जनकपुरमा अस्पतालबाट कोरोना संक्रमित फरार

  • जेठ ११, २०७७ | २१४ पटक पढिएको |
alt

सिरहा । जनकपुरमा उपचाररत एक जना कोरोना संक्रमित व्यक्ति फरार भएका छन् ।

जनकपुर नर्सिंग क्याम्पसस्थित कोभिड १९ अस्पतालमा उपचारकालागि राखिएको मानसिक सन्तुलन गुमाइसकेका एक पुरुष फरार भएका हुन् ।

मानसिक सन्तुलन गुमाएका धनकौलका ४५ वर्षीय पुरुष आइतवार विहान करिब ३ बजे अस्प्तालबाट फरार भएको प्रहरीले पुष्टि गरेको छ ।

धनुषाका प्रहरी उपरिक्षक रमेश बस्नेतका अनुसार मानसिक सन्तुलन गुमाएका उनलाई बाहिरबाट ढोकामा चुकुल लगाएर लक गरी राखिएको थियो ।

तर सबैजना सुतेको अवस्थामा जोडबल गरेर चुकुलको स्क्रु खोलेर उनी फरार भएको बताइएको छ । उनी यसअघि समेत पटक पटक भाग्ने प्रयास गरेपछि बाहिरबाट चुकुल लगाएर उनलाई कोठाभित्र बन्द गरेर राखिएको थियो ।

विहानैदेखि उनको खोजी कार्य भैरहेको प्रहरी उपरिक्षक बस्नेतको भनाइ छ ।

गएको वैशाख ३१ गते कोरोना संक्रमित पुष्टि भएका उनलाई जेठ १ गते सर्लाहीबाट ल्याएर जनकपुर नर्सिंग क्याम्पसस्थित रहेको कोभिड अस्पतालमा उपचारकालागि भर्ना गरिएको थियो ।

जनकपुरमा क्वारेन्टाइनमा राखेर पीसीआर जाँच गर्दा उनलाई संक्रमण भएको पुष्टि भएपछि कोरोना अस्प्तालमा राखिएको थियो ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब