सरकार लोकतन्त्रलाई कमजोर पार्न मानवता विरुद्धको अपराधमा लागेको आरोप ः जसपा नेता राजेन्द्र महतो

  • वैशाख २६, २०७७ | ४०० पटक पढिएको |
alt

जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र महतोले सरकार मानवता विरुद्धको अपराधमा केन्द्रित भएको आरोप लगाउनुभएको छ ।

प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाल महतोले कोरोना सङ्क्रमणबाट नेपालीको रक्षा गर्नुको सट्टा सरकार मानवता विरुद्धको अपरामा लागेको आरोप लगाउनुभयो । महामारीका समयमा जनताको जीवनरक्षाका लागि सारा उर्जा लगाउनुपर्नेमा सरकार पद बचाउनका लागि रातरात अध्यादेश ल्याउन र दल विभाजनका तर्फ लागेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘जनताको जीवनरक्षा कता हो कता, जनताले राहत र उपचार पाउनु त कता हो कता यहाँ त मावता विरुद्धको अपराध गर्न सरकार लागेको छ । पद पाउन र पद बचाउनका लागि अध्यादेश रातरात अध्यादेश ल्याइरहेको छ ।

पार्टी विभाजनका लागि लागेको छ । यो महामारीको बेलामा जनता जोगाउनुपर्ने सारा उर्जा त्यसमा लगाउनुपर्नेमा सरकार के गरिरहेको छ । के हो यो ?’

महामारीबाट पीडित जनताले उपचार र खाना नभएको उल्लेख गर्दै महतोले सरकार लोकतन्त्रलाई कमजोर पार्न र सांसद अपहरणको धन्दामा लागेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, ‘रातरात ल्याइएको अध्यादेशले पार्टीलाई बलिायो बनाउँछ ? लोकतन्त्रलाई बलिायो बनाउँछ ? जनता महामारीबाट पीडित छन् । खाना पाएको छैन । उपचार पाएको छैन् । स्वास्थकर्मीले सुरक्षा उपकरण पाएका छैनन् । यहाँ त अर्कै धन्दा भइरहेको छ । सरकार अर्को धन्दामा लागेको छ । पार्टी फोड्ने, सांसद चोर्ने यो धन्दाले जनताको पीडा कम हुन्छ ? सांसद अपहरण गर्ने डराउने ?’

जनताले आफ्नो जीनको रक्षा गर्न र समस्याबाट राहत पाउनका लागि दुई तिहाइ दिए पनि सरकारले नबुझेको उहाँले बताउनुभयो । नेता महतोले दुई तिहाइको सरकारले दुई कौडीको काम समेत गर्न नसकेको उहाँको भनाई छ ।

उहाले भन्नुभयो, ‘दुई तिहाइको सरकारले दुई कौडीको काम गर्न सकेको छैन । जनता पीडामा रहेको बेला काम नगरेपछि के भन्ने ?’

सरकारले पर्याप्त मात्रामा परीक्षण गर्न नसकेको पनि उहाँले बताउनुभएको छ । एक सयजना  सङ्क्रमित छन् भनेर सरकार ढुक्कसँग भनिरहेको भन्दै उहाँले ‘सरकारले कोरोना सय नाघेको छैन भन्दैछ । कति जाँच गर्यौ र अनि कोरोना छैन’, भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

रक्सीको बिल तिर्न नसकेपछि महिलाको कपाल खौरिदिए

थाइल्यान्डको राजधानी बैंककस्थित एक बारबाट अचम्मलाग्दो घ ...

महँगाईविरुद्ध आन्दोलनको घोषणा

मधेश केन्द्रित दलहरुद्वारा गठित अग्रगामी मोर्चाका युवा ...

मधेश प्रदेश सरकार संकटमा

मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा पर ...

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फ

सिरहा । सिरहामा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एउट ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब