भारतबाट ६ दिनमा झण्डै ४ हजार ७ सय नेपाली प्रदेश २ मा भित्रिए

  • जेठ १०, २०७७ | ३५९ पटक पढिएको |
alt

सिरहा । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउनसँगै सीमानाका पनि बन्द गर्यो । लामो समय सीमानाका बन्द भएकोमा हाल भने सीमामा आइपुगेर अलपत्र बनेका नेपालीलाई प्रवेश दिन थालिएको छ । 

भारतमा रेल्वे संचालन भएपछि सीमा नाकामा हजारौं नेपाली आइपुगेका थिए । सो क्रममा कतिपय नेपालीहरु सिमानाका छली लुकिछिपी आउन समेत थालेका थिए । लामो समय सीमामा नागरिक अलपत्र पर्दा अवैध रुपमा प्रवेश गर्ने र थप संक्रमण फैलिन सक्ने भन्दै सावधानी अपनाएर  सरकारले जेठ ४ गतेदेखि नागरिकलाई प्रवेश दिन सुरु गरेको हो ।

६ दिनको बीचमा प्रदेश नम्बर २ को विभिन्न जिल्लाको मुख्य सीमा नाका हुँदै ४ हजार ६ सय ६४ नेपाली नेपाल भित्रिएका छन् । उनीहरुलाई हाल विभिन्न स्थानमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको छ । 
सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा  जिल्लाका मुख्य नाकाहरुबाट अलपत्र परेको नेपालीहरुलाई सम्बन्धित स्थानीय तहसम्म पुर्याउने तथा क्वारेन्टाइनमा राख्ने कार्य भइरहेको २ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता समेत रहेका प्रहरी उपरिक्षक जयराज सापकोटाले जानकारी दिए ।

धनुषाको जटही नाकाबाट मात्रै विगत ६ दिनमा ६ सय ७ जना नेपाल प्रवेश गरेका छन् । भारतबाट आउने व्यक्तिहरुलाई सीमानाकामा स्थापना गरिएको हेल्थ डेस्कमा स्वास्थ्य चेकजाँच गरी सम्बन्धित स्थानीय तहको जिम्मा लगाएर क्वारेन्टाइनमा दुई साता सम्म राख्ने गरी पठाइने गरिएको छ ।

भारतबाट आएकाहरुलाई सोझै घर नपठाइ क्वारेन्टाइनमा राख्ने गरिएको प्रवक्ता सापकोटाले बताए ।

त्यस्तै महोत्तरीको मुख्य सिमानाका मलिवाडाबाट ५ सय ६७, सिरहाको माडर नाकाबाट ७ सय ३४, सप्तरी स्थित नाकाबाट ७ सय ५४, सर्लाही स्थित नाकाबाट ६ सय १, रौतहट स्थित नाकाबाट ६ सय ९७, बारा स्थित नाकाबाट २ सय ३९ र पर्सा स्थित नाकाबाट ४ सय ६५ जना व्यक्तिहरु नेपाल आइसकेको सापकोटाले जानकारी दिए ।

महोत्तरी स्थित मलिवाडा नाकाबाट अछाम, रुकुम र रोल्पाका समेत १ सय भन्दा बढी नेपाल प्रवेश गरेका छन् । 

‘पछिल्लो ६ दिनदेखि भारतमा अलपत्र परेका नेपालीहरुलाई नाकाबाट भित्र्याएका छौँ,’ प्रवक्ता सापकोटाले भने, ‘यहाँका नागरिकलाई सम्बन्धित स्थानीय निकायको जिम्मा लगाइएको छ । छिमेकी जिल्लाका बासिन्दाका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वयमा पठाउने गरेका छौँ ।

पछिल्लो एक सातामा महोत्तरी सहित अन्य जिल्ला गरी ४ हजार ६ सय ६४ नेपाली नागरिक नेपाल प्रवेश गरेको उनले बताए । नाकामा अलपत्र परेकाहरु आउने क्रम जारी भएपछि क्वारेन्टाइन व्यवस्थापनमा समेत चुनौती बढ्दै गएको उनले बताए ।
नाकामा अलपत्र परेका नेपालीहरुलाई व्यवस्थापन गर्न गृह मन्त्रालयले दिएको आदेशपछि प्रहरी–प्रशासनले नेपाल भित्र्याउने काम थालेको हो ।

यसैबीच सप्तरी नाकाबाट ९५, सिरहा नाकाबाट ६६, रौतहट नाकाबाट २ सय १२, बारा नाकाबाट ६७ र पर्सा नाकाबाट ४१ सय ८९ जना भारतीयहरु समेत भारत तर्फ गएको उनले जानकारी दिए । 

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब