सिरहा सशस्त्र प्रहरी बलको ड्रइभरको अरडिटी रिर्पोट पोजेटिभ देखिएको कुरा हल्ला मात्र रहेको पुष्टी भएको छ ।
जिल्ला सशस्त्र प्रहरी बलको गाडी चालक रहेको सिरहा नगरपालिका वडा नं. १० को उक्त व्यक्तिलाई विशेष कार्याका लागि काठमाडौँ पठाउने क्रममा आरडिटी परिक्षण गराउदाँ निगेटिभ र पोजेटिभ कुनै रिर्पोट नआएपछि र अर्को किट नभएको कारणले तत्काल महेन्द्र गेनाई अस्पताल धनगडीमाई नगरपालिकामा राखिएको थियो ।
आईतवार फेरि पिसिआर टेस्ट गरी पठाईएको छ । हाल सम्म कुनै रिर्पोट आएको छैन । सामाजिक सञ्जाल तथा गाउँघरमा हल्ला मात्र भईरहेको सशस्त्र प्रहरी बल डिएसपी प्रेम बहादुर रावलले जानकारी दिनु भयो ।
हाल सम्म सिरहामा एक जनाको कोरोना भाइरस संक्रमित मात्र पुष्टी भएको छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved