विश्वभर १६ लाख ५४ हजारभन्दा धेरै कोरोना सङ्क्रमित उपचारपछि निको

  • जेठ १, २०७७ | २८० पटक पढिएको |
alt

विश्वमा १६ लाख ५४ हजारभन्दा धेरै कोरोना सङ्क्रमित उपचारपछि निको भएका छन् । 

अहिलेसम्म १६ लाख ५४ हजार ८ सय १९ जना उपचारपछि निको भएका हुन् । कोरोनाका कारण विश्वमा ४४ लाख २२ हजार भन्दा धेरै सङ्क्रमित भएका छन् ।सङ्क्रमितमध्ये २ लाख ९७ हजार ५ सय ५२ जनाको ज्यान गएको छ । सबैभन्दा धेरै अमेरिकामा ज्यान गुमाउनेको संख्या ८५ हजार नाघेको छ ।

अमेरिकामा सङ्क्रमितको संख्या १४ लाख २७ हजार पुगेको छ । अमेरिका पछि युरोपेली देश स्पेनमा सङ्क्रमण धेरै छ । स्पेनमा अहिलेसम्म २ लाख ७१ हजार भन्दा धेरैसङ्क्रमित छन् । स्पेनमा २७ हजार १ सयको ज्यान गएको छ ।

स्पेनमा सबैभन्दा वृद्ध ठानिएकी १ सय १३ वर्षकी ब्रानयास सङ्क्रमणबाट निको हुनुभएको छ । ब्रानयासले आफूलाई केयर होमका कर्मचारीले निकै माया गरेको र आत्मबलले निको भएको बताउनुभएको छ ।  वर्ल्डओमिटरका अनुसार रुसमा २ लाख ४२ हजारसङ्क्रमित छन् भने २ हजार २ सय १२ जनाको ज्यान गएको छ ।

यस्तै भारतमा सङ्क्रमित हुनेको संख्या ७८ हजार नाघेको छ । भारतमा २५ सय ५१ जनाले ज्यान गुमाएका छन् ।

सुकदेव सिंहले एमाले पार्टी परित्यागको घोषणा

नेकपा एमालेका जिल्ला समिति सदस्य सुकदेव सिंहले पार्टीको ...

फर्जी यौन दुर्व्यवहारको आरोप स्वीकार गरेपछि विवादम

भारतीय टेलिभिजन रियालिटी शो ‘बिग बोस ११’ की ...

भारत भ्रमण सकेर फर्किएका परराष्ट्रमन्त्री खनाल आगा

छिमेकी मुलुक भारतको तीन दिने औपचारिक भ्रमण सम्पन्न गरी ...

रास्वपा सिरहामा नेतृत्वका लागि आजै निर्वाचन प्रक्र

सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिरहाको प् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब