भारतमा रेलसेवा पुनः सञ्चालनमा

  • वैशाख २९, २०७७ | ६१० पटक पढिएको |
alt

लकडाउनका कारण अन्य राज्यमा फसेका श्रमिकको उद्धारका लागि भारतमा रेलसेवा सुरु हुँदैछ । रेलवेको नयाँ आदेशअनुसार अब मंगलबारबाट फेरि  स्पेशल ट्रेन सुरु हुनेछ । अब यसमा १७ सय यात्रु अर्थात् ट्रेनमा जति सिट हुन्छ, त्यति नै यात्रु बस्न पाउनेछन् । 

सुरुवातमा १५ वटा रेलगाडी सञ्चालन मात्रै सञ्चालन गरिनेछ, जो गन्तव्यमा पुगेर फर्कनेछन् । यो ट्रेन अब तीन स्टेशनमा रोकिनेछ । 

यसअघि पनि केन्द्र सरकारले सबै राज्यसँग अपिल गर्दै बीचबाटोमै फसेका श्रमिकका लागि विशेष रेलगाडी सञ्चालन गर्न अनुमति दिएको थियो । प्रवासी मजदूरहरुले कोरोना भाइरस महामारीका कारण लकडाउनका दौरान खतरा मोलेर लामो यात्रा गरिरहेका छन् । 

रेल मन्त्रालयका अनुसार यसअघि १ मेईदेखि श्रमिकको उद्धारका लागि सुरु भएको कार्यक्रमअनुसार ३ सय ६६ वटा श्रमिक स्पेशल ट्रेन सञ्चालन गरिएको थियो र 

झन्डै ४ लाख प्रवासीहरुले घर जान यस्ता रेल प्रयोग गरे । 

संसारमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या बढेर ४० लाख ८१ हजार भन्दा धेरै पुगिसकेको छ । भारतमा ६७ हजारभन्दा धेरै संक्रमित भइसकेका छन् ।

सुकदेव सिंहले एमाले पार्टी परित्यागको घोषणा

नेकपा एमालेका जिल्ला समिति सदस्य सुकदेव सिंहले पार्टीको ...

फर्जी यौन दुर्व्यवहारको आरोप स्वीकार गरेपछि विवादम

भारतीय टेलिभिजन रियालिटी शो ‘बिग बोस ११’ की ...

भारत भ्रमण सकेर फर्किएका परराष्ट्रमन्त्री खनाल आगा

छिमेकी मुलुक भारतको तीन दिने औपचारिक भ्रमण सम्पन्न गरी ...

रास्वपा सिरहामा नेतृत्वका लागि आजै निर्वाचन प्रक्र

सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिरहाको प् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब