नवगठित जसपा नेपालको यस्तो छ परराष्ट्र नीति

  • वैशाख २९, २०७७ | ३३२ पटक पढिएको |
alt

समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच एकीकरण भइ बनेको जनता समाजवादी पार्टी नेपालले छिमेकी मुलुकहरुसँग सामाजिक आर्थिक सम्बन्धलाई विशेष महत्व दिनुका साथै विश्वका सबै मुलुकहरुसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने जनाएको छ । विश्वमा शान्तिपूर्ण सहअस्तित्व, सार्वभौम समानता, पञ्चशीलको सिद्धान्त, राष्ट्रिय सुरक्षा, आत्मनिर्भर अर्थतन्त्र, साँस्कृतिक अन्तिक्रम्यता र जनताको समृद्धि लक्षित सम्बन्ध नै परराष्ट्र नीतिको आधार हुनपर्ने उल्लेख गर्दै जसपा नेपालले आफ्नो परराष्ट्र नीति राष्ट्रिय हित र जनताको समृद्धिमा केन्द्रित हुने जनाएको छ । 

जसपा नेपालले तयार पारेको घोषणापत्रमा भनिएको छ, ‘देशको राष्ट्रिय हितलाई विश्व समुदायका बीचमा स्थापित गर्नु, भूपरिवेष्ठित देशको अधिकार, ठूला र साना देशहरु बीच पूर्ण समानअधिकार तथा एक अर्काको अन्तरिक मामिलामा अहस्तक्षेपको नीतिको पक्षपोषण गर्नु, आर्थिक कुटनीतिक अवलम्बन गरी देश विकास एवं समृद्धिमा ठोस योगदान पुर्याउनु हाम्रो परराष्ट्र नीतिको मूल लक्ष्य हुने छ ।’

पहिलो पार्टी
घोषणापत्रमा जसपा नेपाललाई पहिलो पार्टी बनाउने लक्ष्य लिएको छ । त्यसका लागि विचार र सिद्धान्त मिल्ने अन्य पार्टीहरुसँग पनि एकीकरण गर्ने लक्ष्य सो पार्टीले लिएको छ । जसपा नेपालको घोषणा पत्रमा भनिएको छ– ‘देशका सबै अग्रगामी राजनीतिक शक्तिहरुलाई एकीकरण र ध्रुवीकरणमा ल्याउनु हाम्रो दायित्व हो । हाम्रो एकीकरण समान विचार र दृष्टिकोण राख्ने अन्य दल, समूह वा व्यक्ति–व्यक्तित्व सबैर्ला एकतावद्ध र ध्रुवीकृत हुन प्रेरणा दिने छ भन्ने पनि हाम्रो विश्वास छ ।’

उक्त पार्टीले संघमा साझा राष्ट्रियता र प्रदेशहरुमा प्रादेशिक राष्ट्रियताको विकास गरी राष्ट्रिय एकता प्रबद्र्धन गर्ने नीति लिएको छ । समाजवादी व्यवस्थामा बहुसँस्कृतिवादको मान्यता अनुरुप जातीय, भाषिक, धार्मिक, तथा साँस्कृतिक विविधतालाई अभिव्यक्त हुन दिनुका साथै समाजमा विद्यमान वर्ण व्यवस्था, अन्धविश्वास, समाजिक कूरीति प्रथा परम्पराका आडमा हुने तमाम खाले शोषणलाई अन्त्य गरिने जसपा नेपालको घोषणापत्रमा उल्लेख छ ।

समानुपातिक निर्वाचण प्रणाली
जसपा नेपालले नेपालमा जनताकै मतबाट निर्वाचित हुने समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गरिने उल्लेख गर्दै नेपालले अहिले अपनाएको समानान्तर मिश्रित निर्वाचन प्रणाली खर्चिलो हुनका साथै यसले श्रमजीवी गरिब महिला, शिल्पी दलित तथा अल्पसँख्यक समुदायलाई सम्बोधन नगरेको उल्लेख गरेको छ । 

सार्वजनिक प्रशासन, कर्मचारीतन्त्र, सेना प्रहरीलगायत राज्यका सबै अंगहरुमा महिलाहरुलाई न्युनतम ३३ प्रतिशत प्रत्याभूत हुने गरी जातीय सामुदायिक जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्वको व्यवस्थाका साथै बहिष्करणमा पारिएका अल्पसंख्यक तथा सीमान्तकृत समुदाय, अपाङता भएका र यौनिक तथा लैङ्कि अल्पसंख्यकहरुलई आरक्षणको व्यवस्था गरिने भनि जसपा नेपालले आफ्नो घोषणापत्रमा उल्लेख गरिएको छ । 

पहिचानसहितको संघीयता

उक्त पार्टीले पहिचानसहितको संघीयतामा जोड दिएको छ भने सबैको पहिचान र अधिकारसहितको संघीय शासन प्रणाली अपनाइने जनाएको छ । घोषणापत्रमा भनिएको छ, ‘शक्ति पृथकीकरणको सिद्धान्तको आधारमा संघमा समानान्तर व्यवस्थापिका, सहकार्यात्मक सरकार, संघीय न्यायपालिका र संवैधानिक अंगहरु बनाइनेछ, प्रदेशलाई अवशिष्ट अधिकार दिइनुको साथै अल्पसंख्यक समुदायहरुको हित रक्षा हुने गरी संघीय संरचना बनाइनेछ । स्थानीय तहहरु प्रदेशको क्षेत्राधिकारभित्र रहने छन् । प्रदेश तथा विशेष संरचनाहरु स्वायत तथा अधिकार सम्पन्न हुनेछ ।’

स्वायतासहितको संघीयता हुनुपर्ने कुरामा जोड दिएको सो पार्टीले तयार पारेको आफ्नो घोषणापत्रमा भनेको छ–‘संघीयता नै अंगिकार गर्दा पनि वर्तमान नेपालमा कार्यान्वय गरिउको राष्ट्रिय पहिचानको मान्यता, स्वशान र स्वायत्तताविनाको संघीयताले उत्पीडित राष्ट्रियतालाई मुक्त गर्न सक्दैन । वर्तमान ७ प्रदेशको प्रशासनिक संघीयतालाई परिवर्तन गरी १० जोड १ को पहिचानसहितको संघीयतामा बदल्न चाहेका छौं ।’

यद्यपि, जसपा नेपालले शासन प्रणालीको बारेमा केही बोलेको छैन । यसअघि तत्कालीन समाजवादी पार्टी कार्यकारी राष्ट्रपतिको पक्षमा थियो । तर पार्टी एकीकरण भएपछि त्यसमा गौण देखिएको छ ।  घोषणापत्र तयार गरी पार्टीमा छलफलका लागि पेस गरिएको छ । त्यसमा छलफल गरी आवश्यक परे संशोधनसहित पारित गरिने बताइएको छ । जसपा नेपाल घोषणपत्र र विधान तयार गरिसकेपछि पार्टी दर्ताका लागि निर्वाचन आयोग जानेछ । 

रक्सीको बिल तिर्न नसकेपछि महिलाको कपाल खौरिदिए

थाइल्यान्डको राजधानी बैंककस्थित एक बारबाट अचम्मलाग्दो घ ...

महँगाईविरुद्ध आन्दोलनको घोषणा

मधेश केन्द्रित दलहरुद्वारा गठित अग्रगामी मोर्चाका युवा ...

मधेश प्रदेश सरकार संकटमा

मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा पर ...

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फ

सिरहा । सिरहामा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एउट ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब