विश्वभर तीन लाख ८ हजार ६११ को मृत्यु, ४६ लाख २६ हजार ६३८ संक्रमित

  • जेठ ३, २०७७ | २९६ पटक पढिएको |

महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण विश्वभर तीन लाख ८ हजार ६११ जनाको मृत्यु भएको छ ।

हालसम्मको तथ्यांक अनुसार विश्वका ४६ लाख २६ हजार ६३८ जना कोरोना संक्रमित भेटिएका छन् । यस्तै, १७ लाख ५७ हजार २९७ जना भने उपचारपछि निको भएका छन् ।

अहिले विश्वकै कोरोना प्रभावित मुलुक संयुक्त राज्य अमेरिका भएको छ । अमेरिकामा ८८ हजार ५०७ जनाको मृत्यु भएको छ भने १४ लाख ८४ हजार २८५ जना संक्रमित फेला परेका छन् ।

अमेरिकापछि महामारीको चपेटामा परेको दोस्रो देश हो बेलायत जहाँ ३३ हजार ९९८ जनाको मृत्यु भइसकेको छ भने २ लाख ३६ हजार ७११ जना संक्रमित भेटिएको पुष्टि भएको छ । पहिलोपटक कोरोना भाइरस देखिएको चीनमा भने हालसम्म ४ हजार ६३३ जनाको मृत्यु भएको छ ।

यस्तै, इटलीमा ३१ हजार ६१०, स्पेनमा २७ हजार ४५९, फ्रान्समा २७ हजार ५२९, इरानमा ६ हजार ९०२, बेल्जीयममा ८ हजार ९५९, जर्मनीमा ८ हजार १, नेदरल्याण्डमा ५ हजार ६४३, टर्कीमा ४ हजार ५५, स्वीजरल्याण्डमा १ हजार ८७८, ब्राजिलमा १४ हजार ९६२ जनाको मृत्यु भइसकेको छ ।

विश्वका २१३ मुलुकमा फैलिएको कोरोना संक्रमण नेपालमा पनि देखिएको छ । नेपालमा २६७ जना कोरोना संक्रमित भेटिएको पुष्टि भएको छ भने हालसम्म कसैको मृत्यु भएको छैन ।

सुकदेव सिंहले एमाले पार्टी परित्यागको घोषणा

नेकपा एमालेका जिल्ला समिति सदस्य सुकदेव सिंहले पार्टीको ...

फर्जी यौन दुर्व्यवहारको आरोप स्वीकार गरेपछि विवादम

भारतीय टेलिभिजन रियालिटी शो ‘बिग बोस ११’ की ...

भारत भ्रमण सकेर फर्किएका परराष्ट्रमन्त्री खनाल आगा

छिमेकी मुलुक भारतको तीन दिने औपचारिक भ्रमण सम्पन्न गरी ...

रास्वपा सिरहामा नेतृत्वका लागि आजै निर्वाचन प्रक्र

सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिरहाको प् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब