नेकपा विवाद फेरि सतहमा

  • वैशाख २५, २०७७ | २४८ पटक पढिएको |
alt

 आज बस्ने भनिएको स्थायी कमिटी बैठकका एजेण्डाबारे दुई अध्यक्षबीच नै सहमति हुन नसकेपछि केही दिनदेखि मत्थर भएको ठानिएको विवाद फेरि सतहमा आएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सचिवालय बैठक तथा दुई अध्यक्षबीच भएको छलफलमा स्थायी कमिटीको बैठकका एजेण्डाबारे सहमति हुन नसकेपछि आजका लागि तय भएको स्थायी कमिटी बैठक नबस्ने भएको नेकपाले जनाएको छ ।

हिजोको बैठकको बीचमै अध्यक्ष केपी शर्मा ओली आफू थाकेको भन्दै बैठक कक्षबाट बाहिरिएको र बैठकमा नफर्किएपछि दुई अध्यक्षले मात्र छलफल गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । 

यसअघि गएको वैशाख २० गतेको सचिवालय बैठकले आज स्थायी कमिटी बैठक बस्ने र हिजो सचिवालयले बैठकका एजेण्डा तय गर्ने निर्णय गरेको थियो । त्यो सचिवालय बैठकपछि नेकपाभित्रको विवाद समाधान भएको नेताहरुले दाबी गरेका थिए । 

स्थायी कमिटीको बैठक राख्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका २० जना स्थायी कमिटी सदस्यले लिखित रुपमै माग गरेका छन् भने अध्यक्ष ओली स्थायी समितिको बैठक तत्कालै नराख्ने पक्षमा हुनुहुन्छ ।

नेकपाभित्र एक व्यक्ति एक पद कार्यान्वयन गर्नुपर्ने, अहिलेसम्मका कमजोरीप्रति सबैले आत्मालोचना गर्नुपर्नेलगायतका विषय उठिरहेका
छन् ।

रक्सीको बिल तिर्न नसकेपछि महिलाको कपाल खौरिदिए

थाइल्यान्डको राजधानी बैंककस्थित एक बारबाट अचम्मलाग्दो घ ...

महँगाईविरुद्ध आन्दोलनको घोषणा

मधेश केन्द्रित दलहरुद्वारा गठित अग्रगामी मोर्चाका युवा ...

मधेश प्रदेश सरकार संकटमा

मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा पर ...

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फ

सिरहा । सिरहामा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एउट ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब