सिरहा । भारतबाट सिरहाको खरटोका नाकाहुदैँ दैनिक ५० देखि १०० जनाका भिड नेपाल भित्रि रहेको छ । भारतको लामो दुरीको रेल जायनगर सम्म आउने भएकोले विभिन्न कार्याका लागि भारत गएका नेपालीहरु सिरहा नाका प्रयोग गरी नेपाल भित्रि रहेको छ ।
तिनवाट क्वारेन्टाइन संचालन गरेको सिरहा नगरपालिकालाई दैनिक रुपमा भित्रिने नेपाली नागरिकलाई व्यवस्थापन गर्न खानपान देखि औषधी उपचार सम्मका विभिन्न चुनौतीहरु भईरहेको छ । लामो यात्रा गरी आएकाहरुसँग विभिन्न किसिमका समस्या भएकाले नगरपालिकालाई पूर्ण रुपमा व्यवस्थापन गर्न आर्थिक भार बढी भईरहेको छ । नगरपालिकाका विभिन्न शिर्षकहरुबाट क्वारेन्टाइन व्यवस्थापनका लागि छुट्टयाएको बजेटले पुग्न नसिकिने अवस्था देखिएको छ भने आर्थिक संकट श्रृजना हुने सम्भावना रहेको सिरहा नगरपालका प्रशासकिय प्रमुख बलिराम यादबले जानकारी दिनु भयो ।
क्वारेन्टाइनमा चाप बढी रहदाँ आफ्ना नागरिकलाई व्यवस्थापन गर्न विभिन्न स्थानियतहको सरकारलाई पत्रचार गरी जानकारी गराएपनि दुई देखि तिन दिनमा मात्र सम्पर्कमा आउने कारणले गर्दा क्वारेन्टाइन व्यवस्थापन गर्न थप जटिल हुने गरेको छ । आर्थिक रुपमा कमजोर अवस्था तिर गईरहेको सिरहा नगरपालिकालाई संघिय तथा प्रदेश सरकारले सहयोग गर्नु पर्ने आवश्यकता रहेको यादबले बताउनु भयो ।
हाल सिरहा नगरपालिकाको क्वारेन्टाइनमा १ सय ९५ जना रहेका छन । क्वारेनटाइन भित्र खटिएका ५० जान कर्मचारी लगायत २५० जनाका दैनिक २ छाक खाना, २ छाक नास्ता, औषधी उपचार र बसाईको सम्पूर्ण व्यवस्थापन गरिरहेको विपद व्यवस्थापन समिति संयोजक सुरेश चोरवार यादबले बताउनु भयो ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved