सिरहाबाट जुवातास खेलिरहेको अवस्थामा एक भारतीयसहित १० जना पक्राउ

  • मंसिर ७, २०८३ | ९४ पटक पढिएको | सीमा संदेश
alt

जुवातास खेलिरहेको अवस्थामा जिल्ला सदरमुकाम सिराहास्थित एक होटेलबाट प्रहरीले एक भारतीय नागरिकसहित १० जनालाई पक्राउ गरेको छ। 

गोप्य सूचनाको आधारमा सिराहा नगरपालिका– ७ स्थित ताज होटेलबाट प्रहरीले शनिबार अबेर राति एक लाख सात हजार ७१० नेपाली रुपैयाँ, एक हजार १२० भारतीय रुपैयाँ, नयाँ तास १३ बन्डल र २१४ पत्ती ताससहित १० जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ। 

सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार पक्राउ पर्नेहरूमा सिराहाको अर्नमा गाउँपालिका रडियाका करिब ३५ वर्षीय रामकुमार यादव, सिराहा नगरपालिका– ७ शिवचोकका ३५ वर्षीय सन्तोषकुमार साह, ४६ वर्षीय खेमविक्रम थापा, १८ नं. लक्ष्मीनियाँका करिब ३५ वर्षीय रामसेवक मण्डल र ३१ वर्षीय सञ्जितकुमार मण्डल छन्। 

त्यस्तै, जुवातासको खालबाट सिराहा– १ का अरुणकुमार यादव, सिराहा– २ का ३६ वर्षीय राकेशकुमार यादव, ४२ वर्षीय दिनेशकुमार यादव र ३९ वर्षीय काशी राय तथा भारतको पश्चिम बंगाल राज्य मिदनापुर जिल्ला तियोरबेडिया ग्राम पञ्चायत दासपुर थाना घर भएका करिब ४४ वर्षीय सपन रोयलाई पक्राउ गरिएको उनले बताए। उनका अनुसार पक्राउ गरिएकाहरूलाई जिल्ला प्रहरीमा ल्याएर थप अनुसन्धान भइरहेको छ।

पदभार ग्रहण गर्दै मुख्यमन्त्री यादवले भने–मधेशमा स

मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको ...

मंसिर ७ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल मंसिर ७ गते । सोमबार । ...

पिडीतलाई गालीगलैज गर्ने प्रहरीलाई कारवाही

पिडीतलाई गाली गलौज गर्ने प्रहरी अधिकारीमाथि कारवाही प्र ...

सुदूरपश्चिम बन्यो एनपिएल तेस्रो संस्करण च्याम्पियन

काठमाडाैं- एनपिएलका अघिल्ला दुवै सिजनमा फाइनलमा पराजित ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब