ट्रम्पले हिन्दू पुजारी ह्वाइट हाउसमा बोलाए, संस्कृतमा गरियो शान्तिपाठ

  • वैशाख २७, २०७७ | २४६ पटक पढिएको |
alt

एजेन्सी । अमेरिकामा कोभिड–१९ महामारी फैलिएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले हिन्दू पुजारी बोलाएर शान्ति, सुरक्षा र भलाईका लागि शान्ति पाठ गराएका छन् । नेशनल डे अफ प्रेयर सर्भिसका अवसरमा पुजारी हरिश ब्रम्हभट्टले शान्ति पाठ गरेका हुन् । ब्रम्हभट्ट न्यु जर्सींस्थित स्वामी नारायण मन्दिरका पुजारी हुन् । 

‘कोभिड १९ को यो समस्याग्रस्त घडी, सामाजिक दूरी र लकडाउनको अवस्थामा मानिसले अशान्त वा त्रास महसुस गर्नु अस्वभाविक होइन । शान्ति पाठ धन, सफलता, प्रसिद्धी वा स्वर्गका लागि गरिने प्रार्थना होइन,’ ब्रम्हभट्टले भने,‘यो शान्तिका लागि सुन्दर हिन्दू प्रार्थना हो । यो यजुर्वेदबाट आएको प्रार्थना हो ।’ उनले सुरुमा संस्कृतमा पाठ गरेपछि त्यसैलाई अंग्रेजीमा अनुवाद गरेका थिए । 

‘स्वर्गमा शान्ति होस् । आकाश र पृथ्वीमा शान्ति होस् । पानीमा शान्ति होस् । वनस्पति र रुखमा शान्ति होस् ।  ब्रम्ह र सबैमा शानित होस् र हामीले त्यो शान्ति महसुस गरौं । ओम शान्ति, शान्ति, शान्ति,’ ब्रम्हभट्टले भने । 
शान्ति पाठपछि ट्रम्पले ब्रम्हभट्टलाई धन्यवाद दिए ।  नेशनल डे अफ प्रेयर सर्भिसमा बोल्दै राष्ट्रपतिले कोरोनाविरुद्धको डरलाग्दो र भीषण लडाई अमेरिकाले गरिरहेको बताए । 

‘इतिहासदेखि नै चुनौतीको घडीमा हाम्रा जनताले सधैं आस्थाको उपहार खोजेका छन्, हाम्रो विश्वासको आर्शिवाद, प्रार्थनाको शक्ति र भगवान्को भित्री सुन्दरता । म सबै अमेरिकीहरुलई अध्यात्ममा आफ्नो हृदय र आवाज जोड्न भन्छु र हामी शक्ति र उद्धारका लागि स्वर्गका हाम्रा भगवान्लाई अनुरोध गर्छौ’ उनले भने । 

प्रथम महिला मेलानिया ट्रम्पले कोभिड–१९ महामारीमा आफ्ना प्रियजन गुमाएका परिवारप्रति सहानूभूति प्रकट गरिन् । न्यु जर्सीको रोब्बिन्सभिल्लीस्थित स्वाभिनारायण मन्दिरका पुजारीले ह्वाइटहाउसमा भएको प्रार्थनामा मन्त्रोच्चारण गरेको यो सायद पहिलोपटक हो । श्रोतः एनडी टिभी  र रातोपाटी

सुकदेव सिंहले एमाले पार्टी परित्यागको घोषणा

नेकपा एमालेका जिल्ला समिति सदस्य सुकदेव सिंहले पार्टीको ...

फर्जी यौन दुर्व्यवहारको आरोप स्वीकार गरेपछि विवादम

भारतीय टेलिभिजन रियालिटी शो ‘बिग बोस ११’ की ...

भारत भ्रमण सकेर फर्किएका परराष्ट्रमन्त्री खनाल आगा

छिमेकी मुलुक भारतको तीन दिने औपचारिक भ्रमण सम्पन्न गरी ...

रास्वपा सिरहामा नेतृत्वका लागि आजै निर्वाचन प्रक्र

सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिरहाको प् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब