सरकारी कार्यालय र पुस्तकमा नयाँ नक्सा राख्न मन्त्री अर्यालको अनुरोध

  • जेठ ७, २०७७ | ६१४ पटक पढिएको |
alt

नेपालको नयाँ नक्सा आज सार्वजनिक सार्वजनिक भएको छ । भारतले मिचेको लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको भूभाग समेटेर तयार पारिएको नक्सा आज भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले सार्वजनिक गरेको हो ।

नेपाल टेलिभिजनमार्फत नयाँ नक्सा सार्वजनिक गर्दै मन्त्री पद्मा अर्यालले लामो प्रयासपछि नक्सा सार्वजनिक गरिएको र अब छिटै भूमि पनि फिर्ता ल्याइने बताउनुभयो । उहाँले यो कार्यमा साथ दिएकोमा सबै नेपालीलाई धन्यवाद दिनुभयो ।

नेपालको अद्यावधिक नक्सा सार्वजनिक हुनु सबैको लागि ऐतिहासिक दिन रहेको मन्त्री अर्यालको भनाइ छ । उहाँले अब सिङ्गो विश्वमा नेपालको शान र मान बढेको दाबी गर्नुभयो । सरकारले संंकलन गरेका यथेष्ट प्रमाणका आधारमा नक्सा सार्वजनिक भएको भन्दै मन्त्री अर्यालले सरकारले नेपाल र नेपालीको शिर झुक्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

सन् १८१६ मार्च १६ मा भएको सुगौली सन्धि अनुसार काली नदी पूर्वका सबै भाग नेपालको भए पनि नेपालमा अहिलेसम्म नाभी, कुटीलगायत केही ठाउँ छुटेकोले फेरि नक्सा सार्वजनिक गरिएको मन्त्री अर्यालले जानकारी दिनुभयो । नक्सा जारी गरेर नेपाल सरकार राष्ट्रियता र सम्प्रभुता रक्षा गर्न सक्षम रहेको मन्त्री अर्यालको दाबी  छ ।

अब सबै कार्यालय, दस्तावेज, पाठ्यपुस्तक, कुटनीतिक नियोगलगायतमा नेपालको नयाँ नक्सा चलनमा ल्याउन मन्त्री अर्यालले आग्रह गर्नुभयो ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालकै भूमि भएकाले  यो भूमि नेपालको नक्सामा राख्ने भन्दै नक्सा स्वीकृत गरेको थियो । मन्त्रिपरिषद्ले स्वीकृत गरेको नयाँ नक्सा सरकारले प्रमाणीकरण गरिसकेको छ ।

नेपालको निशान छापमा पनि नयाँ नक्सा राख्नुपर्ने भएकाले सरकारले संविधान संशोधनको तयारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो संसदलाई सम्बोधन गर्दै लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि भएको र यो फिर्ता ल्याएरै छाड्ने बताउनुभएको  छ । भारतले भने यो भूमि आफ्नो भएको  गर्दै सडक बनाइसकेको छ ।

रक्सीको बिल तिर्न नसकेपछि महिलाको कपाल खौरिदिए

थाइल्यान्डको राजधानी बैंककस्थित एक बारबाट अचम्मलाग्दो घ ...

महँगाईविरुद्ध आन्दोलनको घोषणा

मधेश केन्द्रित दलहरुद्वारा गठित अग्रगामी मोर्चाका युवा ...

मधेश प्रदेश सरकार संकटमा

मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा पर ...

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फ

सिरहा । सिरहामा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एउट ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब