पदभार ग्रहण गर्दै मुख्यमन्त्री यादवले भने–मधेशमा सर्वदलीय सरकार बनाउँछु

  • मंसिर ७, २०८३ | ८५ पटक पढिएको | सीमा संदेश
alt

मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले आइतबार बिहान ११ बजे उनलाई शपथ गराएका थिए ।

शपथपछि मुख्यमन्त्री यादवले मुजेलियास्थित सहिद गेटमा पुगेर मधेश आन्दोलनका सहिदहरूको सालिकमा माल्यार्पण गरेका थिए । लगत्तै उनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर पदभार ग्रहण गरे ।

शपथ ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री यादवले आफ्नो पहिलो प्राथमिकता सर्वदलीय सरकार गठन गर्नु रहेको बताए । ‘मेरो पहिलो प्रयास सर्वदलीय सरकार बनाउनु हो । सरकारमा सबै दललाई समेट्ने प्रयास गर्छु,’ उनले भने । उनले छिट्टै विश्वासको मत लिने र केही दिनभित्रै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीसमेत रहेको जानकारी दिए ।

पदभार ग्रहण गरेलगत्तै उनले रोजगारी सिर्जना र वातावरण संरक्षणलाई प्राथमिकतामा राख्दै दुईवटा निर्णय गरेका छन् । प्रदेशमा बढ्दो गरिबी तथा बेरोजगारी न्यूनीकरण गरी युवा, श्रमिक र महिलालाई सीपयुक्त बनाउँदै आत्मनिर्भर बनाउने उद्देश्यले विभिन्न रोजगारमूलक कार्यक्रम सञ्चालन गर्ने उनले निर्णय गरेका हुन् ।

मुख्यमन्त्री यादवले महिला स्वरोजगार कार्यक्रम, वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिका लागि स्वरोजगार कार्यक्रम, मुख्यमन्त्री रोजगार कार्यक्रम तथा सार्वजनिक रोजगार सेवा प्रवद्र्धन कार्यक्रम अघि बढाउन निर्णय गरेका छन् ।

त्यस्तै, आधुनिक प्रविधिको प्रयोगमार्फत स्वरोजगार र उद्यमशीलता विकास गर्न आर्टिफिसियल इन्टेलिजेन्स (एआई) इकमर्स तथा कम्प्युटरसम्बन्धी तालिम सञ्चालन गर्ने योजना पनि अघि सारिएको छ । एकीकृत रोजगार कार्यक्रम प्रदेशका पाँच जिल्लामा नौ महिनासम्म सञ्चालन गरिने निर्णयमा उल्लेख छ ।

सिरहाबाट जुवातास खेलिरहेको अवस्थामा एक भारतीयसहित

जुवातास खेलिरहेको अवस्थामा जिल्ला सदरमुकाम सिराहास्थित ...

मंसिर ७ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल मंसिर ७ गते । सोमबार । ...

पिडीतलाई गालीगलैज गर्ने प्रहरीलाई कारवाही

पिडीतलाई गाली गलौज गर्ने प्रहरी अधिकारीमाथि कारवाही प्र ...

सुदूरपश्चिम बन्यो एनपिएल तेस्रो संस्करण च्याम्पियन

काठमाडाैं- एनपिएलका अघिल्ला दुवै सिजनमा फाइनलमा पराजित ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब