादवको अडियोको सन्दर्भमा विदेह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोलराज उपाध्यायले छानबिन गरी ठहरिएमा कानुन बमोजिम कारवाही प्रक्रिया थाल्ने प्रतिवद्धता जाहेर गरे । 

यस सन्दर्भमा शिक्षक ब्रह्मदेव यादवसँग सम्पर्क गर्न खोज्दा सम्पर्क भने हुन सकेनन् । 

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

आर्थिक चलखेलमा अस्पतालहरुलाई एकसय शैयाको इजाजत

मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालिन ...

भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या १,३९२ पुग्यो,

 भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान ग ...

भदौ २९ गते सोमबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र २९ गते, सोमबार। ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब